निर्मलको नेपाली ब्लग - Nirmal's Information Technology Blog
  • सूचना प्रविधि
  • सामाजिक संजाल
  • विचार
  • मिडिया
  • वेब
  • कथा
  • सम्पर्क
Home » विचार » काठमाण्डौँका गल्लीहरु
Sep07 1

काठमाण्डौँका गल्लीहरु

Posted by निर्मल in विचार

Pin It

Kathmandu Basanatapur, Bike Ridingकेहि दिन अघिको कुरा हो बसन्तपुरको गल्ली हुदै आउदै थिए, अगाडी गल्लीमा एउटा बोर्ड राखिएको रहेछ, जसमा लेखिएको थियो “सडक निर्माण कार्य भैरहेको छ ! बाटो बन्द छ !” यस्तो देखिसकेपछि बाइक फर्काउनु बाहेक अरु बिकल्प छ जस्तो मलाई लागेन ? के गर्नु फर्काउने पर्ने भएपछि घुसाएँ अर्को गल्लीबाट, खोइ के नाम थियो त्यो गल्लीको? मलाई काठमाण्डौका गल्लीका नामहरु खासै याद हुदैन, सायद धेरै नामहरु नेवारीमा न्वारन गरिएको भएर पनि होला । केहि अगाडि पुग्न नपाउदै देखे त्यो बाटोमा त लामो जाम परिसकेको रहेछ । एउटा ठूलो गाडी बिचमा अड्केर बसेको थियो । जंगली भैसीलाई ब्वासोको झुण्डले घेरे जस्तो वरिपरी बाइकहरु अड्किएका देखे, फेरि फर्के त्यहाबाट पनि अनि लागे बिशाल बजारको मूलसडक तिर । अजीबका छन् काठमाण्डौका गल्लीहरु ! अझ कहिलेकाही अफिस समयको बेलामा झुक्किएर कुनै गल्ली छिरियो भने त घरको न घाटको नै भइन्छ । न फर्कन सकिन्छ, न अगाडि जान सकिन्छ । त्यसैले पनि होला मलाई यी गल्लीहरु त्यति मन पर्दैन । अझ त्यो असनका गल्लीहरुको त कुरै नगरौ । त्यहाँबाट गाडी चलाउनु र आकाशे पुल मुनिबाट बाटो काट्नु उत्तिकै अपराध हो जस्तो लाग्छ मलाई । मान्छे पनि राम्रो सँग हिड्न नसकेको ठाउमा हर्न लगाउदै बाइक घुसाउनुलाई कसरी मानवता भन्न सकिन्छ र? के गर्नु मान्छेहरुलाई त्यहिँ गर्नु नै मन पर्दो रैछ । अझ त्यो आकाशे पुल छदाछदै मुनि बाट हातको इशारा दिदै हतारमा बाटो काट्नेलाई त हत्यारा नै भन्दा पनि अन्याय नहोला । कुरा आफ्नो ज्यानको मात्र होइन, अरुले पनि त बाच्न पाउनु पर्यो नि? दुइ मिनेट पनि नलाग्ने पुल चडन अफ्ठ्यारो मानेर सयौको ज्यान जोखिममा पार्नेहरुलाई के भन्ने?

