निर्मलको नेपाली ब्लग - Nirmal's Information Technology Blog
  • सूचना प्रविधि
  • सामाजिक संजाल
  • विचार
  • मिडिया
  • वेब
  • कथा
  • सम्पर्क
Home » मिडिया » घरमै फल्छ डलर [साप्ताहिक]
Aug01 1

घरमै फल्छ डलर [साप्ताहिक]

Posted by निर्मल in मिडिया

Pin It

साप्ताहिक अन्तरबार्ता - निर्मल ज्ञवाली- नरेन्द्र रौले
नियमित अफिस गैरहनुपर्दैन। कसैको दबाब र हस्तक्षेप पनि नहुने। स्वतन्त्रतापूर्वक घरमै बसेर मज्जाले काम गर्न सकिने। क्या काइदा ! राम्रो वेब डिजाइनर र सफ्टवेयर डेभलपरले अब जागिरका लागि कतै धाउनुपर्दैन, न त बेरोजगार नै बस्नुपर्छ। बरु घरमै बसिबसी राम्रो आम्दानी गर्न सकिन्छ। निर्मल ज्ञवालीकै उदाहरण लिउँ। लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबाट एमएस्सीआईटी (मास्टर अफ साइन्स इन् इन्फरमेसन टेक्नोलोजी) गरेका ज्ञवाली  आउटसोर्सिङबाटै राम्रो आम्दानी गर्ने मध्येका एक हुन् जसले अहिलेसम्म डेढ दर्जनभन्दा बढी मुलुकका लागि यो काम गरिसकेका छन्।

विश्वको जुनसुकै कुनाको काम एउटा कोठामा बसेर आउट सोर्सिङको काम सम्भव छ। त्यसैले सात समुद्र पारीबाट वेबसाइट डिजाइन र सफ्टवेयर बनाउने काम नियमित पाइरहेका छन्, निर्मलले। निजी वेबसाइट निर्मल डट्कमडट्एनपी मार्फत दिनहुँ विभिन्न मुलुकबाट कम्पनीहरूले सम्पर्क गरिरहेको उनी बताउँछन्। ‘घरमै बसेर डलर भित्र्याउन सकिने सजिलो माध्यम बनेको छ,’ उनले भने। अमेरिकी ट्रान्सलेसन सर्भस प्रोभाइडर कम्पनीको  एउटै साइट डिजाइन गरेबापत २ लाखसम्म लिएको उदाहरण छ उनीसँग। स्वदेशमा बसेर योभन्दा लोभलाग्दो काम अरू के हुनसक्छ ?

विगत ६ वर्षदेखि आइटी क्षेत्रमा होमिएकी अनामनगरकी अदिप्ती गुप्तालाई त ४८ घन्टाको एकदिन भैदिए जस्तो लाग्छ।  ‘जति बढी काम गर्न पायो त्यति नै धेरै पैसा कमाउन सकिन्छ।’ गुप्ताले भनिन्, ‘घरमै बसी-बसी काम गर्नुको मज्जा पनि बेग्लै छ नि।’ उनले एउटा निजी कम्पनीमा दुई वर्ष काम गरिन्। त्यसपछि उनले घरबाटै आउट सोर्सिङको काम गर्न थालिन् जसले गर्दा घर परिवारको हेरचाह गर्न पनि सजिलो भयो।

अदीप्ति र निर्मलजस्ता आइटी प्रोफेसनलहरूको जमात उल्लेख्य छ। जोसँग वेब डिजाइन र सफ्टवेयर जस्ता प्रविधिको राम्रो ज्ञान छ र उनीहरू घरमै बसेर सात समुद्र पारीका लागि काम गर्न सक्छन्। आफूसँग कम्प्युटर वा ल्यापटप र इन्टरनेट भए क्षमता भएकाहरूले जागिरका लागि कसैको मुख ताक्नु पर्दैन। स्वदेशमा सम्भावना नदेखेर विदेश पलायन हुनु पनि पर्दैन। त्यसैले यो पेसातर्फ आकषिर्त हुने युवाहरू बढ्दैछन्। निर्मलले प्रत्येक दिन वेब  डेभलपमेन्टसम्बन्धी तीनवटा टे्रनिङ दिन्छन्। जहाँ स्वदेशी मात्र होइन विदेशीहरू पनि सिक्न आउँछन्।

यसको ज्ञान र काम गर्ने इच्छा भएर मात्र पुग्दैन। कसरी यो काम पाउने त ? विश्वमा फैलिरहेका फेसबुक, ट्वीटर, लिंकडइन, अर्कुट, जिङजस्ता सामाजिक सञ्जालहरूमा प्रोफाइल राखेर आफूलाई चिनाउने ताकि आफू को हो र आफ्नो काम के हो ? त्यो संसारभरका मानिसहरूले थाहा पाऊन्। अर्को महत्त्वपूर्ण पक्ष हो, निजी वेबसाइट बनाउनु। आफूले गरेका सिर्जनात्मक कामलाई आकर्षक रूपमा प्रस्तुत गरेर राख्न सकियो अरूको ध्यान खिच्न  सकिन्छ। विगतमा गरेका काम पोर्टफोलियोमा राख्न सकिन्छ। जसमार्फत संसारभरबाट मानिसहरूलाई सम्पर्क गर्न सजिलो बनोस्। यसबाहेक नयाँ-नयाँ प्रविधिसँग अपडेट भैरहन पनि त्यत्तिकै आवश्यक छ। बजारमा जति नयाँ प्रविधि आयो त्यति नै बढी माग हुन्छ।

