निर्मलको नेपाली ब्लग - Nirmal's Information Technology Blog
  • सूचना प्रविधि
  • सामाजिक संजाल
  • विचार
  • मिडिया
  • वेब
  • कथा
  • सम्पर्क
Home » विचार » यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
Aug15 3

यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्

Posted by नवराज in विचार

Pin It

यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्नेपालमा पार्टीहरु तथा संग-संगठनहरु गठन हुने क्रम तीब्र छ । विभिन्न उदेश्यका साथ गठन हुने यस्ता पार्टी र संगठनहरु कहिले जातिय,कहिले क्षत्रिय तथा विभिन्न वर्गीय रुपमा मात्रै पनि क्रियाशील भएको जानकारी हामीलाई भएकै हो। तर भर्खरै मात्र एउटा यस्तो पार्टी गठन गरिएको छ, जो नेपालका कुकुरहरुको हक-हितको निम्ति गठन भएको उक्त पार्टीको दावी छ। प्रस्तुत छ उक्त “राष्ट्रिय कुकुर उत्थान पार्टी” का अध्यक्ष कुकुर श्री शेरबहादुर कुकुरेलसंग गरिएको कुराकानीको मुख्य अंशहरु ।

प्रश्न: कुकुरहरुको पनि पार्टी ? राष्ट्रिय कुकुर उत्थान पार्टीको आवश्यकता किन पर्यो नेपालमा?
कुकुरेल: काठमाडौँमा मात्रै हामी कुकुरहरुको संख्या करीब तीस हजार छ,त्यो पनि सडकमा बस्ने मात्रै ।भनेको street dogsहरु मात्रै ।अझ मान्छेसंग घरमा बस्ने साथीहरुलाई पनि गणना गर्दा त हामी करीब चालिस हजार पुग्छौं र सम्पूर्ण नेपालभरी गरेर यो संख्या करीब पाँच लाख पुग्छ। हाम्रो पार्टी तिनै पाँच लाख कुकुरहरुको हक-हित र उत्थानको लागि खोलिएको हो।

प्रश्न: कस्तो हक-हित र उत्थान?
कुकुरेल: त्यो भनेको मान्छेले हामी कुकुरहरुको जुन अधिकारको हनन गरेका छन्,अपमान गरेका छन् अबदेखि त्यो नहोस भन्नका लागि यो पार्टी खोलिएको हो। यो पार्टी वा संगठनको शक्ति कस्तो हुदोरहेछ भने नि, अब तपाई नै हेर्नुस, यदि हाम्रो पार्टी दर्ता नभएको भए तपाईले मेरो अन्तर्वार्ता लिनुहुन्थ्यो त ? यसभन्दा अघि तपाइंले कहिल्यै मान्छेले एउटा कुकुरको अन्तर्वार्ता लिएको देख्नु भएको थियो त ? के यो पनि एउटा उपलब्धि होइन?

प्रश्न: वास्तवमा तपाईंहरुको प्रतिष्पर्धा भनेको मान्छेहरुसंग मात्रै हो कि अरु जनावरहरुसंग पनि हो? तपाईंहरुको मुख्य शत्रु को हो?
कुकुरेल: जसरी एमाओवादीले कांग्रेसलाई मुख्य शत्रु तोक्यो त्यसरी मान्छेलाई शत्रु नै तोकिहाल्ने हाम्रो कार्ययोजना त हाललाई छैन। तर हाम्रो मुख्य प्रतिष्पर्धा चाहिं मान्छेसंगै हुन्छ।

प्रश्न: किन हो मान्छेसंग तपाईहरुको यत्रो रिस?
कुकुरेल: हेर्नुस, मान्छेले जति अन्याय त हामीलाई कसैले पनि गरेको छैन,चाहे हामी सडकमा बसौं वा मान्छे संगैघरमा।
हाम्रा सडकमा बस्ने साथीहरुको कुरा पहिला गरौ ।हामीलाई अनावश्यक रुपमा लात्ताले किन हान्ने? ढुंगाले किन हान्ने? के हामी झलनाथ वा झक्कु हौँ देख्ने बित्तिकै हान्नलाई ?

