देशलाई योगदान दिने वेबसाइटहरु नि:शुल्क बनाउँछु [साइबर संचार]
आफूमा सिप र ज्ञान भएपनि नेपालमा त्यसलाई प्रयोग गर्ने प्लेटफर्मको अभाव देखाउदै विदेश पलायन हुने युवाहरुलाई प्लेटफर्मको अभाव होइन अवसरलाई चिन्न र लिन नसक्ने खुबिको कमी हो भन्दै त्यस्ता युवाहरुको ग्रसित सोचाइलाई चुनौती दिदै अगाडि बढेका छन्, इमेज टेलिभिजनका वेब डेभलपर निर्मल ज्ञवाली । गुल्मीको दौगाबाट बाबुआमाका साथ रुपन्देहीको बुटवलमा झरेका निर्मलको प्रारम्भिक अध्यन बुटवलकै अंग्रेजी माध्यमको मध्यम स्तरीय बिधालयबाट भएपनि उनको अनवरतगहिरो अध्यन र लगावका कारण बिदेशी आइटी कम्पनीहरुलाई आकर्षित गर्न सफल भएका छन् । बिज्ञान तथा सुचना प्रविधि (M.Sc.IT) बाट स्नाकोत्तर गरेका निर्मलालाई सायद आफूमा भएको सीपकै कारण लगभग १२ घण्टा बिदेशी मुलुककै काम गर्न भ्याई नभ्याई हुने गर्छ । आइटीतर्फ लाग्ने सानै देखिको रहरलाई सन् २००० तिरको बर्गीकृत बिज्ञापनमा प्रकाशित निशुल्क “बेसिक कम्प्युटर कोर्ष” ले पूरा गर्यो । “जम्मा एक हप्ते तालिमले मैले कम्पुटरको आधारभूत ज्ञान पूरा गर्न सकिन, त्यसैले पटक पटक नयाँ भर्ना गरेर उक्त कोर्ष पूरा गरे” निर्मलले हामीलाई भने । बेसिक कोर्ष सिके पश्चात आइटी क्षेत्रको भबिष्य राम्रो देखेर वेब डेभलपर बन्ने उत्शाह लिएर अगाडि बढेका निर्मललाई नेशनल वेब कलेजले यस क्षेत्रमा पोख्त बनाएको कुरा उनी बताउछन ।
वेब साइट बनाउन राम्रो ज्ञान लिएका निर्मलले सन् २००४ तिर औषधि उपचारसँग सम्बन्धित नया खालको वेबसाइट आयुरनेपल डट कम पोर्टल र आफ्नो छुट्टै पहिचानका लागि निर्मल डट कम डट एनपिको बिकास पश्चात आइटी क्षेत्र पेशाकै रुपमा गएको उनी बताउछन । आफ्नो व्यक्तिगत साइटको बिकास गरेपछी भने सरकारी, निजि संघ सस्था र अन्तरास्ट्रिय कम्पनीहरुले आफुलाई पत्याउन थालेको उनको ठहर छ । बिदेशी कम्पनीहरुको उनीप्रति विश्वसनीयता बढ्दै गएपछि भने उनले घरमै बसेर रातको समयमा अन्तरास्ट्रिय स्तरका वेबसाइट बनाउँथे भने दिउँसो नेपालको आउटसोर्सिंगको सबभन्दा ठूलो कम्पनि सर्भिंग माइन्ड्स प्रालिमा र साँझ कलेज पढ्ने उनको नियति नै बनेको थियो ।
कुरालाई भन्दा समय र कामलाई प्रार्थमिकता दिने उनलाई फ्रील्यान्सिंगबाट (घरमै बसेर वेबसाइट निर्माण गर्ने काम) नसोचेको भन्दा पनि राम्रो कमाइ हुने उनको भनाई छ । विदेशी कम्पनीहरुको काम गर्दा मिनेटको र छुट्टा छुट्टै कामको पारिश्रमिक दिइन्छ भने नेपालका कम्पनीहरुको काम गर्दा भने बढी झन्झट र दुख हुने उनको गुनासो पनि छ । तर नेपाली कम्पनीहरुको काम गर्दा दुख हुने भए पनि उनले देशलाई योगदान दिने खालको वेबसाइटहरु भने नि:शुल्क बनाउदै आएको छु उनले बताएका छन् । भविश्यमा पनि त्यस्तो योगदान सदैव गर्ने उनको भनाई छ ।
