निर्मलको नेपाली ब्लग - Nirmal's Information Technology Blog
  • सूचना प्रविधि
  • सामाजिक संजाल
  • विचार
  • मिडिया
  • वेब
  • कथा
  • सम्पर्क
Home » सामाजिक संजाल » साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
Aug03 2

साला बिद्युत प्राधिकरण [इमेज ब्लग]

Posted by निर्मल in सामाजिक संजाल, सूचना प्रविधि

Pin It

Loadshedding Problem in Nepalथुइक्क ! आज पनि घराँ लाइन रहेनछ ! यसो काम गरौँ भनेर त्यत्रो बाटो  रुझ्दै-रुझ्दै हतार-हतार गर्दै आको, साला बिद्युत प्राधिकरण ! यी मुलाहरुलाई  पानी भए नि नहुने, नभए नि नहुने । काठमाडौंनै डुबाउला जस्तो गरेर यत्रो  ठूलो पानी पर्दा पनि लाइन छैन।  यस्तो बाढीनै आको बेलामा त पक्कै पनि लाइन  होला नि भनेर रुझ्दै रुझ्दै आको, यता त टोलै मसानघाट जस्तो अन्धकार रैछ ।

अस्ति लाइन आको मौका छोपेर एउटा युरोपको पुरानो साथीसँग फेसबुकमा च्याट  गरेको,  हाम्रो देशको स्थिति देखेर भन्दै थियो – नेपाल जस्तो अन्धकार देशमा  बसेर नि के आइटीको काम गर्छु भनेर फूर्ति  लाउँछस ? बरु आइज यतैतिर,  २५  एमबिको युट्युबको भिडियो पनि सरर बग्ने इन्टरनेट, चौबिसै घण्टा अटुट बिजुली  । त्यहाँको जस्तो १६ घण्टाको लोडसेडिङ, लाइन आयो भने पनि राति  सुतिसकेपछि  र उठ्नु अघि, अनि त्यो कछुवाको तालको इन्टरनेट । यसो सोच्दा त  हो नि, हामी कम्प्युटरमा काम गरेर खाने बाटो बनाएकाहरुलाई त यहाँ भन्दा  ठूलो श्राप के हुन सक्छ र? कहिलेकाँही त साँच्ची नै दिग्दार लागेर आउँछ  भन्या । अस्तिनै कहिले हो नेटमा पढ्या थेँ, कोरियामा त संसारकै सबैभन्दा  फास्ट नेट चल्छ रे, सरर ! कहिलेकाँही त त्यतैतिर गइदिउँ की जस्तो पनि लाग्छ  । आफ्नै देशमा बसेर केहि गर्नुपर्छ, बाहिर गएर घोटिएर काम गरेर दाम मात्र  कमाएर के गर्नु? आफ्नै देशको यो सानो ठाउमा केहि गरेर यसो नाम कमाउन  सकिन्छ कि भनेको, यो बिद्युत प्राधिकरण र नेपाल टेलिकम मिलेर हामी आइटीमा  काम गर्ने मान्छेहरुलाई गरी खान नदिने भए । बिस्तारै भए पनि केहि होला नि  भन्दा भन्दै बर्षौँ बितिसक्यो, आजकल त आशै मरिसक्यो । मलाई त कहिलेकाँही  हामी कम्प्युटरमा काम गर्ने मान्छेलाई मात्र हेप्या हुन् कि जस्तो लाग्छ ।  हुन त सबैको आ-आफ्नै समस्या होलान् । लाइन र नेट नभएपछि  हामी कम्प्युटरमा  काम गर्नेहरु के जात्रा हेरेर बस्नु?

अस्ति नयाँ बर्षकै बेला हो एउटा दाइको अफिसमा गाको,  त्यो दाइले भन्दै  हुनुहुन्थ्यो – भाइ अब त हाम्रो सिजन आउँदै छ, कस्सिएर काम गर्नु पर्छ है ।  एकैछिन त अचम्म लाग्यो, होइन दाइ आइटीको काम गर्ने भएर पनि के खेतीपाती  गर्ने कृषक जस्तो सिजन आउँदै छ भन्या?  हाँस्दै दाइले भने – ल त्यति पनि  थाहा छैन भाइ? नेपालमा त कृषि र आइटीको असार/साउन लागेपछि सिजन आउँछ नि !  खेत रोप्न नि झमझम पानी पर्नुपर्छ अनी राम्रोसँग बिजुली आउन पनि पानी  पर्नैपर्छ । बिजुली नै नभएपछि  हाम्रो आइटीको पनि के काम? नेताले जस्तो गफ  हानेर बसेर भएन क्या रे !  त्यति भन्दै दाइले थप्नुभो – यो सिजनमा मज्जाले  रातभर काम गर्नुपर्छ अनि अफ-सिजनमा खुट्टा पसार्यो, अँध्यारोमा बस्यो ।