यो काम सोचे जति सजिलो भने सजिलो पक्कै छैन। नेपालीहरूले प्रयोग गर्ने ‘भोलि, पर्सि, लोडसेडिङ, बन्द’ जस्ता शब्दहरू विदेशीहरूले प्रयोग गर्दैनन्। उनीहरू मिनेट र घन्टामा कुरा गर्छन् र अह्राएको काम पनि चाँडो खोज्छन्। कसैले यो क्षेत्रमा हात हाल्न चाहन्छ भने ख्याल गर्नैपर्ने महत्त्वपूर्ण कुरा समय हो। निश्चित समयभित्र काम गर्न सकेन भने अर्को व्यक्तिलाई कामको जिम्मा दिन्छन्। अर्को आवश्यक पक्ष अन्तर्राष्ट्रिय गुणस्तर हो, जसलाई  विदेशीहरूले प्राथमिकतामा राख्छन्।

Ghar mai falchha dollar, Saptahikविशेषगरी नेपाल जस्ता विकासोन्मुख मुलुकको श्रम सस्तो पर्ने भएकाले विदेशबाट आउट सोर्सिङको काम भित्रिने गरेको छ। विदेशी कम्पनीहरूले कम लगानीमा गुणस्तरीय उत्पादन गर्न सकिने भएकाले नै नेपाल जस्ता मुलुकका आइटी प्रोफेसलनहरू छनोटमा पर्छन्। नेपालमा यो पेसालाई व्यवस्थित गर्न सके करोडौं रकम आम्दानी गर्न सकिने कुरामा विश्वस्त छन्, आइटी क्षेत्रमा लागेका अनुभवीहरू। नेपालमा आउट सोर्सिङको सम्भावना बलियो  भएको बताउँछन् क्यानका महासचिव नारायण न्यौपाने।

नेपालका २६ वटा कम्पनीलाई एक ठाउँमा ल्याएर सफट्वेयर एण्ड बिज्नेस् प्रोसेस आउट सोर्सिङ (सफ्टवेयर एन्ड बीपीओ) नामको समिति गठन भएको छ। नेपालको आर्थिक उन्नतिमा यसले राम्रो भूमिका खेल्न सक्ने न्यौपानेको दाबी छ। विदेशी पैसा भित्रिँदा भारी मात्रामा सरकारले कर उठाउन सक्छ तर बिडम्बना नेपाल सरकारसँग यसको कुनै लेखाजोखा छैन।

[नरेन्द्र रौलेद्वारा लेखिएको यो लेख साप्ताहिक पत्रिकाको जेष्ठ ६, २०६८ अंकमा प्रकाशित भएको हो । साप्ताहिकमा अनलाइन हेर्नको लागि यहाँ र नरेन्द्र रौले को ब्लगमा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ]

Pin It

One Comment

  1. Raj Shahi | April 22, 2012 at 2:53 am

    nice job congratulation and keep going on…..

    Reply

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

नमस्ते!

Nepali Blogger Nirmal's Nepali Blogमेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।

नयाँ पोस्टहरु

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु
  • व्यायामको आवश्यकता र नगर्नेको बहाना
  • यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
  • के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
  • हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • कसरी फल्छ डलर? [साप्ताहिक]
  • मैले पनि शुरु गरें, नेपाली ब्लग !
  • सोसिअल नेटवर्क जागिरको भाड़ो
  • साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
  • फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
  • घरमै फल्छ डलर [साप्ताहिक]

मुख्य ब्लगका समूहहरु

  • Web Designing
  • Web Development
  • Web Programming
  • Web Marketing
  • .np domain registration
  • Search Engine Optimization
  • Information Technology News
  • Open Source CMS
  • Joomla CMS
  • WordPress CMS
  • Drupal CMS
  • Online Job

केहि महत्वपूर्ण पोस्टहरु

  • Top Most Popular and Useful Nepali Sites of 2011
  • Top 15 Free Open Source Content Management systems (CMS)
  • What is an Open Source Content Management System?
  • How to submit a site to the Open Directory?
  • How to write killer article titles
  • Top 10 Most Popular Sites of Nepal
  • What’s New in Drupal 7?
  • What is .np Domain?
  • Track your website traffic and statistics using Google Analytics
  • Nepal Government to monitor .NP domain registration

निर्मलका अन्य ब्लगहरु

  • Information Technology Blog
  • WordPress Blog
  • Drupal Blog
  • Nepali Blog
  • Travel Photo Blog
  • Modeling Portfolio

सामाजिक सञ्जालमा निर्मल

  • Facebook
  • Twitter
  • Google Plus
  • Stumbleupon
  • LinkedIn
  • Youtube
  • Xing

नयाँ कमेन्टहर

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
  • laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?

फेसबुकका चहलपहल

ब्लगका समुहहरु

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लग समूह

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लगक कमेन्टहरु

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

ब्लगका टुक्रा टाक्री

आइटी आउटसोर्सिंग काठमाडौँ काठमाण्डौ कुकुर गूगल गूगल एड्सेंस जागिर ट्विटर डलर धामी-झाक्री निर्मल नेपली भाषा नेपाल नेपाली ब्लग नेपाली ब्लगर पार्टी फेसबुक फ्रील्यान्सर फ्रील्यान्सिंग बिंग ब्लग ब्लगर ब्लगिंग याहु योग रोजगारी लिंक्ड इन लोडशेडिंग वेब वेब डिजाइन वेब डिजाइन इन्सटिट्युट वेब डिजाइनिंग वेब प्रोग्रामिंग वेब फ्रील्यान्सिंग व्यायाम संबिधान सर्च इन्जिन सर्च इन्जिन अप्टिमाइजेसन साइबर संचार साप्ताहिक सामाजिक संजाल सुचना प्रविधि सूचना प्रविधि स्वास्थ्य

भर्खरैका पोस्ट

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु

© Copyright 2011 Nirmal Gyanwali, All Rights Reserved.