उमेरले पच्चिस बसन्त पार गर्दै गरेका निर्मललाई दाम र कामले राम्रोसँग पत्याईसकेको हुँदा अबका दिनमा आइटीको प्रबर्दन गर्न नयाँ खालका कार्य गर्ने सोंच आएको उनी बताउछन । स्वदेशी र बिदेशी गरि करिब ५० वटा भन्दा बढी ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्छन भने देशमा अवसर नदेखी पलायन हुने मनसायका युवाहरुलाई उत्साही बनाउन युनाइट्स नेपालको प्रतिनिधि बनि वेब डेभलपिंग र ब्लगिंग जस्ता सिप सिकाउन लागिरहेका छन् भने आगामी दिनहरुमा लगतै स्वास्थ्य क्षेत्रको वेबसाइट नेपालहेल्थ डट कम (Find a doctor in your area) पोर्टल बनाउने तयारीमा छन् । आफुले बनाउन लागेको पोर्टल ले नेपालका अधिकांश हस्पिटलमा सेवा दिने जुनसुकै रोगका डाक्टरहरु पत्ता लगाउन सजिलो हुने उनको बिश्वास छ । यो वेबसाइटबाट डाक्टर पत्त लगाउने मात्र होइन डाक्टर उपस्थित हुने समय र भेट्न सकिने उपायहरु पनि थाहा पाउन सकिने छ ।

nirmal jee, tapai ko desh laai yogdan pugne site free maa banaune bichar sarhai ramro laagyo.. ani tapaiko kura maa bhanda kaam maa biswas garne bichar solute garchhu. IT maa kura hoina output maa biswas garinchha….
धन्यबाद सुवास जी!
हरेकले आफु सँग जे छ त्यहिँ दिने न हो! म सँग भएको सिपले देश को कुनै कुनाको बिकाशमा सहयोग पुग्छ भने किन नगर्ने, होइन र?
nice post.. and best of luck .
Nice job … keep it up.. Nirmal Ji.. तर तपाइले ब्लग तथा साइटमा कम्प्युटरका समस्या र समाधान पनि रािखदिनुभए हामीजस्ता कम्प्युटरका क ख िसक्दै गरेकालाइ सजिलाे हुने िथयाे ।।
धन्यबाद Bvson जी , सयाद तपाइँले मेरो सुचना प्रविधि सम्बन्धि मुख्य ब्लग हेर्नु भएकै होला ! त्यसमा तपाइँलाई काम लाग्ने केहि जानकारीहरु अबश्य पनि छन् होला!
यो ब्लग सुचना प्रविधि सम्बन्धि जानकारीहरु नेपालीमा राख्ने उद्धेश्यले खोलिएको हो ! यदि कुनै बिषयको बारेमा तपाइँ जान्न चाहनुहुन्छ भने कृपया मलाई इमेल गर्नुहोला, यदि त्यो बिषय म सँग सम्बन्धित भएमा अबश्य पनि लेख्ने कोशिष गर्ने छु !
हेलो निर्मल दाई नमस्ते हजुरको साईट हेर्दा ममलाई धेरै खुसि लाग्यो हजुलाई धेरै धेरै धन्यबादछ । दाई मलाई पनि एउटा नेपाली साईट बनाउन मन थियो कसरी बनाउने हो दार्इृ क्रिपया मलाइृ सहयोग गर्नु परो ।
ramesh jee,
Please visit this post: http://blog.nirmal.com.np/2011/10/how-to-learn-web-designing/
GOod job dost…. best of luck for the bright future ahead….
Very enthusiastic. Best wishes.
Thank you ashesh jee!
Your slogan is SUPERB “working for better Nepal”.
Everyone needs to contribute from their side to build a better Nepal.
daiko lekh ramro chha . yestai lekh sadhai padhma pau. thank u.