हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
काठमाडौँमा एकजना बिदेशी पर्यटकलाई मैले अनायास सोधिदिएं “तिमीलाई नेपालीहरु कस्तो लाग्यो?” ऊसले कत्ति पनि नहिच्किचाई भनिदिई ‘आत्मअनुसाशनहीन ।” उसले ‘ without self discipline ‘ भनेकी थिई।
सधैभरि बिदेशीको मुखबाट नेपालीहरु राम्रो मनका,सोझा र फरासिला भन्ने सुन्दै आएका मेरा कानहरु तातेर आएजस्तो लग्यो सोधें,” कसरी?” ‘look there ” आफ्नो देब्रे तिर देखाउदै अगाडी बढी र एउटा माइक्रो बसमा फुत्त चढी।
मैले उसले देखाए पट्टि हेरें, एउटा गाडी “नो पार्किंग” को सिग्नलमा रोकिराखेको थियो। (हेर्नुहोस तस्विर)। मैले मेरो क्यमेरा निकालेर त्यो गाडीको फोटो खिच्ने थालें ।
एकजना भलाद्मी जस्ती देखिने महिला मैले ३/४ वटा फोटो खिच्ने बित्तिकै गाडीको नजिकै देखा परिन”। मेरो गाडी को फोटो किन खिच्नु भएको भाई?” उनी गाडी छेवैबाट चिच्याइन।
“मैले तपाइको गाडीको फोटो खिचेको होइन, त्यो छेवैको ट्राफिक चिन्हको मात्रै फोटो खिचेको”। ऊनले “नो पार्किंग” को चिन्हलाई हेरिन । “यो यहाँ कसले राखिदियो? कस्ता-कस्ता मान्छे हुन्छन, अर्काले गाडी रोकेको ठाउंमा ल्याएर यो चिन्ह राखिदिने? त्यै पुलिसको काम त होला नि” । उनी गाडीभित्र छिरिन र गाडी निकालेर बाटोमा लागिन । अनि गाडीको जाममा लाइन लागिन ।
हामीहरुको एउटा विचित्रको स्वभाव छ । हामी सधैं अरुको गल्ती वा कमजोरीलाई निकै ठूलो स्वरूपमा देख्दछौँ । त्यसलाई निकै बोल्ड गरी हाईलाइट गरिहेर्छौं तर आफ्नो कमजोरी चाहिं कहिल्यै स्वीकार गर्दैनौ ।बरु त्यसको कारण पनि अरुकै टाउकोमा लगेर थुपारीदिने गर्छौं ।
ती विदेशी पर्यटकले “look there ” भनेको आवाज मेरो कानमा गुन्जीरहेको थियो । त्यस दिनदेखि जब त्यस्ता दृश्य वा घटना म देख्छु, म भित्र “look there ” भन्ने आवाज गुन्जन थाल्छ।
हामी किन सधैभरि हाम्रा नेताहरुलाई मात्र देशको दुर्गतिको दोष लगाई राख्छौं ? हामीले पनि त हाम्रो ठाउंबाट गर्नसक्ने र गर्नुपर्ने कामहरु थुप्रै छन् नि जसले गर्दा हाम्रो राम्रो पहिचान स्थापना हुन सक्छ । आफ्नो घरको ढल र मल लगेर सार्वजनिक ठाउंमा खसाली दिन्छौं, आफुले निकालेको फोहर अर्काको घर बाहिर लगेर फालिदिन्छौं, आफ्नो बारीमा लगाएको काँक्रोको लहरो अर्काको compound भित्र गए पनि त्यहाँ काक्रो फले त्यो काँक्रो आफ्नो हुने । तर आँफूले दूध खाएर फालेको प्लास्टिक अरुको गेट बाहिर फालेपछि त्यो चाहिं अरुको हुने, यो कस्तो चलन हो?
