कसरी फल्छ डलर? [साप्ताहिक]
“हेलो! हेलो!!”
“निर्मल दाइ बोल्नु भाको हो?”
“मैले साप्ताहिक पत्रिकामा तपाइँको अन्तर्वाता पढेको थिए । मलाई पनि तपाइले जस्तै घरमै बसेर डलर कमाउने आइडिया सिक्नु मन लागेर कल गरेको हो ! यहाँ मेरो घरमा बाले केहि काम गर्न सकिनस् भनेर गाली गर्या गर्यै छन् । म तपाइले जे-जे भने पनि गर्न तयार छु, तर मलाई घरमै बसी पैसा कमाउने तरिका सिकाइदिनु पर्यो दाई !
******
“हेलो! निर्मल दाई हो?”
“दाई, मलाई अलि-अलि कम्प्युटर चलाउन आउछ ! तर तपाइले गरेको जस्तो काम कसरि गर्ने? मलाई पनि सिक्नु मन् छ ! त्यो कहाँ सिक्न पाइन्छ होला? कुनै ईन्सटिच्युट छ?”
******
केहि समय अघिको कुरा हो साप्ताहिकको एक अंकमा “घरमै फल्छ डलर” नामको शिर्षकमा मेरो अन्तर्वाता छापिएको थियो, त्यस पछि दिनहु जसो मैले यस्तै यस्तै कलहरु पाउने गरेको छु । जसमा धेरैको जिज्ञासा हुने गरेको छ की घरमै बसी-बसी पैसा कसरी कमाउने?
साप्ताहिकको त्यो अंकमा नरेन्द्रजीले म सँग भएको कुराकानीको आधारमा लेख्नु भएको थियो की घरमै बसी-बसी डलर कमाउन सकिन्छ भनेर । तर कुरा के भयो भन्दा यति कमाउन सकिन्छ, उति कमाउन सकिन्छका कुरा त भए तर साच्ची कमाउने कसरि? के त्यति सजिलै कमिन्छ त डलर? धेरैले मलाई फोन गरेर सोध्नु पनि भएको थियो, के यो साँचो समाचार हो? तपाइँले घरमै बसी-बसी एउटा साइट बनाएर दुइ लाख सम्म पाउनु भो रे?
हो यो पक्कै साँचो हो, तर तपाइँले सुने जस्तो त्यति सजिलो नहुन पनि सक्छ ।
बिशेष गरेर युवाहरु माझमा प्रख्यात पत्रिका साप्ताहिक भएर पनि होला, त्यो लेख छापीइसकेपछी साप्ताहिकका पाठकहरुबाट मैले धेरै जिज्ञासाहरु पाए । धेरै जसो युवाहरुलाई यो कुरा अत्यन्त रोचक लागेछ, घरमै बसेर डलर कमाउन सकिने । सायद हाम्रो देशमा बेरोजगार युवाहरुको संख्या धेरै भएकोले पनि होला यस कुरामा बढी चासो देखाउनु भएको । कति साथीहरुले त यसको बारेमा पहिले देखि नै सुनिरहनु भएको पनि होला, र कतिलाई यसबारे जान्ने मन पनि होला । तपाइँहरु जस्ता धेरै जनाको कौतुहलताको बिषय बनेको फ्रील्यान्सिन्गको बारेमा स्पस्ट नपारी बस्नु मलाई उचित लागेन । आज त्यहिँ फ्रील्यान्सिंगको बारेमा जानेका कुराहरु तपाइहरु सामु प्रस्तुत गर्ने कोशिष गर्दै छु ।
