निर्मलको नेपाली ब्लग - Nirmal's Information Technology Blog
  • सूचना प्रविधि
  • सामाजिक संजाल
  • विचार
  • मिडिया
  • वेब
  • कथा
  • सम्पर्क
Home » सामाजिक संजाल » फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
Aug03 3

फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]

Posted by निर्मल in सामाजिक संजाल, सूचना प्रविधि

Pin It

Facebook and Nepali language, Nepali Facebook user“यो त मेरो झन्डै १०-१२ बर्ष अगाडिको स्कुलको दुश्मन पो हो त ! ल आज कहाँबाट यहाँ टुप्लुक्क आइपुग्यो?”

“अब एड गरौँ की नगरौँ ? परियो दोधारमा…….”

यो फेसबुकले पनि कमाल नै गर्छ बा, कहिले जमानामा तीन-चार कक्षा पढ्दा देखिका साथीलाई पनि खोजी-खोजी छेउमै टुप्लुक्क ल्याएर राखिदिन्छ भन्या । यसले मान्छे जन्मेदेखि को-को कँहा-कँहा भेट्छन्? के-के गर्छन? भन्ने सबै तथ्यांक राख्या छ की क्या हो? अहिले हेर्नुस न, यो मेरो बच्चै देखिको दुश्मन, स्कुल पढ्दा छुट्टी भैसकेपछि जहिले उस्को र मेरो स्कुलको चौरमा फाइट पर्ने । आज यस्ले कहाँ बाट भेटाएर टुप्लुक्क छेउमै ल्याईपुर्याएछ र उ पनि उस्तै, दुश्मन हुँ भन्ने कुरा थाहा पाइ-पाइ पनि फ्रेन्ड रिक्वेस्ट पठाउने । मिल्ने भइदेको भए “दुश्मन” भनेर एड गरिदिन्थे । तर के गर्नु यो फेसबुकमा “एड एज अ फ्रेन्ड” मात्र राख्या छ, “एड एज अ एनेमी” भन्ने बटन राख्या छैन । अब बालाई पनि साथी,  दाइलाई पनि साथी,  बोसलाई पनि साथी, गर्दा गर्दा शत्रुलाई पनि साथी भनेर एड गर्नु पर्ने । यो त अति नै भो नि, होइन र?

आजकल त अचम्मै भैसक्यो, एक दिन बरु नुन नहालेको तरकारी खाँदा फरक नपर्ला तर दिनमा एक पटक फेसबुक चलाएन भने त राति सुत्ने बेलामा के नपुग्या के नपुग्या हुन्छ भन्या । कहिलेकाँही त निद्रै पर्दैन । यी फेसबुक र ट्वीटर त ठूलो नशा नै रैछन बा ! अझ पुगेन भनेर गूगलले पनि नयाँ सामाजिक संजाल निकाली सक्यो, गूगल प्लस, तपाइहरुले चलाउनु भो? यस्तै-यस्तै बनाएर यी दैवहरुले त आफुले प्रगति गरिहाले, अनि हामी जस्ता सोझा जनतालाई चाँही बिगारेरै छाड्ने भए । बिहानै फेसबुक, साझै फेसबुक, ससुरालीमा जाँदा ससुरालीमै फेसबुक भन्या जस्तै भैसक्यो । फेसबुक चलाउन पाएपछि काम गर्न के को मन लाग्थ्यो र? चलाउन पाएन् भने फेरि जड्यालाई जाड़को तलतल लाग्या जस्तो, पूरा दिमाग नै उतै तिर ।

आफ्नो पल्लो घरको छिमेकी दाइसँग भेट नभाको एक महिना भैसक्यो होला, तर त्यो सात समुन्द्र पारि अमेरिका, युरोपतिर बस्ने साथीहरुसंग दिनहु च्याट, त्यो पनि भिडियो हेर्दै । बाँकी जिन्दगी पनि यसै गरेर कम्पुटरमै बित्ला जस्तो छ । यी सामाजिक संजालहरुले गर्दा सामान्य मानिसले बुझ्ने गरेको इन्टरनेटको परिभाषालाई नै बदलिदिएको छ भन्दा फरक नपर्ला । यस्तो कम्प्युटरको भर्चुअल दुनियाँमा पनि कसैले बिश्वास गर्छ? बेकार समयको बर्बादी, भन्नेहरु पनि त्यहिँ फेसबुक चलाएर दिन बिताउन थालिसकेका छन् । अझ भन्नुपर्दा फेसबुक धेरै मानिसको दिनचर्या नै बनिसकेको छ । झन अहिले त हातमा मोबाइल र मोबाइलमा इन्टरनेट नभाको मान्छे त भेटाउनै गाह्रो भैसक्यो । होइन! कति मान्छेले यो फेसबुक चलाउदा रैछन भनेर गुगल ब्रोलाई सोधेको त, विश्वमा झन्डै ७५ करोडको हाराहारीमा मान्छेले चलाउने रैछन र नेपालमा पनि झन्डै १२ लाख पुगीसकेछ्न ।  अझ अचम्मको कुरा त कम्प्युटरमा बसेर फेसबुक चलाउने र मोबाइलमा चलाउनेको संख्या झन्डै झन्डै बराबर पुग्न लागिसकेको रहेछ ।

