निर्मलको नेपाली ब्लग - Nirmal's Information Technology Blog
  • सूचना प्रविधि
  • सामाजिक संजाल
  • विचार
  • मिडिया
  • वेब
  • कथा
  • सम्पर्क
Home » विचार » व्यायामको आवश्यकता र नगर्नेको बहाना
Aug29 5

व्यायामको आवश्यकता र नगर्नेको बहाना

Posted by शिवराम खतिवडा in विचार

Pin It

Exercise, yoga, health, nepalआजकल बिहान प्रातकालिन यात्रा गर्ने, योग गर्ने, नृत्य गर्ने, जिम गर्ने, खेल खेल्ने आदि गरेको देख्नु नौलो होइन।  तपाई पनि यस्तो गर्नु हुन्छ भने तपाई राम्रो काम गर्दै हुनुहुन्छ । पहिले पहिले आर्मी-पुलिसले मात्रै यस्तो गरेको देखिन्थ्यो । यसो गर्नेहरु फुर्तिला र जागरिला नहुने कुरै भएन ।

मान्छेको आवस्यकता खाना मात्र होइन । न त काम मात्र गर्नु नै हो । न त जे मन लाग्छ तै गर्नु नै हो । तपाई मोटो हुनुहुन्छ भने व्यायाम तपाईको हितकारी साथी अवस्य हुने छ । र तपाई युवा हुनुहुन्छ भने पनि तपाईलाई यो राम्रो मित्र हुनसक्छ ।

उमेर अनुसार को तौल, उचाई आदि को उपयुक्त सन्तुलन नभएमा अस्वस्थ्य मान्न सकिन्छ । त्यस को उपचार सन्तुलित खानपिन र व्यायामनै हुनसक्छ । आजकल धेरै मोटा मानिसहरु देखिन थालेका छन् । कतिपयलाई यसले खासै समस्या दिएको पाइन्न । तर धेरैले अवस्य समस्या पाउने छन् । कोहि बच्चादेखी नै धेरै मोटा देखिन्छन् । यसको कारण धेरै खानु, सहजै पच्ने बजारिया खाना खानु, व्यायामको कमि हुनु आदि हुन् ।

व्यायाम नगर्नेमा मोटोपन, मधुमेह, उच्च रक्तचाप, हृदयघात (हार्ट अट्याक), स्ट्रोक (मस्तिस्कघात), पक्षघात (पारालाइसिस) र निसन्तान तथा  यि सम्बन्धि विविन्न रोग विकसित हुन्छन् । नियमित व्यायाम गर्नेहरु कुनै नराम्रो अम्मलमा फस्ने सम्भावना कम हुन्छ । बिभिन्न किसिमका मानसिक समस्या हुने सम्भाना पनि कम हुन्छ ।

तपाईमा मोटोपानाको समस्या छ वा छैन भन्ने थाहपाउनका लागि र/वा व्यायाम आवस्यक छ कि छैन भनि सामान्यतया निम्न दुई नापबाट थाहापाउन सकिन्छ:

१.      कम्मर र नितम्ब (हिप)को अनुपात- नाभी हुदै कम्मरको नाप लिनुहोस् । नितम्बको बढि उठको भागबाट नितम्बको नाप लिनुहोस् । कम्मरको नापलाई नितम्बको नापले भाग गर्नुहोस्। यदि नतिजा पुरुषमा ०.९० र महिलामा ०.७  भएको राम्रो हुन्छ । बढि छ भने तपाईको तौल बडिरहेको छ वा बडेको छ भन्ने बुझिन्छ । तपाईले खानपिन ख्याल गर्नुपर्नेछ भने व्यायाम पनि गर्न सुरु गर्नु पर्नेछ ।