प्रश्न: तपाईहरु अनावश्यक हल्ला गर्नुहुन्छ अरे नि?
कुकुरेल: हामी मान्छे जस्ता होइनौं हामीहरु आवश्यक नपरी कहिल्यै हल्ला गर्दैनौं हाम्रा हरेक आवाजमा अर्थ हुन्छ र साथीहरुलाई केही सूचना दिई रहेका हुन्छौं

प्रश्न: अनि त्यो चौबाटोमा जम्मा भएर भुकेको नि?
कुकुरेल: कस्तो कुरा गर्नु हुन्छ? चौबाटोमा जम्मा भएर भुक्ने त तपैंका नेताहरु हुन्। कार्यकर्ता जम्मा गर्यो माईक जोड्यो अनि भुक्न थाल्यो। यसरी भुक्ने त प्रचण्ड, शुशील अनि झलनाथ हुन्। न त तिनले भनेको कसैले बुझ्छ अनि बुझिहाले पनि काममा देखिदैन। हाम्रो त कुराकानी हो आवाज हो।

प्रश्न: मान्छेको आरोप छ नि, तपाईका सडकमा बस्ने साथीहरु रातभरि कराएर सुत्ने दिदैनन अरे?
कुकुरेल: (हाँसो)…… यस्तो आरोप त हामी मान्छेलाई पनि लगाउन सक्छौं। हाम्रा साथीहरु सुतिरहेको बेला रति रक्सी खाएर हल्ला गर्ने त मान्छे पो हो त। हल्ला गर्ने मात्रै हो र कतिले त हिर्काई दिने,साथीहरुसंगै गएर सुतिदिने,साथीहरुमाथि नै मुतिदिने? हामी अब यो चाहिं सहन्नौं ।

प्रश्न: तपाईंका साथीहरु गुडिरहेको गाडी वा मोटर साइकललाई भुक्दै लखेटछन् नि। यसले गर्दा दुर्घटना हुनसक्छ भन्ने ख्याल नै गर्दैनन् ।
कुकुरेल: मित्र ! तपाइलाई थाहा होला, हामीले जसरी छिटो र सहि रुपमा अपराधी तपैंका प्रहरीले पनि चिन्दैनन्। अपराधी चिन्ने त कुरै छोडौं तपैंका प्रहरी नै अपराधी छन्। “सुडान घोटाला काण्ड” हेरे हुन्छ। अर्को कुरा, हाम्रा साथीहरु सबै गाडीका पछि दगुर्दैनन। जसको licence छैन, blue बुक छैन वा आफ्नो साधनलाई modify गरेर चलाएका छन् तिनीहरुलाई साथीहरुले चिनिहाल्छन ।अनि त्यस्तालाईमात्र लखेटछन्। किनभने यस्ताले हाम्रा धेरै साथीहरुको ज्यान लिएका छन् ।

प्रश्न: अनि मगन्ते वा जोगीहरुलाई किन भुक्ने नि?
कुकुरेल: ती पनि त ठग हुन् नि। एउटा भुसतिघ्रे,लाठे भएर मिहिनेत गर्न छोडेर मागेर हिड्न सुहाउछ? माग्यो-माग्यो बेलुका गएर रक्सी खान्छ ।अनि हाम्रै साथीहरुसंग सुत्न आउछ,मुत्न आउछ अनि कराउनु परेन?

प्रश्न: अनि खाते(सडक) बालकहरुलाई भुक्नुको कारण नि?
कुकुरेल: वहाँहरु प्रति हाम्रो एकदमै सहानुभूति छ ।मान्छे भएर पनि करीब- करीब हाम्रै जस्तो जिन्दगी छ। हाम्रा सडकका साथीहरुलाई मान्छेको कुनै वर्गले माया गर्छ भने त्यो वहाँहरुको वर्ग हो ।यदि वहाँहरुलाई हाम्रा साथीहरुले भुक्नु हुन्छ भने एउटा मात्र कारण छ त्यो हो dendrite सुँघ्ने बानी । dendrite सुँघ्न वहाँहरु छोड्नु हुन्छ भने हामी भुक्न छोडछौँ।

प्रश्न: अध्यक्ष ज्यू, ठिक छ सडकमा बस्ने तपाईंका साथीहरुका समस्या होलान ।मान्छेबाट अन्याय भएको पनि होला। तर मान्छेसंगै घरमा बस्नेहरुको त के समस्या होला र मान्छेसंग?
कुकुरेल: त्यसो होइन। सडकका साथीहरुका जस्ता नै समस्या नभए पनि वहाँहरुका पनि आफ्नै समस्या त छन् नि ।त्यसमा पहिलो समस्या भनेको स्वतन्त्रताको हो।