फ्रील्यांसिंग यस्तो काम हो जसमा तपाइँ एक्लै मैदानमा लड्नको लागि तयार हुनु पर्ने हुन्छ । अझ भन्नु पर्दा वेब फ्रील्यांसर मैदानमा एक्लै लड्न हिडेको यस्तो योद्दा हो, जो पूर्ण रुपमा हात हतियार सहित युद्द लड्न हिडेको हुन्छ । यदि तपाइँ कुनै कम्पनि मार्फत काम गर्दै हुनुहुन्छ भने त्यहा सेनाको पूरा जत्था नै हुन्छ, जहाँ समुहमा युद्द लडिन्छ । तर जब तपाइँ कुनै कम्पनि वा संस्था सँग आबद्द नभई आत्मनिर्भर भएर काम गर्नुहुन्छ भने त्यति बेला अगाडि आएका सबै समस्याहरुलाई तपाइले एक्लै समाधान गर्नु पर्ने हुन्छ ।
फ्रील्यान्सिंग धेरै बिधाहरुमा गर्ने गरिन्छ, तर म अहिले वेब फ्रील्यान्सिंगको बारेमा कुरा गर्दै छु । जुनसुकै फ्रील्यान्सिंग भए पनि त्यस बिधाको पूर्णरुपमा जानकारी हुनु अत्यन्त आबश्यक हुन्छ, किनकी तपाईले चाहेको बेलामा तपाइँलाई मैदानमा सहयोग गर्न आउने अर्को योद्दा नाभेटिन पनि सक्छ । तर तपाईले पहिले देखिनै सहयोगी योद्दाहरु तयार पारेर राख्नु भएको छ भने त त्यो अत्यन्तै राम्रो ।
यदि तपाइँ साच्ची नै वेब फ्रील्यान्सिंगमा लाग्ने सोच्नु भएको छ भने तपाइले यस सँग सम्बन्धित धेरै भन्दा धेरै कुराको ज्ञान लिनु आबश्यक छ । एउटा वेबसाइट बनाउनको लागि शुरु देखि आबश्यक डिजाइनिग टुलहरुमा Adobe Photoshop, Micromedia Freehand, Adobe Illustrator, HTML, CSS, Adobe Flash, Browser Scripting आदि, त्यस्तै वेब प्रोग्रामिंगको लागि PHP, MySQL, ASP.NET, JSP जस्ता केहि कोर्षको ज्ञान हुनु आबश्यक छ र अन्य Domain, DNS, FTP, Web Server, Webmail, SEO, SMP जस्ता कुराहरुले तपाइँको पेशालाई अझ मद्दत पुर्याउछन । तपाइँलाई लाग्न सक्छ यति धेरै कुरा शुरुमै किन आबश्यक? बिस्तारै सिक्दै गए पनि त हुन्छ होला नि ।
यसैलाई एक पटक फ्रील्यान्सिंगको बास्ताविक धरातलमा बसेर हेरौ, मानौ तपाइँ कुनै “क” नाम गरेको कम्पनिको काम गर्नको लागि जानु भो वा कतै बाट उस्को काम पाउनु भो । सर्वप्रथम त तपाईलाई उसले आफ्नो डोमेन नाम के दर्ता गरौ भनेर उल्टै प्रश्न गर्दछ र भन्छ यसलाई कहा होस्ट गर्दा उपयुक्त हुन्छ होला ? यदि तपाईलाई Domain, DNS, Web Server को राम्रो ज्ञान छैन भने तपाइँ के जवाफ दिनुहुन्छ? र बिस्तारै उस्ले मेरो लोगो, लेटर प्याड, बिजनेश कार्ड पनि बनाउनु छ, कस्तो राख्ने होला भन्द्छ । हुन सक्छ यी सबै कुरा हरु तपाइँ एक्लै बाट सम्बभ नहोला । तपाइँलाई आउछ की आउदैन त्यो ग्राहकको सरोकारको बिषय होइन, उ आफ्नो कम्प्युटर सम्बन्धि सबै काम एउटै व्यक्ति बाट गराउन चाहन्छ । तपाइँले सबै काम गर्न नसके पनि केहि हद सम्म तपाईलाई यसको जानकारी हुनु अत्यन्त आबश्यक छ । सबै काम एक्लै गर्नु पर्छ भन्ने पनि होइन, तपाइँ मिलेर टिममा पनि गर्न सक्नुहुन्छ । तर ग्राहकको नजरमा विश्वासिलो पात्र बन्नका लागि तपाइँसँग यी बिषय को केहि हद सम्म ज्ञान हुनु महत्वपुर्ण हुन्छ ।