फेरि कहिलेकाँही त सिजनमा यार्सागुम्बा टिप्न जानेले मौका पार्या जस्तो  हाम्ले नि गर्या हो । बाहिरका खैरेको ‍तीन-चार हजार डलरसम्मको प्रोजेक्ट  पनि हात पारेकै हो । अब नेपालमा बसेको फाइदा भन्ने कि के भन्ने त्यसलाई  झन्डै ७३ ले गुना गरेर बुझ्दाखेरी  त सान नै बेग्लै, मै राजा हुँ जस्तो  लाग्ने ! त्यहि लोभले बिदेश नगएर बसेको, तर कहिलेकाँही यहाँका नानाथरि  समस्या देख्दा त तुरुन्तै अमेरिकातिर टाप कसुँ जस्तो नलाग्या पनि होइन।  रत्नपार्कबाट अमेरिका जाने बस लाग्ने भैदिएको भए उहिल्यै नेट स्लो भाको  झोँकमा टाप कसी सक्थेँ होला । तर के गर्नु नेपाली परियो, अमेरिकाको त के  कुरा गर्नु छिमेकी राष्ट्र भारत छिर्दा त बोर्डरमा जुँगेमुठेले खाउँला  जस्तो गरेर हेर्छ। जुँगेमुठे भन्दाखेरी  एकपटक बिद्यार्थी छँदा भारत भ्रमणको  लागि निस्केको याद आयो,  सुनौली बोर्डर काट्दै थेँ – ओइ गोर्खाली इधर आ,  किधर जा रहे हो? भनेर भारती डन्ठे हवल्दारले गोलभेँडा जत्रो आँखा देखाउँदा  झन्डै सातो पुत्लो गाथ्यो । यहि छिमेकी राष्ट्रमा त यस्तो अवस्था भाको  बेलामा अमेरिका जान्छु भन्नु हामीजस्ता सानातिना मान्छेलाई त आकाशको फलै  भो।

के गर्नु? प्राधिकरणलाई जति सरापे पनि आफ्नो पेट भरिने होइन। अब त  लोडसेडिंग तालिका हेर्दै कुन चाँही साथीकोमा कति बेला लाइन आउँछ भन्दै  ल्यापटप बोकेर काठमाडौका टोल-टोल चाहार्ने बिचार गरेको छु। के गर्ने गरी  खाने बाटो त गर्ने पर्यो ।
तपाइँहरुले पनि सहयोग गर्ने हो कि?

[नोट: यो लेख इमेज च्यानलको ब्लगमा प्रकाशित भैसकेको छ | यहाँ टेस्टिंग प्रयोजनको लागि मात्र राखिएको हो ]

Pin It

2 Comments

  1. rakesh | August 5, 2011 at 10:00 am

    yasari sarbajanik rupma bidhyut pradhikaran lai gali garne?
    anyway nice writing!

    Reply
  2. Ilu | August 5, 2011 at 10:01 am

    ramro blog raichha!

    Reply

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

नमस्ते!

Nepali Blogger Nirmal's Nepali Blogमेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।

नयाँ पोस्टहरु

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु
  • व्यायामको आवश्यकता र नगर्नेको बहाना
  • यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
  • के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
  • हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • कसरी फल्छ डलर? [साप्ताहिक]
  • मैले पनि शुरु गरें, नेपाली ब्लग !
  • सोसिअल नेटवर्क जागिरको भाड़ो
  • साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
  • फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
  • घरमै फल्छ डलर [साप्ताहिक]

मुख्य ब्लगका समूहहरु

  • Web Designing
  • Web Development
  • Web Programming
  • Web Marketing
  • .np domain registration
  • Search Engine Optimization
  • Information Technology News
  • Open Source CMS
  • Joomla CMS
  • WordPress CMS
  • Drupal CMS
  • Online Job

केहि महत्वपूर्ण पोस्टहरु

  • Top Most Popular and Useful Nepali Sites of 2011
  • Top 15 Free Open Source Content Management systems (CMS)
  • What is an Open Source Content Management System?
  • How to submit a site to the Open Directory?
  • How to write killer article titles
  • Top 10 Most Popular Sites of Nepal
  • What’s New in Drupal 7?
  • What is .np Domain?
  • Track your website traffic and statistics using Google Analytics
  • Nepal Government to monitor .NP domain registration

निर्मलका अन्य ब्लगहरु

  • Information Technology Blog
  • WordPress Blog
  • Drupal Blog
  • Nepali Blog
  • Travel Photo Blog
  • Modeling Portfolio

सामाजिक सञ्जालमा निर्मल

  • Facebook
  • Twitter
  • Google Plus
  • Stumbleupon
  • LinkedIn
  • Youtube
  • Xing

नयाँ कमेन्टहर

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
  • laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?

फेसबुकका चहलपहल

ब्लगका समुहहरु

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लग समूह

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लगक कमेन्टहरु

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

ब्लगका टुक्रा टाक्री

आइटी आउटसोर्सिंग काठमाडौँ काठमाण्डौ कुकुर गूगल गूगल एड्सेंस जागिर ट्विटर डलर धामी-झाक्री निर्मल नेपली भाषा नेपाल नेपाली ब्लग नेपाली ब्लगर पार्टी फेसबुक फ्रील्यान्सर फ्रील्यान्सिंग बिंग ब्लग ब्लगर ब्लगिंग याहु योग रोजगारी लिंक्ड इन लोडशेडिंग वेब वेब डिजाइन वेब डिजाइन इन्सटिट्युट वेब डिजाइनिंग वेब प्रोग्रामिंग वेब फ्रील्यान्सिंग व्यायाम संबिधान सर्च इन्जिन सर्च इन्जिन अप्टिमाइजेसन साइबर संचार साप्ताहिक सामाजिक संजाल सुचना प्रविधि सूचना प्रविधि स्वास्थ्य

भर्खरैका पोस्ट

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु

© Copyright 2011 Nirmal Gyanwali, All Rights Reserved.