प्रश्न: किन? वहाँहरुलाई झन् खान बस्न को सुबिधा राम्रो हुन्छ नि होइन?
कुकुरेल: के खान बस्न पाउनु मात्रै ठुलो कुरा हो र? खान बस्न त तपाईंहरुको जेलमा पनि सुबिधा छ। के त्यहाँ स्वतन्त्रता छ त?

प्रश्न: त्यसो भए के चाहियो त वहाँहरुलाई?
कुकुरेल: खुला रुपमा हिंड्न पाउनु पर्यो,सांग्लोले बाँधेर सानो खोरमा थुन्नु भएन । हामीलाई भुक्न मन लाग्दा भुक्न पाउनु पर्यो आएर मुखमा लौरोले हान्नु भएन । मान्छेले जे-जे चाह्यो त्यहि गर्न लगाउनु भएन।

प्रश्न: के गर्न लगाउछन् मान्छेले?
कुकुरेल: हामी चार खुट्टे जनावर हौं ,हिड्न हामीलाई चारै खुट्टा चाहिन्छ । तर मुर्ख मान्छे हाम्रा साथीहरुलाई दुइ खुट्टाले हिड्न लगाउछन्,नहिडे पिटछन्। यो अन्याय गर्नुभएन। नमस्ते गर्न लगाउछन् अगाडिका खुट्टा जोडेर । पहिला त, नमस्ते हाम्रो अभिवादन हैन ।हामी अभिवादन गर्दा पुच्छर हल्लाउछौँ । अनि हाम्रो भएको पुच्छर काटिदिएर खुट्टा जोडेर नमस्ते गर भन्ने? मान्छेको मुख सिलाईदिएर नाकबाट खाना खाऊ भन्यो भने खान सक्छ?

प्रश्न: अध्यक्ष ज्यू, प्रसङ्ग बदलौं तपैका जम्मा कार्यकर्ता कति छन्?
कुकुरेल: मैले शुरुमै पनि भनिसकें काठमाडौँमा मात्रै हाम्रा तीस हजार जति सक्रिय कार्यकर्ता हुनुहुन्छ ।यो पनि हाम्रो अनुमान मात्रै हो तथ्यांक आउन बाँकि नै छ। र यसमा पनि मान्छेको करणले यति भएको हो नत्र यो संख्या दोब्बर हुने थियो ।

प्रश्न: कसरी?
कुकुरेल: हेर्नुस, मान्छेको जनसंख्या बढ्यो भनेर मान्छे अनेक उपाय गरेर जनसंख्या घटाउन लाग्या छ,ठिक छ। तर हाम्रो जनसंख्यामाथि हस्तक्षप गर्ने,हाम्रा भाले तथा पोथी साथीहरुलाई भेट्न नदिने,जबर्जस्ती vasectomy गरिदिने। यस्तो अन्याय कसरी सम्भब छ? मान्छेलाई आफ्नो जनसंख्या नियन्त्रण गर्नु छ भने गरोस तर हाम्रो जनसंख्या हामी निर्धारण गर्छौं,मान्छेले होइन।

प्रश्न: तर यस्मा त तपाईंहरुको नै हित छ नि होइन?
कुकुरल: कसरी हित छ हाम्रो? हाम्रो जैविक आवश्यकता महत्वपूर्ण छैन?

प्रश्न: कस्तो जैविक आवश्यकता?
कुकुरेल: यौन ।sex। vasectomy गरिदिने,भाले पोथी भेट हुन नदिने,सम्भोगरत हाम्रा साथीहरुलाई ढुंगाले हान्ने यो अधिकार कसले दियो मान्छेलाई? मान्छेले भने बार्है महिना,सातै दिन अनि चौबिसै घण्टा यौन सम्पर्क राख्न हुने, हामी कुकुरहरुलाई भने भदौदेखि मङ्सिरसम्म जम्मा चार महिना हाम्रो जैविक आवश्यकता पूर्ति गर्न समेत बन्चित गर्ने?