सुचना प्रविधिमा फ्रील्यान्सिंग काम पाउनको लागि अर्को महत्वपूर्ण कुरा भनेको तपाइँले ग्राहकको बिश्वास जित्नु पर्ने हुन्छ । धेरै जसो ग्राहकहरुको नजरमा कम्प्युटर सम्बन्धि कामहरु यति जटिल मानिन्छ की कहिले काहिँ तपाइँले गरिरहनु भएको काम हेरेर तपाइले के गर्नु भयो र के गरीरहनु भएको छ उनीहरु केहि पनि बुझ्न सक्दैनन । यो मैले धेरै जसो ग्राहकहरुमा भेटेको छु । मात्र उनीहरु आउटपुट सँग सरोकार राख्छन । त्यस्तो अवस्थामा कुनै पनि व्यक्तिले उनीहरुलाई ठग्ने सम्बाभना बढी नै हुन्छ, र त्यस कुरामा भने उनीहरु सधै सचेत रहन्छन । उनीहरुलाई कम्प्युटर सम्बन्धि ज्ञान छैन भन्दैमा बिजनेशको पनि आइडिया छैन भनेर भन्नु मिल्दैन । त्यसैले उनीहरु राम्रो सँग चिनेको र बुझेको मान्छेलाई मात्र काम गराउन चाहान्छन् । मानौ की तपाइले एउटा ट्रावल एजेन्सीको टूर बुकिंग सिस्टम बनाउनु भयो, त्यो ग्राहक कसरि बिश्वस्त हुन सक्छ की तपाइले बनाएको सिस्टममा कुनै लुकी-चोरी काम गरिएको छैन । लुकी-चोरी भन्नाले उस्कोमा आउने सबै बुकिंगहरु सहि तरिकाले तपाइँले उसैलाई नै पठाउनु भएको छ की छैन? कतै तपाइँले ति बुकिंग भएका टूरहरु अर्को प्रतिस्प्रधी ट्रावल एजेन्सीलाई पो बेचिरहनु भएको छ की?
त्यसैले फ्रील्यान्सिंग गर्ने व्यक्तिले आफ्नो विश्वसनीयतालाई बढाउनु अत्यन्तै आबश्यक देखिन्छ । अब कुरा आउछ उनीहरु कसलाई भरपर्दो मान्छन त? यदि तपाइँ यहि विधामा नै धेरै बर्ष देखि काम गरिरहनु भएको छ र कम्प्युटर सम्बन्धि नै अध्यन गर्नु भएको छ भने केहि हद सम्म तपाईलाई काम गर्नको लागि सहज हुन सक्दछ । तपाइँको अनुभव र अध्यन किन महत्वपुर्ण हुन्छ भने आजकल छिट्टो पैसा कमाउने होडमा धेरै व्यक्तिहरु यसमा बिना अध्यन र बिना मेहनत लागि परेका छन् । सुचना प्रविधि यस्तो विधा हो, जसमा ठुला-ठुला गफ दिदैमा केहि हुने वाला छैन, यो पूर्णतया परिणाममा केन्द्रित हुन्छ । यदि तपाइले त्यो काम गर्न सक्नु भयो भने तपाइँ बोलिरहनु आबश्यक नै पर्दैन्, अरुले आफै बुझ्छन । यी बिश्वास र सीपका कुराहरु बिस्तारै र लामो समयको मेहनत पश्चात मात्र प्राप्त हुने उपलब्धिहरु हुन्, जसको लागि मेहनत र लगावको मात्र आवश्यक हुन्छ ।