२.      शारिरिक भार/तौल सुचक- तपाईको तौल (के.जी.मा) लिनुहोस् । उचाइ (मिटर) को वर्गले भाग गर्नुस् । यो नतिजा १८.५ देखि २४ सम्म छ भने तपाईको अवस्था सन्तोषजनक छ । १८.५ भन्दा कम आएमा तपाईको तौल ज्यादै कम छ । र २४ भन्दा बढि आएमा मोटोपना मानिन्छ । तपाईमा माथि उल्लेखित रोग लाग्ने सम्भावना हुन्छ ।

हामी सबैमा राम्रो बानि बसाल्न केहि संघर्ष वा तपस्या गर्नुपर्छ । यसमा पनि अरु लाई दोष दिन मिल्ने हो भने हाम्रो दिनको अधिकांस समय अरुलाई गाली गरेर बित्थ्यो होला । जो व्यक्तिले राम्रो काम गर्छन् उनिहरुले राम्रो फल खान्छन् । यो प्रकृति कै नियम हो । अल्छिहरुलाई धेरै बहाना आउछन् । यथार्थमा बसेर व्यवहारिक निर्णय लिन समय लगाउनु हुदैन । तिनीहरु धन्य हुन् वा भनौ भाग्यशाली हुन् जसले समयमै (वा बच्चा अवस्था देखि नै) राम्रा बानि बसालेका छन् ।
व्यायाम राम्रो हो भन्ने थाहा भएका मध्ये केहिलाई भने केहि बहाना मिलिहाल्छ र व्यायाम गरिरहनु पर्दैन । लाग्छ यो उनीहरुले कसैकालागि गरिरहेका छन् । ‘समय छैन, राम्रो ठाउँ छैन, वातावरण छैन आदि’ जवाफ आउनु नौलो होइन । किनकि ‘मन छैन’ । जहाँ इच्छा त्यहाँ उपाय । नजिकैका सडक, चौर, घरको कोठा वा छत आदि प्रयोगमा ल्याउन सकिन्छ व्यायामका लागि । स्वच्छ सफा वातावरण भएमा झनै राम्रो ।

पहिले पहिले हात नधुनाले, नंग नकाट्नाले वा सरसफाईको कमिले मात्रै रोग लाग्छ भन्ने कुरा पहिला आउथ्यो । अब सामाजिक-आर्थिक परिवर्तन सगै व्यायामको कमिले भन्ने कुरा विकसित हुदै छ । (अल्प विकसित वस्तीहरुमा भने अझै यो समस्या यथावत छ । सफा खानेपानी र व्यवस्थित चर्पी को अभावका समस्या पनि छन्। उपयुक्त पोषणको अभाव जस्ता पनि समस्या सग्लै छन् । यी सबैको मूल कारण भनेको गरिबी हो । र उपयुक्त चेतना वा शिक्षाको कमि/अभाव हुनु पनि अर्को कारण हो । यी समस्या कसैलाई गाली गरेर मात्रै  हल हुने समस्या होइनन् । सबैमा उत्तरदायीत्वको भावना विकसित भएमामात्र यि कुराको हल निस्कन सक्छ ।)

व्यायाम जीवन को आवस्यकता हो । हाम्रा गाउ-घर-जंगलका ऋषिहरुले गर्ने योग र बुद्धले गर्ने ध्यानलाई अहिले धेरै ले गर्छन् । विशेषगरी पश्चिमाहरु । उनीहरुले यसलाई राम्रो उपयोग  गरेकाछन् । २०११ जुन २१ (वर्षको लामो दिन) मा न्युयोर्क म्यानहटनमा मा सयौ नरनारीहरुले उत्साहपूर्वक योग गरेर रमायका थिए। हितकारी कुरा जुनसुकै स्थानमा उत्पत्ति भएको भए पनि उपयोग गर्नु राम्रो खुबी हो । हामीहरु ति पुर्खाका सन्तति हौ जो सफा वातावरण मा बाच्दथ्ये अनि शारीरिक श्रम गर्दथ्ये । त्येसैलौ होला हाम्रो शरीर निस्क्रिय रुपले स्वास्थ्य रहन सक्दैन । तर यस शरिरलाई व्यायाम को नाम मा धेरै तनाब दिनु पनि आवस्यक छैन ।