प्रश्न: तर तपाईंहरुको यौन सम्पर्क राख्ने जुन शैली छ नि , भनेको मतलव अलि गोप्य स्थलमा गएर समाजलाई अफ्ठेरो नपर्नेगरी गरिदिंदा हुदैन? तपाईंहरुलाई देखेर कति पटक त हामीलाई बाटोमा हिंड्न समेत अप्ठेरो हुन्छ।
कुकुरेल: (लामो हाँसो)……………तपाइंले राम्रो प्रश्न गर्नु भो। यस विषयमामा मान्छेहरुलाई प्रष्ठ पनि पार्न चाहन्थें। सबैभन्दा पहिला अंग्रेजीमा DOG भनेको Desciple of God अर्थात् इश्वरको अनुयायी हुन्छ। हामी कुकुरहरु के मान्यता राख्छौं भने, इश्वरको नजरबाट कोहि पनि लुक्न सक्दैन । तपाईं हामी कुनै पनि कार्य इश्वरको नजरबाट बाहिर गएर गर्न सक्दैनौ । त्यसैले जे कुरा गरे पनि इश्वरले हामीलाई देखिरहनछन् भने सम्भोग गर्न गोप्य ठाउं खोज्दै हिंड्नुको कुनै तुक छैन । यदि इश्वरको नजरबाट भाग्न असम्भब छ भने सम्भोग गर्न अँध्यारो,एकान्त र गुम्सिएको ठाउं किन खोज्ने? खुला-रमणीय ठाउं नै रोज्ने नि । अर्को कुरा,तपाईलाई थाहा छ कि छैन,अब मान्छेले पनि सम्भोगको लागि खुला ठाउं नै रोज्न थालिसके । देखाएरै सम्भोग गर्नुमा आनन्द मान्न थालिसके । विभिन्न खुला ठाउँमा मान्छेका सम्भोगरत जोडीलाई प्रहरीले भेट्न थालिसके। मोबाइलमा, इन्टरनेटमा त्यस्ता video हरु छरप्रष्ट आउन थालिसके। अब त मान्छेले गोप्य ठाउंमा सम्भोग गरे पनि त्यसलाई record गरेरै भएपनि देखाउनुमा आनन्द मान्न थालिसके। भर्खरै मात्र पनि तपाईंका हिरोइनहरु नम्रता श्रेष्ठ र पूजा लामाको सम्भोगरत video त मैले पनि हेरेको हुँ। सायद तपैले पनि हेर्नु भो होला । यो सबै के हो त भन्दा, सम्भोग भन्ने कुरा लुकेर होइन खुलेर गर्ने चिज रहेछ भन्ने कुरा मान्छेले बिस्तारै बुझ्दै छन् । अनि अरु नभए पनि यस विषयमा चाहिं मान्छेले कुकुरबाट केहि त सिक्यो नि। यस मा हामी सम्पूर्ण कुकुरहरु अत्यन्तै खुशी छौँ ।

प्रश्न: अध्यक्ष ज्यू, तपाईंको अमुल्य समयको लागि हामी एकदम आभारी छौँ । अन्तमा, हाम्रो ब्लग मार्फत आफ्ना कुकुरहरु वा मान्छेलाई केहि भन्न चाहनु हुन्छ कि?
कुकुरेल: तपाईंलाई पनि मेरा विचारहरु राख्न दिनु भएकोमा म र मेरो “राष्ट्रिय कुकुर उत्थान पार्टी” का तर्फबाट धन्यबाद। मान्छेहरुलाई म के भन्न चाहन्छु भने, तपाईहरु पनि तपाईका नेताको पछि लाग्न छोडेर हामी कुकुरहरुको पछि लाग्दा बुद्धिमानी हुन्छ। किनभने यो देशमा मान्छेका नेताले संबिधान बनाउदैनन् ।संबिधान अब कुकुरहरुले बनाउछन्, “राष्ट्रिय कुकुर उत्थान पार्टी“ले बनाउछ । अनि मेरा कुकुर मित्रहरु! हामी सबै एकजुट भएर अघि बढ्नु पर्छ। फुटको राजनीति हामीलाई आउँदैन किनभने हामी कुकुर हौं मधेशवादी दलहरु होइनौं। अन्तमा, निर्वाचन आयोगले हाम्रो पार्टीलाई प्रदान गरेको चुनाव चिन्ह “हड्डीको टुक्रा” बहिष्कार गर्दै “कुखुराको फिलाको” जोडदार माग गर्दछु र अभिवादन स्वरूप मेरो यो बांगो पुच्छर हल्लाउदै विदा हुन्छु।