यदि तपाइ साच्ची नै वेब फ्रील्यान्सिन्गमा लाग्न चाहानुहुन्छ भने सर्वप्रथम माथि उल्लेखित केहि टुलहरुको जानकारी लिनु आबश्यक हुन्छ । असम्भव भन्ने कुरा केहि पनि छैन, तपाइले निरन्तर मेहनत गर्दै जानु भयो भने एक दिन अबश्य पनि यस बिधामा सफल बन्न सक्नु हुने छ । तपाइले यी सबै कुराहरु जान्दैमा पनि काम पाउनुहुन्छ भन्ने छैन, तपाइँले जान्नु हुन्छ भन्ने कुरा सम्बन्धित व्यक्तिलाई थाहा हुनु आबश्यक हुन्छ । त्यसको लागि तपाइले आफ्नो सम्बन्धलाई बढाउनु पर्ने हुन्छ र आफ्नो सिपको मार्केटिंग गर्नु पर्ने हुन्छ । आउने लेखहरुमा म कसरि आफ्नो सेवाको मार्केटिंग गर्ने र त्यसबाट घरमै बसी बसी कसरि फ्रील्यान्सिंगहरु प्रोजेक्ट पाउने भन्ने बिषयमा केहि आफुले जानेका कुराहरु साटासाट गर्ने नै छु । यदी तपाईलाई लागेका केहि कुराहरु सोध्न चाहानुहुन्छ भने कमेन्ट बक्स तपाइहरुको लागि सदा खुल्ला नै छ र त्यहाँ तपाइँका केहि सुझाब सल्लाह छन् भने पनि अबश्य लेख्नु होला ।
[साप्ताहिकको जेष्ठ ६, २०६८ अंकमा प्रकाशित "घरमै फल्छ डलर" शिर्षकमा छापिएको मेरो अन्तर्वाता पश्चात पाएका पाठकका जिज्ञासाहरु मेटाउने उद्धेश्यले मैले यो लेख लेखेको हुँ र यो साप्ताहिक पत्रिकाको भदौ २३, २०६८ को १७औ अंकमा प्रकाशित भएको हो । ]

nirmal ji kura sahi ho…. malai pani yeso phone garera batai dinu hola..ajha badi sikna mann lagyo malai yo bisaya ma….
तपाइँ जस्तो विश्वभर नै डलर/पाउण्ड/युरो को खेतीशुरु गर्नु भएको बिजनेस मेनहरुलाई म कहाँ सिकाउन सक्छु र?
Ho ho, thik bhanis Nirmal. Dllr, Pound, Euro sab chapi raha cha Pranish ley, aba kehi din ma Nepal sarkar ko Finance dept hercha. Hoina Pranish. ehehehe
sahi ho nishant jeee!
तेहि त प्रनिशजी र निर्मल जी पनि कति मजाक गर्नुहुन्छ ?
सुनीलजी पनि त मजाक गर्नुहुन्छ नि?
freelancing sambandi jankari dinubhayeko ma dhanyabaad dina chahanhhu…
aba dollar kamauna tira lagnu parla jasto chha….!!! LOL
Anyway, nice one Nirmal…!!!
Thank you dai!
Nirmal ji lekh ramro cha .
धन्यवाद हरीकृष्ण जी !
tapaiko lekh nikai ramro lagyo sachi tapai nikai akadi baddi saknu bhaye chha lekh pani nikai ramro kam pani testai ma pani siku jasto lagyo ta afno yeha fursadai fursad hunchha
महेश अझै कति ठाउँमा पैसाको खेति गर्ने बिचार छ र?
पैसा भन्ने कुरै यस्तै, मान्छेलाई जती भए नि पुग्दैन, त्यसैले धेरै लोभ पनि नगरौ है, अरुलाई पनि गरिखान दिनु पर्यो नि !