पस्चिमी समाजमा खेललाई हाम्रोमा भन्दा धेरै प्राथमिकता दिन्छन् । हामीकहा अझै पनि चाहिने भन्दा बढि समय पढ्ने-लेख्ने गरेर वा गफ गरेर वा पैसाडुब्ने गरि तास खेलेर बितेको हुनसक्छ । हामिले चाहेमा त्यो समयलाई सृजनात्मक रुपले व्ययाम गर्नमा लगाउन सक्छौ । देशको अर्थतन्त्रमा स्वस्थ र सबल नागरिकले राम्रो योगदान दिन सक्छन्। तेसैले पनि होला विकसित देशमा सरकारी तवरलेनै व्ययामको प्रवर्धन भइरहेको पाइन्छ ।

डा. सुनिल चन्द्र झा (मुटुरोग विशेषज्ञ) ले ‘डाक्टर साहेव भन्नुहुन्छ’ भन्ने किताबको १९औ पाठमा ‘नियमित व्यायाम: स्वास्थताको बाटो’ (पेज ५५) शिर्षक दिई प्राचिन आयुर्वेदको एक प्रमुख ग्रन्थ चरक संहिताबाट व्यायामका फाइदा उल्लेख गर्दै भन्नु हुन्छ: – “व्यायाम तो क्रिया हो जस बाट शरिर बलियो हुन्छ । यसलाई ठिक्क मात्रामा गर्नाले शरीरमा स्फुर्ति पैदा हुन्छ, काम गर्ने शक्ति बढ्छ, कष्ट सहने शक्ति दिन्छ, कुतत्व कम गर्छ, खानाको रुचि र पाचन क्षमता बढ्छ”। उहाले ध्यान पुर्वक व्यायाम गर्नुपर्ने कुरा पनि बताउनु भएको छ । विशेषगरि रोगलागेको व्यक्तिले। उहाका अनुसार व्यायामका अनेकौ फाइदा छन् जस्ले विभिन्न रोग लाग्न बाट बचाउछन् । कतिपय अवस्थामा रोगबाट छुटकारा मिल्नका लागि पनि व्यायाम गर्नुपर्ने उहाको सल्लाह छ।

नियमित व्यायाम गर्नाले स्वस्प्रवास, रक्तसंचार, लसिका, मांशापेशी तथा अस्थीसन्धि प्रणालीमा राम्रो प्रभाव पर्दछ । व्यायाम गर्नाले हानिकारक हुनसक्ने पदार्थ को कमिहुदै जाने हुन्छ । जसको फलस्वरूप जटिल किसिमका रोग लाग्ने सम्भावना घट्छ ।
उचित समयमा उपयुक्त खानपिन र उपयुक्त व्यायाम अनि उपयुक्त आराम – यी कुरा को ठिक सन्तुलन नै सुखी, निरोगी र सुन्दर जीवन को सुत्र हो भन्दा अतिउक्ति नहोला। धेरै अनुसन्धानले पनि यी कुरा लाई समर्थन गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि शारीरिक रुपले सक्रिय नहुनुलाई मृत्यु को चौथो ठुलो कारण मानेको छ ।र उसले सबै ठाउका र सबै उमेर समूहका व्यक्तिले आफ्नो उपयुक्त किसिमको व्यायाम गर्नु वा शारीरिक रुपले सक्रिय हुनु पर्ने आवश्यकता मानेको छ ।

त्यसो हो भने अब  गर्नु परेन त व्ययाम ?