धन्यवाद ।

पार्टी

Pin It

3 Comments

  1. anonymous | August 15, 2011 at 7:32 am

    उटा भुसतिघ्रे,लाठे भएर मिहिनेत गर्न छोडेर मागेर हिड्न सुहाउछ? माग्यो-माग्यो बेलुका गएर रक्सी खान्छ ।अनि हाम्रै साथीहरुसंग सुत्न आउछ,मुत्न आउछ अनि कराउनु परेन?

    hasda hasda hairan! jhandai mareko!!

    Reply
  2. ha ha ha | August 15, 2011 at 7:33 am

    ha ha ha ha hasayo hasayo :)

    Reply
  3. Subhechchha | August 15, 2011 at 8:02 am

    Atti hasuthyo……………..its too much for atleast a week……….Yo lekh ma comedy matra haina dherai thulo moral pani paye….Njoyed a lot.Keep on writing such articles.

    Reply

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

नमस्ते!

Nepali Blogger Nirmal's Nepali Blogमेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।

नयाँ पोस्टहरु

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु
  • व्यायामको आवश्यकता र नगर्नेको बहाना
  • यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
  • के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
  • हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • कसरी फल्छ डलर? [साप्ताहिक]
  • मैले पनि शुरु गरें, नेपाली ब्लग !
  • सोसिअल नेटवर्क जागिरको भाड़ो
  • साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
  • फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
  • घरमै फल्छ डलर [साप्ताहिक]

मुख्य ब्लगका समूहहरु

  • Web Designing
  • Web Development
  • Web Programming
  • Web Marketing
  • .np domain registration
  • Search Engine Optimization
  • Information Technology News
  • Open Source CMS
  • Joomla CMS
  • WordPress CMS
  • Drupal CMS
  • Online Job

केहि महत्वपूर्ण पोस्टहरु

  • Top Most Popular and Useful Nepali Sites of 2011
  • Top 15 Free Open Source Content Management systems (CMS)
  • What is an Open Source Content Management System?
  • How to submit a site to the Open Directory?
  • How to write killer article titles
  • Top 10 Most Popular Sites of Nepal
  • What’s New in Drupal 7?
  • What is .np Domain?
  • Track your website traffic and statistics using Google Analytics
  • Nepal Government to monitor .NP domain registration

निर्मलका अन्य ब्लगहरु

  • Information Technology Blog
  • WordPress Blog
  • Drupal Blog
  • Nepali Blog
  • Travel Photo Blog
  • Modeling Portfolio

सामाजिक सञ्जालमा निर्मल

  • Facebook
  • Twitter
  • Google Plus
  • Stumbleupon
  • LinkedIn
  • Youtube
  • Xing

नयाँ कमेन्टहर

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
  • laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?

फेसबुकका चहलपहल

ब्लगका समुहहरु

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लग समूह

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लगक कमेन्टहरु

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

ब्लगका टुक्रा टाक्री

आइटी आउटसोर्सिंग काठमाडौँ काठमाण्डौ कुकुर गूगल गूगल एड्सेंस जागिर ट्विटर डलर धामी-झाक्री निर्मल नेपली भाषा नेपाल नेपाली ब्लग नेपाली ब्लगर पार्टी फेसबुक फ्रील्यान्सर फ्रील्यान्सिंग बिंग ब्लग ब्लगर ब्लगिंग याहु योग रोजगारी लिंक्ड इन लोडशेडिंग वेब वेब डिजाइन वेब डिजाइन इन्सटिट्युट वेब डिजाइनिंग वेब प्रोग्रामिंग वेब फ्रील्यान्सिंग व्यायाम संबिधान सर्च इन्जिन सर्च इन्जिन अप्टिमाइजेसन साइबर संचार साप्ताहिक सामाजिक संजाल सुचना प्रविधि सूचना प्रविधि स्वास्थ्य

भर्खरैका पोस्ट

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु

© Copyright 2011 Nirmal Gyanwali, All Rights Reserved.