केहि नया software को नाम सुनियो, सिक्नु पर्ला, सबै nirmal.com.np पढ्यो भने सिकिन्छ कि
शिवरामजी, सबै कुरा त होइन केहि कुरा चाहिं पक्कै पनि सिक्न सक्नु हुन्छ…. तर तपाइँ जस्तो संबेदनशील पेशामा आबद्ध भएका मानिसहरुले यस्तो कुरा पढेर बस्दा उता सम्बन्धित व्यक्तिहरु छटपटाउलान नि ! त्यो पनि सोंच बिचार गर्नुस् है !
मलाई फलाउन मन लाग्यो डलर!
congratulation Bro keep it up.
I think this is just a basic guide for the freelancing. You have just guided what we need for freelancing. You are not clearing about what we should do and how should we do it. Basically there are lots of people familiar with the tools you named above. But the real task comes when we have to find the client. I don’t know you missed this part or you don’t want to make clear about it. This sounds little bit disappointing.
But i must say encouragement was appreciable. Thanks.
Thank you web developer for your appreciation!
The target group of this article is the people who are thinking to start their career as a web designer.
As you know one article can’t be sufficient to learn about web design, development and it’s marketing. I know learning to design is not everything it’s just the beginning. After learning the design basically there comes two path, working as an employee in IT company and working as a freelancer. In this article, i have tried to give surface idea of web freelancing and it’s market value. If you want to know more about marketing your web services, social media promotion, search engine optimization and other web stuffs you can visit my main site Nirmal.com.np. I hope you will get some idea there.
i agree with you
निर्मल जी नमस्कार तपाईको लेख पढेर अत्यन्तै खुसि लग्यो ,मलाई पनि तपाई जस्तै मेहनत र परिश्रम गरि डलर कमाउने इच्छा जागेको छ ,म अहिले बिदेसमा अलि कठिन परिस्थिति मा छु केहि समयपछि म यसको लागि पूर्ण तयारी गरि काम प्रारम्भ गर्नेछु यसको लागि केहि समस्या हरु अबस्य नै आइपर्नेछन किन कि मेरो यो पहिलो प्रयास हुने छ आशा छ हजुरले अवस्य नै मलाई केहि सल्लाह दिनु हुने छ धन्यबाद निर्मल दाजु ……..
धन्यवाद बिनय जी!
तपाइँको कामको शुभारम्भको लागि अग्रिम शुभकामना! मिहिनेत गर्दै जानुहोस साना तीना समस्याहरुले केहि बिगार्न सक्ने छैनन् ! तपाइँको लागि मेरो तर्फ बाट केहि सहयोगको आवश्यक भए खुलेर भन्नुहोला म सक्दो सहयोग गर्ने छु !
dai malai pani internet ko duniya ma kai naya kam garne rahaar chha. yo tapaiko jastai personal website kasari ready garne? cost katiko lagchha? hajurko reply chahanchhu. ma simple web page haru banauna chai sakchhu. i’ve konowledge aboout photoshp, freehand, html, dreamweaaver, macromedia flash, frontpaage. what can i do to be like u?
Dipesh ji,
Here are some useful article links for you:
http://blog.nirmal.com.np/2011/10/how-to-learn-web-designing
http://blog.nirmal.com.np/2011/11/how-to-create-personal-website/
धेरै राम्रो ब्लग रहेछ मलाइ पनि वेब डेजाइनिङमा सारै रुची छ तर इन्सिच्युटमा गएर पढ्न भ्याउदिन केहि इ-बुक भए उपलब्द गराइदिन सक्नुहुन्छ की?? धन्यवाद
I want to do freelance!! but how I get chances???
I want to do freelance!! but how I get chances??? Does internet connection required for joomla??
Dinesh ji,
At first, you need internet connection to download joomla. After that you can work on your local server without internet connection.
If you want to get more idea on freelancing, I hope this article will help you:
के हो वेब फ्रील्यान्सिंग?