योग गरेर र ध्यानमा बसेर शरिर तथा मनलाई हलुको बनाउन सकिन्छ। विचारलाई ठोस मार्ग दिन सकिन्छ। तनाव हटाउन सकिन्छ । मनका मैला हटाउन सकिन्छ। तेसैले होला उद्दमी कर्ण शाक्यले सबैलाई यसबाट लाभ लिन सल्लाह दिएका छन् । डा. डि अर्निशले पनि स्वस्थ मुटुका लागि योग र ध्यान गर्नु पर्ने, नुन र चिल्लो पदार्थको सेवन कम गर्नु पर्ने बताएका छन् ।

टाइम पत्रिकाका अनुसार अमेरिकाका खेलाडी, कलाकार, उच्च ओहोदाका व्यक्तिमा योग प्रख्यात छ र जीवन शैली बनेको छ । हालै दक्षिण एसियामा पनि योगको पुनर्जागरण हुन गएको छ । खेलमा लागेका वा लाग्न चाहने युवा को धारणा  सकारात्मक खालको छ । यसले व्यायाम प्रतीको सचेतना बढेको अनुमान गर्न सकिन्छ ।

खेलकुदमा अनुशासन भनेझै योग मा ‘यम’ तथा ‘नियम’ भनिन्छ। व्ययाम गर्दा खान खाएर, टाइट कपडा लगायर, पातलो/ बाक्लो कपडा लगाएर गर्नु हुदैन । क्रमश: व्यायाम को मात्र विस्तारै बडाउदै लग्नु पर्छ । गुरु वा तालिम प्राप्त व्यक्ति संग सिकेर गर्नु राम्रो हुन्छ । केहि दिनमै शरीरमा चमत्कारी परिवर्तन ल्याउनका लागि व्यायाम गर्नाले लाभ को सट्टा हानी हुनसक्छ । व्ययाम लाई नियमित गर्नु राम्रो हुन्छ । जस्तै- दैनिक २० देखि ४० मिनेट वा १ घण्टा । अनि हप्तामा ३ देखि ५-६ दिन ।

आफु र अरु सबैको हित हुनेगरि कर्म गरेर खानको लागि सबैले नियमित व्यायाम गर्नु जरुरत छ । सौन्दर्य का लागि पनि व्यायाम आवस्यक छ । अनेकौ बहाना बाजी गर्ने तर्फ होइन आ-आफ्नो स्वास्थ्यलाई पनि माया गर्नका लागि पनि व्यायाम गर्नु जरुरि छ । स्वास्थ्य शरीर मा स्वास्थ्य र सुखी मन बस्न सक्छ । यो कुरा कुनै जति, धर्म वा समूह विशेषलाई मात्रै होइन सबैलाई आवस्यक छ । यस कुरामा मेरो पनि विस्वास छ । तपाईको नि?

(यो एउटा सानो जानकारि मात्र हो ।यो लेखको उदेश्य आधिकारिक चिकित्सकीय सरसल्लाह र सहयोगलाई प्रतिस्थापन गर्नु होइन ।

अनि ममा ह्रस्व -दिर्घ को ज्ञान र सिपको कमि छ है । )

शिवराम खतिवडा

Pin It

5 Comments

  1. चन्द्र कार्की | September 10, 2011 at 11:53 am

    खोजमुलक लेख । मलाई मन पर्यो ।
    मैले विहान विहान योग गर्ने गर्छु । गरेको दिनमा शरिर हल्का र चंगा हुन्छ । नगरेको दिन चाहि नमजाको हुन्छ । त्यसैले पनि म नियमीत गर्ने गर्छु ।

    Reply
  2. शिवराम खतिवडा | October 15, 2011 at 4:53 pm

    धन्यवाद चन्द्र जी ।

    खेल तथा सक्रियताले व्यक्तित्व निर्माण/विकास मा पनि सहयोग गर्छ । यो कुरा चै छुटेको रहेछ । व्यक्तित्व निर्माण/विकास सम्बन्धि लेख तथा पुस्तकहरुले त्यो कुरा पनि उल्लेख गरेका छन् ।

    Reply
  3. सचिन बस्नेत, (स्वास्थ्यकर्मी, काठमाडौँ ) | November 12, 2011 at 6:51 am

    यो कुरा पनि समय सापेक्षिक छ .
    उपयुक्त खान पिन गर्ने अनि कहिले कहिँ हास्खुस पनि गर्ने हो भने भने धेरै राम्रो हुने कुरा मैले पनि बुझ्ने प्रयत्न गरेको छु .
    यस्ता लेख रचना पढ्न पाउदा खुसि लागेको छ .