मलाई खुल्ला बाटोमा शान्त मनले सरर हिड्नु मन पर्छ, जहाँ कसैको रोकतोक नहोस, हर्न र ब्रेकको पनि प्रयोग गर्न नपरोस् । त्यस्तो बाटो कँहा पाउनु काठमाण्डौमा? तर पनि काठमाण्डौमा केहि बाटाहरु छन् जस्ले मलाई केहि हद सम्म शान्तिपूर्ण यात्रा गर्न सहयोग गर्छन् । टंकेश्वर पुलबाट बिष्णुमतीको तिर हुदै सोह्रखुट्टे सम्म आउने सडक छ, त्यो मलाई काठमाण्डौमा सबै भन्दा मन पर्ने सडक हो । बसन्तपुर क्षेत्रभित्र गाडीहरु प्रवेश गर्न बन्द गरेपछि म यो बाटो धेरै नै हिड्ने गरेको छु ।  तर त्यहिँ बाटो नै सबैका लागि र सबै ठाउमा जान मिल्ने बाटो भने होइन । धेरै जसो मेरो अफिस जान आउनका लागि त्यही बाटो प्रयोग हुने गर्छ र अरुबेलामा पनि  धेरै जसो म त्यहिँ बाटो हिड्ने गर्छु । म सके सम्म ब्रेक र हर्नको प्रयोग गर्न नपरोस भन्ने चाहन्छु । तर कोहि कोहि अराजक व्यक्तिहरु खुल्ला र फराकिलो सडक देख्यो भन्दैमा हर्न बजाउदै हुरी बतास जस्तै हुइकीरहेका देखिन्छन्, मान्छेलाई जती भए पनि नपुग्ने । तिनीहरुलाई  कँहा जान त्यस्तो हतार हुन्छ मलाई थाहा छैन र म त्यो पनि अनुमान गर्न सक्दिन । म मात्र साइड लागेर तिनीहरुलाई बाटो छोड्न सक्छु, तिनीहरुको माया लागेर होइन, आफ्नो ज्यान प्यारो लागेर ।

केहि दिन अघि फेरि त्यहिँ बसन्तपुरको गल्ली हुदै आउदै थिए, सोचे अस्ति त निर्माण हुदै थियो पक्कै पनि अहिले त राम्रो बनाए होलान । तर अचम्म ! के राम्रो बनाउथे, अली-अली भाको बाटो पनि खनेर भताभुंग पारेका रैछन । खोइ के बनाको हो? कुन चाहिँ घरको ढलको पाइप खन्नु थियो होला अनि त्यो कँहा फालिराखेको सडक बिभागको बोर्ड ठडाईदिएको  होला “बाटो बन्द छ, सडक निर्माण कार्य भैरहेको छ।” मूल बाटाहरुनै लथालिंग भाको बेलामा कसले मर्मत गर्थ्यो होला र साना गल्लीहरु?

अस्ति एक दिन सोह्रखुट्टे तिरको बाटो हुदै अफिस जादै थिए, अगाडि लामो जाम रैछ ! के भएछ भनेर यसो टाउको तानेर हेरेको, साइरन बजाउदै पुलिसका गाडी आउदै रैछन, र त्यसैको बिचमा कागका बिचमा बक्कुला जस्तो देखिने गाडीमा आउदै रैछन हाम्रा प्रधानमंत्री, बाबुराम भट्टराई, गाडी रैछ मुस्तांग ! उफार्दै, थेचार्दै हाम्रा प्रधान मंत्रीलाई लगेको देख्दा एकै छिन त जोडले हासो नै छुट्यो नि, कैदीलाई जेल सारेको जस्तो । मलाई साथ दिदै छेउका मान्छे पनि जोड जोडले हासे । बिचरा एक्लै गाडीको पछाडी बसेका बाबुरामको हालत देख्दा दया नै लागेर आयो ।  पहिले पहिलेका काला प्रधानमन्त्री त आफु भन्दा पनि कालो शिशा भित्र लुकेर जान्थे, यिनी त कसेकम गाडी मै भए पनि पारदर्शी त देखिए । त्यसको एक दुइ दिन पछि फेरि त्यहिँ बाटो जादै थिएँ, बाटोको त मुहारनै परिबर्तन हुन लागेको रैछ । हुन त भर्खर तोड फोड र मर्मतको काम शुरु भएको थियो , जे होस् केहि शुरु त भएको थियो  । उनी आए पछि सडक बिभागले स्वांग पारेको हो की के हो? बाटो हिडदा मैले केहि परिबर्तनको गन्ध महशुस् गरेको छु । टुटे-फुटेको कालो सडकमा सेता धर्का देख्न नपाएको त बर्षौ भइसकेको थियो, अहले कहिँकहिँ फाट्ट-फुट्ट भए पनि धर्का कोरिन थालेको छ, न्यु रोडका अनाबश्यक बारहरु हटाउन थालिएको छ । देशमा केहि हुदै छ जस्तो छ लाग्यो, जनताको आशले केहि मात्रामा भए पनि स्वास फेर्न पाउलान् जस्तो छ । राम्रा कामका लागि हुने सबै परिवर्तनहरु स्वीकार्य छन् ।