देशकोलागि केही गर्न नेतै हुनु पर्दैन, मन्त्रि नै हुनु पर्दैन मात्र सकारात्मक सोच र व्यबहार भए पुग्छ। आफ्नो बाथरुमको धाराको टुटी राम्रोसंग बन्द गरिदिनेहो भने मात्र पनि अर्काको बाथरुममा पानी उपलव्ध हुनसक्छ भन्ने सोचिदिए पुग्छ।
यो तस्विर हेर्नुहोस, ती दुई घरमा दिउँसै वत्ति बलिराखेका छन्। हामी विधुत प्राधिकरणलाई त दिनहुँ सराप छौँ । यो लापरवाहिलाई के भन्ने नि? के तारमा हुक लगाएर विजुली जडान गर्नु मात्र बिजुली चुहावट हो? यो चाहिं चुहावट होइन? भन्न त भन्लान ,यसको त हामी शुल्क तिर्छौं । तर आवश्यक परेको बेलामा वत्ति बालेर पैसा तिर्न पो सार्थक हुन्छ त। यिनले पैसै तिरेर भए पनि दिउँसै बत्ति बलिदिनाले अर्कोले पैसै तिरेर पनि साँझमा वत्ति बल्न पाउन्न। यस्ता सानातिना कुराहरुलाई हामीले आफ्नो स्तरबाट सुधार्न पट्टि लाग्ने हो भने हाम्रो देश को मुहार नै अर्कै भइसक्थ्यो । के गर्ने, हामी ठूला-ठूला गफ गर्छौँ ,राष्ट्र र राष्ट्रियताको बारेमा गम्भीर छलफल गरिटोपलछौँ ।तर समस्याको समाधान गर्न पट्टि कहिल्यै अघि बढदैनौं।
एकजना भारतीयले अनौपचारिक भेटघाटमा भनेका थिए, नेपालीलाई तारीफ मनपर्छ। नेपाली वीर छन् र नेपाल राम्रो छ भनिदिए पुग्छ ।उनीहरुलाई आफ्नो वशमा पार्नु छ भने तारीफ गरेर सुम्सुम्याइदिए पुग्छ ।जसरी एउटा ब्वाँसोले भैंसीको मलद्वारमा सुम्सुम्याइदिएर उसको आन्द्रा-भुँडी नै निकाली छोड्छ। हुन पनि हो, हाम्रा उपराष्ट्रपति र मन्त्रीले हिन्दी भाषामा सपथ लिएको संकेत हामी बुझ्दैनौं तर प्रशान्त तामाङ्गले ढाका टोपी लगाइदिए पुग्छ ।भारतले सिमाना मिचेर काठमाडौँ आउनै लागिसक्यो तर हामीलाई हिन्दी सिनेमामा गौतम बुद्ध नेपालमै जन्मेका हुन् भनिदिए पुग्छ। हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

So true, so much to learn for Nepalese. Liked this article very much.
damn true…! don b proud to b nepali…! yep b proud to say we are nepali…! try to change de attitude…! nt only altitude..!
There are two very famous saying in Nepali ” nasodhou Deshle hamilai k diyo, sochou desh lai hamile k diyou” and ” thopa thopa milera samundra bancha”.This article is trying to convey us the same two thing. A minor effort started from a home can contribute to a great change in society.This article is simple, true and very sinccere.
अचेल आफै दिलले खोजेको जस्तो कुरा पढ्न पाहिन्छ, स्वभिलाम्भी र कर्मठको कुरै बेग्लै
this is no new things ….. every day i walk from to office to home or other places .. i see 100s of these kind of things which makes us ‘आत्मअनुसाशनहीन” … and everytime i walk with friends or alone i tend to walk faster because i want to go home quick so that i can skip these visuals … !!! tessaile ta afule afulai nepali bhannu ni laaz lagcha …
A Vai! K chala ho ? Nikai raamro article lekhna thaalechau ta…. I liked it yaar…. U’ re doing good keep it up….
नवराज दाईले पहिलेदेखि नै राम्रो लेख्नु हुन्थ्यो नि, होइन र?
यो लेख पनि एकदमै राम्रो छ !
Very good