    Reply
    • शिवराम खतिवडा | November 12, 2011 at 1:57 pm

      उत्साह जनक सहभागिता र प्रेरणादायी प्रतिक्रियाका लागि सचिनजीलाई धन्यवाद !

      Reply
  4. surya upadhyaya | November 14, 2011 at 2:05 am

    ढिलै भए पनि पढे , राम्रो राम्रो लागो !
    व्यायाम : Start it early ! सबैले गर्ने पर्छ आफ्नो लागि, सबैको लागि ।

    Reply

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

नमस्ते!

Nepali Blogger Nirmal's Nepali Blogमेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।

नयाँ पोस्टहरु

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु
  • व्यायामको आवश्यकता र नगर्नेको बहाना
  • यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
  • के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
  • हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • कसरी फल्छ डलर? [साप्ताहिक]
  • मैले पनि शुरु गरें, नेपाली ब्लग !
  • सोसिअल नेटवर्क जागिरको भाड़ो
  • साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
  • फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
  • घरमै फल्छ डलर [साप्ताहिक]

मुख्य ब्लगका समूहहरु

  • Web Designing
  • Web Development
  • Web Programming
  • Web Marketing
  • .np domain registration
  • Search Engine Optimization
  • Information Technology News
  • Open Source CMS
  • Joomla CMS
  • WordPress CMS
  • Drupal CMS
  • Online Job

केहि महत्वपूर्ण पोस्टहरु

  • Top Most Popular and Useful Nepali Sites of 2011
  • Top 15 Free Open Source Content Management systems (CMS)
  • What is an Open Source Content Management System?
  • How to submit a site to the Open Directory?
  • How to write killer article titles
  • Top 10 Most Popular Sites of Nepal
  • What’s New in Drupal 7?
  • What is .np Domain?
  • Track your website traffic and statistics using Google Analytics
  • Nepal Government to monitor .NP domain registration

निर्मलका अन्य ब्लगहरु

  • Information Technology Blog
  • WordPress Blog
  • Drupal Blog
  • Nepali Blog
  • Travel Photo Blog
  • Modeling Portfolio

सामाजिक सञ्जालमा निर्मल

  • Facebook
  • Twitter
  • Google Plus
  • Stumbleupon
  • LinkedIn
  • Youtube
  • Xing

नयाँ कमेन्टहर

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
  • laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?

फेसबुकका चहलपहल

ब्लगका समुहहरु

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लग समूह

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लगक कमेन्टहरु

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

ब्लगका टुक्रा टाक्री

आइटी आउटसोर्सिंग काठमाडौँ काठमाण्डौ कुकुर गूगल गूगल एड्सेंस जागिर ट्विटर डलर धामी-झाक्री निर्मल नेपली भाषा नेपाल नेपाली ब्लग नेपाली ब्लगर पार्टी फेसबुक फ्रील्यान्सर फ्रील्यान्सिंग बिंग ब्लग ब्लगर ब्लगिंग याहु योग रोजगारी लिंक्ड इन लोडशेडिंग वेब वेब डिजाइन वेब डिजाइन इन्सटिट्युट वेब डिजाइनिंग वेब प्रोग्रामिंग वेब फ्रील्यान्सिंग व्यायाम संबिधान सर्च इन्जिन सर्च इन्जिन अप्टिमाइजेसन साइबर संचार साप्ताहिक सामाजिक संजाल सुचना प्रविधि सूचना प्रविधि स्वास्थ्य

भर्खरैका पोस्ट

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु

© Copyright 2011 Nirmal Gyanwali, All Rights Reserved.