Pin It

One Comment

  1. शिवराम खतिवडा | September 9, 2011 at 10:38 pm

    सडक खराब, सवारी प्रणाली झनै खराब । सद्दे मान्छे सार्वजानीक यातायात चड्यो भने विरामी हुन्छ । भेडाबाख्रालाई पनी मान्छले त्यती दु:ख दिदैनन् । ट्रफिकलाई पैसा पाए भो । पैसा तिरे अनुसार गुणस्तरीय सेवा पाउने अधिकार जनतामा छैन । महिला, बालबालिका, वृद्द, असक्त आदिलाई पनि राम्रो बोलीले व्यवहार गर्दैनन् किलिन्डर/खलासिले ।
    एकातिर योजना विहिनता छदैछ, ठेकदारले पनि सधै काम पाइयोस् भनेर पनि होला ६ महिना भित्र बिग्रने गरि बाटो बनाउछ ।
    बिग्रेको देशमा जे मा पनि प्वाल । प्वाल टा्लने १ जना डाक्टर, डाक्टरका सहयोगी बन्न आइपुगेका कतिपय चै एन्टिबायोटिकले पनि नछुने ब्याक्टेरिया ।

    Reply

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

नमस्ते!

Nepali Blogger Nirmal's Nepali Blogमेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।

नयाँ पोस्टहरु

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु
  • व्यायामको आवश्यकता र नगर्नेको बहाना
  • यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
  • के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
  • हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • कसरी फल्छ डलर? [साप्ताहिक]
  • मैले पनि शुरु गरें, नेपाली ब्लग !
  • सोसिअल नेटवर्क जागिरको भाड़ो
  • साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
  • फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
  • घरमै फल्छ डलर [साप्ताहिक]

मुख्य ब्लगका समूहहरु

  • Web Designing
  • Web Development
  • Web Programming
  • Web Marketing
  • .np domain registration
  • Search Engine Optimization
  • Information Technology News
  • Open Source CMS
  • Joomla CMS
  • WordPress CMS
  • Drupal CMS
  • Online Job

केहि महत्वपूर्ण पोस्टहरु

  • Top Most Popular and Useful Nepali Sites of 2011
  • Top 15 Free Open Source Content Management systems (CMS)
  • What is an Open Source Content Management System?
  • How to submit a site to the Open Directory?
  • How to write killer article titles
  • Top 10 Most Popular Sites of Nepal
  • What’s New in Drupal 7?
  • What is .np Domain?
  • Track your website traffic and statistics using Google Analytics
  • Nepal Government to monitor .NP domain registration

निर्मलका अन्य ब्लगहरु

  • Information Technology Blog
  • WordPress Blog
  • Drupal Blog
  • Nepali Blog
  • Travel Photo Blog
  • Modeling Portfolio

सामाजिक सञ्जालमा निर्मल

  • Facebook
  • Twitter
  • Google Plus
  • Stumbleupon
  • LinkedIn
  • Youtube
  • Xing

नयाँ कमेन्टहर

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
  • laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?

फेसबुकका चहलपहल

ब्लगका समुहहरु

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लग समूह

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लगक कमेन्टहरु

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

ब्लगका टुक्रा टाक्री

आइटी आउटसोर्सिंग काठमाडौँ काठमाण्डौ कुकुर गूगल गूगल एड्सेंस जागिर ट्विटर डलर धामी-झाक्री निर्मल नेपली भाषा नेपाल नेपाली ब्लग नेपाली ब्लगर पार्टी फेसबुक फ्रील्यान्सर फ्रील्यान्सिंग बिंग ब्लग ब्लगर ब्लगिंग याहु योग रोजगारी लिंक्ड इन लोडशेडिंग वेब वेब डिजाइन वेब डिजाइन इन्सटिट्युट वेब डिजाइनिंग वेब प्रोग्रामिंग वेब फ्रील्यान्सिंग व्यायाम संबिधान सर्च इन्जिन सर्च इन्जिन अप्टिमाइजेसन साइबर संचार साप्ताहिक सामाजिक संजाल सुचना प्रविधि सूचना प्रविधि स्वास्थ्य

भर्खरैका पोस्ट

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु

© Copyright 2011 Nirmal Gyanwali, All Rights Reserved.