आजकल तपाइहरुले एउटा कुरा याद गर्नु भएको छ? हामीले चलाउने गरेका सामाजिक संजालहरुमा एउटा कुरा बढी नै देखिन थालेको छ नि, नेपली भाषाको बढ्दो प्रयोग । खोइ किन हो किन ! मेरो पनि फेसबुक, ट्विटरहरु पढ्ने बेलामा नेपालीमा लेखिएका पोस्टहरुमाथि पहिले नै आँखा जाने गरेको छ । हुन् सक्छ बच्चै देखि बोल्दै, सुन्दै आएको आफ्नो मातृभाषा भएर होला ! त्यसैले पनि होला नेपाली भाषामा व्यक्त गरिएका कति भावनाहरुमा छुट्टै मिठास पाइन्छ । नेपाली भाषामा केहि यस्ता मिठा शब्दहरु छन् जुन शब्दहरु अरु भाषामा भेटाउन गाह्रो पर्छ र जस्ले एउटा आफ्नैपनको आभाष पनि दिन्छ । बिदेशी गोराहरुले बनाएको अंग्रेजी साइटमा पनि आफ्नो नेपालीपनको अनुभव गर्दै चलाउन पाएपछि हामी नेपालीलाई अरु के नै चाहियो र? आफ्नै बारीको मुला खाए जस्तो ।

पहिले पहिले धेरैजसो साथीहरुले इंग्लिशमा आफ्ना स्ट्याटसहरु अपडेट गर्थे र कतिले त नेपालीमा लेख्नेहरुलाई घटिया जस्तो ठान्ने, नजानेर नलेख्या जस्तो । तर अहिले ठिक उल्टो हुदै गएको छ, नेपाली भाषामा लेख्नेहरुले नेपालीको मन बढी नै जित्दै गएको पाइन्छ । फेसबुकमा स्ट्याटस अपडेट गर्नु पनि एक प्रकारको कला नै हो, कस्ले धेरै लाइक र कमेन्ट पाउने भन्ने होडबाजी नै चलेको हुन्छ यँहा । मेरो अनुभवमा, एउटा साधारण व्यक्तिका लागि इंग्लिशमा लेख्नु भन्दा पनि नेपलीमा लेख्नु ठूलो चुनौती हुन्छ जस्तो लाग्छ । पहिलो कुरा त प्राविधिक समस्या – कसरि लेख्ने नेपालीमा? प्रिती, कान्तिपुर जस्ता नेपाली फन्टमा लेख्न नमिल्ने, युनिकोड नै चाहिने । र ति फन्ट मै लेख्न मिले पनि कत्ति नै सजिला छन् र ? अब कुरा आयो युनिकोडको, धेरै जसोको लागि त अब त्यो कहाँ बाट ल्याउने र कसरि लेख्ने ठूलो झन्झट, बरु रोमनमा लेख्यो ढुक्कै! अनि अर्को जटिल समस्या, भाषागत शुद्दता । मिठो नेपाली बोल्न जानेको छु भन्दैमा त्यसलाई लेखाइमा उतार्न नसकिने, कहिले काही त ह्रस्व-दीर्घले गर्दा अर्थ नै अर्कै भइदिने । जे होस् आजकल फेसबुक खोल्यो भने हाम्रै नेपाल सरकारले हामी नेपालीकै लागि भनेर बनाइदिएको साइट हो की जस्तो अनुभव हुन्छ, आफ्नै मातृ भाषा र वरिपरी सबै आफ्नै दाजुभाईहरु, कस्तो रमाईलो ।

साँच्ची भन्या हो, गफ हान्या होइन है ! राम्रोसँग ह्रस्व-दीर्घ नआए पनि मलाइ त नेपली मै स्ट्याटस अपडेट र कमेन्ट गर्नु मनपर्छ, तपाइँलाई नि?

