नमस्ते!
मेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।नयाँ पोस्टहरु
- “ पान ”
- वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
- प्राथमिक उपचार (First Aid)
- मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
- पर्सनल साइट कसरी बनाउने?
- बेरोजगारको नाममा …
- कसरी सिक्ने वेब डिजाइनिंग?
- धामी-झाक्रीलाई परिस्कृत गर
- के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
- काठमाण्डौँका गल्लीहरु
- व्यायामको आवश्यकता र नगर्नेको बहाना
- यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
- के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
- हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
- कसरी फल्छ डलर? [साप्ताहिक]
- मैले पनि शुरु गरें, नेपाली ब्लग !
- सोसिअल नेटवर्क जागिरको भाड़ो
- साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
- फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
- घरमै फल्छ डलर [साप्ताहिक]
मुख्य ब्लगका समूहहरु
केहि महत्वपूर्ण पोस्टहरु
- Top Most Popular and Useful Nepali Sites of 2011
- Top 15 Free Open Source Content Management systems (CMS)
- What is an Open Source Content Management System?
- How to submit a site to the Open Directory?
- How to write killer article titles
- Top 10 Most Popular Sites of Nepal
- What’s New in Drupal 7?
- What is .np Domain?
- Track your website traffic and statistics using Google Analytics
- Nepal Government to monitor .NP domain registration
निर्मलका अन्य ब्लगहरु
सामाजिक सञ्जालमा निर्मल
नयाँ कमेन्टहर
- Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
- Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
- santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
- Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
- Prashim on पर्सनल साइट कसरी बनाउने?
- Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
- drishydipshali on पर्सनल साइट कसरी बनाउने?
- Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
- Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
- laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?
के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
Posted by निर्मल in वेब, सूचना प्रविधि
अहिले तपाइँहरुको मनमा धेरै प्रश्नहरु खेलिरहेको होला, बास्तवमा के हो यो फ्रील्यान्सिंग ? कसरि गरिन्छ यो फ्रील्यान्सिंग ? यसलाई साधारण भाषामा भन्नु पर्दा फ्रील्यान्सिंग भन्नाले यस्तो कामलाई जनाउछ, जुन एउटा व्यवसायिक व्यक्तिले अरु कसैको अधिनमा नरही स्वतन्त्र रुपमा गर्ने गर्दछ । जुन काम अरु कुनै कम्पनि, संघ-संस्थासँग आबद्द नभई एक्लै गर्ने गरिन्छ र एउटै कम्पनीको लागि मात्र नभएर धेरै कम्पनीहरुकोलागि पनि गर्न सकिन्छ । एउटा फ्रील्यान्सरले पार्ट टाइम वा फुल टाइमको रुपमा पनि काम गर्न सक्दछ वा कुनै कम्पनीले दिएको काम नसकिदा सम्म आफ्नै तरिकाले गर्न सक्दछ ।
कहिँ-कहिँ फ्रील्यान्सिंग भन्नाले फ्रीमा काम गर्नु हो भनेर यसको गलत अर्थ लगाएको पनि पाइन्छ । त्यस्तो भने पक्कै होइन, फ्रील्यान्सरहरुले कामको प्रकृति, आफुसँग भएको सिप र त्यस कामको बजार भाउको आधारमा आफ्नो शुल्क निर्धारण गर्ने गर्दछन । जुन कुनै एउटा व्यवसायिक कम्पनिले लगाउने शुल्क भन्दा कम हुने गर्दछ । जसको कारणले गर्दा पनि धेरै संघ-संस्थाहरु फ्रील्यान्सरबाट नै काम गराउन् चाहान्छन ।
फ्रील्यान्सिंगलाई एक्लै काम शुरु गर्नका लागि सबैभन्दा सजिलो, छिटो र कम लगानीमा गर्न सकिने एक प्रकारको व्यवसाय पनि भन्ने गरिन्छ । आफ्नो सुहाउदो समय अनुसार काम गर्न सकिने, अरु कुनै हाकिम वा मेनेजरहरुको अधिनमा नरही आफ्नो हाकिम आफै भएर काम गर्न पाइने र घरमै बसेर पनि काम गर्न सकिने भएकोले पनि होला आजकल धेरै मान्छेहरु फ्रील्यान्सिंग तर्फ अघि बढेको देखिन्छ ।
अरु पेशाहरुमा भन्दापनि बिशेष गरेर सुचना प्रविधिसँग सम्बन्धित वेब, ग्राफिक, सफ्टवेयर बिधाहरुमा यो अत्यन्तै बढ्दै गरेको पाइन्छ । संसारको जुनसुकै कुनामा बसेर पनि गर्न सकिने काम भएकोले होला आजकल वेब डिजाइन/डेभलपमेन्ट, ग्राफिक डिजाइनहरुमा फ्रील्यान्सिंग अत्यन्तै चर्चित हुदै गएको छ । र हामी जस्तो तेश्रो बिश्वका मुलुकहरुका लागि त यो झनै प्रभावकारी देखिएको छ । आजकल धेरै नेपाली दाजुभाईहरुले यसलाई नै मूल आम्दानिको श्रोत बनाउने गरेको पनि पाइएको छ । जस्ले गर्दा यो घरमै बसी-बसी बिदेशी रकम भित्र्याउन सकिने दरिलो माध्यम बन्दै गएको छ ।
यदि तपाइँ पनि फ्रील्यान्सिंग गर्ने सोंच बनाउनु भएको छ भने यो शुरु गर्नका लागि तपाइँले अनलाइनमा उपलब्ध विभिन्न साइटहरुमा रजिस्टर पनि गर्न सक्नुहुन्छ । गुरु डट कम, इल्यांसर डट कम, ओडेस्क डट कम, फ्रील्यान्स डट कम, गेट अ फ्रील्यान्सर डट कम जस्ता विभिन्न साइटहरुले तपाइँलाई काम खोज्नका लागि सहयोग गर्नेछन् । जँहा तपाइले आफ्नो नाम निशुल्क दर्ता गर्न सक्नुहुने छ र आफुले गरेका कामहरु र आफ्नो अनुभवलाई राख्न सक्नुहुन्छ, जस्ले गर्दा तपाईले अरु कम्पनीहरुको बिश्वास जित्न र काम पाउन् सजिलो हुनेछ । फ्रील्यान्सिंगमा कम्पनिहरुको बिश्वास जित्नु र आफ्नो सेवाको प्रबर्दन गर्नु अत्यन्तै महत्वपूर्ण देखिन्छ ।
यदि तपाइँ पनि कुनै पेशामा सक्षम हुनुहुन्छ, काम गर्नको लागि अतिरिक्क्त समय छ र आफ्नो केहि आम्दानिको श्रोत बढोस भन्ने पनि चाहनुन्छ भने त्यस्को दरिलो माध्यम बन्न सक्दछ, फ्रील्यान्सिंग ।
[नोट: यो लेख साइबर संचार पत्रिकाको भाद्र अंकमा प्रकाशित भएको हो । ]