तपाइँ पनि नेपालीमै कमेन्ट गर्ने सोच बनाउनु भएको छ भने मदन पुरस्कार पुस्तकालय वा गुगल ब्रोको ट्रान्स्लेटर डाउनलोड गर्न सक्नुहुने छ  । केहि सहयोगी लिंकहरुको लागि यँहा क्लिक गर्नु होला ।]
- Goole Transliterate
- Type in Nepali
- Unicode Nepali
- Madan Puraskar Romanized Nepali Unicode

 

[नोट: यो लेख इमेज च्यानलको ब्लगमा प्रकाशित भैसकेको छ | यहाँ टेस्टिंग प्रयोजनको लागि मात्र राखिएको हो ]

Pin It

3 Comments

  1. j_shiva | August 5, 2011 at 9:59 am

    nice blog :)

    Reply
  2. इश्वर मल्ल | January 20, 2012 at 9:43 pm

    निर्मल जी ,तपाईको ब्लग बाट धेरै कुरा हरु जान्ने मौका मिलेयो / म जस्ता साधारण ज्ञान भएकालाई त झन उपयुक्त रहेछ / समयले भ्याएसम्म हेरेर र सिक्ने जमर्को गर्ने नै छु / अन्त्यमा धेरै धेरै धन्यबाद !

    Reply
    • निर्मल | January 23, 2012 at 9:45 am

      Thank you Ishwar ji!

      Reply

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

नमस्ते!

Nepali Blogger Nirmal's Nepali Blogमेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।

नयाँ पोस्टहरु

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु
  • व्यायामको आवश्यकता र नगर्नेको बहाना
  • यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
  • के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
  • हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • कसरी फल्छ डलर? [साप्ताहिक]
  • मैले पनि शुरु गरें, नेपाली ब्लग !
  • सोसिअल नेटवर्क जागिरको भाड़ो
  • साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
  • फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
  • घरमै फल्छ डलर [साप्ताहिक]

मुख्य ब्लगका समूहहरु

  • Web Designing
  • Web Development
  • Web Programming
  • Web Marketing
  • .np domain registration
  • Search Engine Optimization
  • Information Technology News
  • Open Source CMS
  • Joomla CMS
  • WordPress CMS
  • Drupal CMS
  • Online Job

केहि महत्वपूर्ण पोस्टहरु

  • Top Most Popular and Useful Nepali Sites of 2011
  • Top 15 Free Open Source Content Management systems (CMS)
  • What is an Open Source Content Management System?
  • How to submit a site to the Open Directory?
  • How to write killer article titles
  • Top 10 Most Popular Sites of Nepal
  • What’s New in Drupal 7?
  • What is .np Domain?
  • Track your website traffic and statistics using Google Analytics
  • Nepal Government to monitor .NP domain registration

निर्मलका अन्य ब्लगहरु

  • Information Technology Blog
  • WordPress Blog
  • Drupal Blog
  • Nepali Blog
  • Travel Photo Blog
  • Modeling Portfolio

सामाजिक सञ्जालमा निर्मल

  • Facebook
  • Twitter
  • Google Plus
  • Stumbleupon
  • LinkedIn
  • Youtube
  • Xing

नयाँ कमेन्टहर

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
  • laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?

फेसबुकका चहलपहल

ब्लगका समुहहरु

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लग समूह

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लगक कमेन्टहरु

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

ब्लगका टुक्रा टाक्री

आइटी आउटसोर्सिंग काठमाडौँ काठमाण्डौ कुकुर गूगल गूगल एड्सेंस जागिर ट्विटर डलर धामी-झाक्री निर्मल नेपली भाषा नेपाल नेपाली ब्लग नेपाली ब्लगर पार्टी फेसबुक फ्रील्यान्सर फ्रील्यान्सिंग बिंग ब्लग ब्लगर ब्लगिंग याहु योग रोजगारी लिंक्ड इन लोडशेडिंग वेब वेब डिजाइन वेब डिजाइन इन्सटिट्युट वेब डिजाइनिंग वेब प्रोग्रामिंग वेब फ्रील्यान्सिंग व्यायाम संबिधान सर्च इन्जिन सर्च इन्जिन अप्टिमाइजेसन साइबर संचार साप्ताहिक सामाजिक संजाल सुचना प्रविधि सूचना प्रविधि स्वास्थ्य

भर्खरैका पोस्ट

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु

© Copyright 2011 Nirmal Gyanwali, All Rights Reserved.