कसरी सिक्ने वेब डिजाइनिंग?
तपाइँ इन्जिनीयर, डाक्टर हुनुहुन्छ या कलाकार, संगीतकार या एउटा साधारण मान्छे, हरेकमा केहि न केहि प्रतिभा अवश्य हुन्छ र हरेक मान्छेले त्यसलाई कुनै न कुनै रुपमा बाहिर ल्याउन चाहन्छ । तपाइँले देखि रहनु भएका र दिनहु चलाउने राम्रा राम्रा वेबसाइटहरु मात्र एक कम्प्युटर इन्जिनीयरका उत्पादन पक्कै होइनन, ति त फरक फरक विधाका श्रीजनात्मक व्यक्तिहरुका सोचका प्रतिफल हुन् ।
श्रीजनातामक व्यक्तिहरुको सोच पोख्ने प्रमुख थलो र आकाशिदै गरेको इन्टरनेटको प्रयोगले गर्दा आजकल वेबसाइट बनाउन चाहानेहरुको जमात बढ्न थालेको छ । र त्यसमा पनि कति जनाको लागि वेबसाईट आमदानीको श्रोत, कतिको रहर र कति व्यक्तिहरूको व्यावसायिक रुपमा नै वेबसाईट बनाउने सोचले गर्दा आजकाल वेब डिजाइन सिक्न चाहानेहरु पनि उत्तिकै छन् । आज त्यहि वेबसाइट बनाउन कसरि सिक्ने भन्ने बारेमा चर्चा गर्दै छु ।
के गर्ने सोचले मात्र एउटा साईट बनाउन सकिदैन त्यसको लागि सिपको आवश्यक हुन्छ । यदि तपाई व्यक्तिगत प्रयोगको लागि वा इन्टरनेट डायरी मात्र लेख्ने सोच बनाउनु भएको छ भने त इन्टरनेटको बाजारमा उपलब्ध नि:शुल्क ब्लग साईटहरु मार्फ़त बनाउन पनि सक्नु हुन्छ, तर तपाईको सोच व्यावसायिक रुपमा नै निर्माण गर्ने हो भने तपाईले धेरै कुराहरु सिक्नु पर्ने हुन्छ ।
अब धेरै प्रश्नहरु आउन सक्न्छ्न, सिक्न त सिक्ने, तर कहाँ गएर सिक्ने? कसरी सिक्ने? कति समय लाग्छ? कति पैसा खर्चिनु पर्छ ? यस्तै यस्तै अनेकौ प्रश्नहरु मैले फ़ोन र ईमेल मार्फ़त दिनहु प्राप्त गर्ने गरेको छु । धेरैको जिज्ञासा हुने गर्छ कि मलाई तपाइले जत्तिकै साइट बनाउन सिक्न कति समय लाग्छ? त्यो एउटा सिक्ने व्यक्तिमा भर पर्ने कुरा हो । सिक्न चाहाने व्यक्तिको चहाना र त्यस प्रतिको उसको लगाबले नै यसको निर्धारण गर्छ । तपाइँहरुलाई थाहा छ सिक्नका लागि संसारमा यति धेरै कुराहरु छन् कि हाम्रो एउटा जिन्दगि काफी कहिले हुनै सक्दैन, कुरा हाम्रो आवश्यकता र चाहाना को हो । सबैको गन्तब्य एउटा हुन सक्दैन, आफुलाई कहाँ पुग्नु छ त्यहि अनुसार तपाइले लगानी गर्नु पर्ने हुन्छ । यहाँ लगानी भन्नाले पैसाको मात्र कुरा गर्न खोजिएको होइन, त्यो तपाइँको समयको लगानी हुन सक्छ, दिमागको लगानी हुन सक्छ । कुनै पनि कुरा सिक्नका लागि धेरै कुराको त्याग गर्नु पर्ने हुन्छ र यदि सिक्नु नै छ भने त्यसको लागि तयार पनि हुन सक्नु पर्छ ।
अब कसरि सिक्ने भन्ने कुरा गरौ, पहिलो कुरा त तपाइँ के को लागि सिक्दै छु भन्ने कुरामा स्पस्ट हुनु आवश्यक छ । यदि तपाइँको सोच वेब साइट बनाउन सिकेर आफ्नो व्यक्तिगत साइट मात्र बनाउनु हो भने धेरै परिश्रम गर्नु नपर्ला तर तपाइँको सोच पेशागत रुपमा नै अरुको लागि साइट निर्माण गर्ने हो भने तपाइको सिकाइ जिन्दगि भर नै चली रहन पनि सक्छ । त्यसको लागि तपाइले मात्र शुरु गर्नु पर्दछ, बाकीं सिक्ने काम समय र परिस्थितिले सिकाउदै लैजान्छ ।
साधारण तया व्यवसायिक रुपमा काम गर्नेहरुको पनि दुइ वटा बाटाहरु हुने गर्छन, कुनै आइटी कम्पनिमा जागिर खाने वा स्वतन्त्र रुपमा घरमै बसेर फ्रील्यान्सिंग गर्ने । तपाइँलाइ लाग्न सक्छ कुरा एउटै-एउटै त हो नि, देख्दा एउटै जस्तो देखिए पनि कुरा फरक छ । तपाइँ कुनै आइटी कम्पनिमा काम गर्दै हुनुहुन्छ भने तपाइँले कुनै एक बिषयमा प्राबिधिक ज्ञान हासिल गरे मात्र पनि पुग्न सक्छ तर फ्रील्यान्सिंग गर्ने सोच बनाउनु भएको छ भने तपाइँले आफ्नो सेवाको मार्केटिंग, सोसिअल मीडिया प्रोमोसन, सर्च इन्जिन अप्टिमाइजेसन गर्ने लगायत धेरै कुराहरुको बारेमा पनि जानकारी राख्नु पर्ने हुन्छ । त्यसको लागि मेरो पहिलेका पोस्टहरु पनि हेर्न सक्नुहुन्छ, के हो वेब फ्रील्यान्सिंग? , कसरी फल्छ डलर?, के हो सर्च इन्जिन अप्टिमाइजेसन?, सोसिअल नेटवर्क जागिरको भाड़ो, घरमै फल्छ डलर।
अब कुरा गरौ साधारण वेब डीजाइनिंग कसरि सिक्ने ? यसलाई सजिलो गरि भन्नु पर्दा तिन वटा बाटाहरु छन्, इन्सटिट्युट, किताव र इन्टरनेट । कुन माध्यम सजिलो लाग्छ त्यो तपाइँको व्यक्तिगत कुरा हो, यदि तपाइँ छिट्टै नै सिक्ने सोच बनाउनु भएको छ भने तिन वटै माध्यम एकै पटक पनि प्रयोग गर्न सक्नु हुन्छ । हाम्रो नेपालको परिवेशलाइ हेर्दा धेरैलाइ सजिलो लाग्ने र छिट्टो प्रभावकारी भैरहेको माध्यम इन्सटिट्युटमा गएर सिक्ने नै हो । यदि तपाइँ मुख्य शहर नजिक नै हुनुहुन्छ भने त समस्या नहोला तर यदि तपाइँ अलि दुर्गम ठाउमा हुनुहुन्छ भने यो बाटो पनि त्यति सजिलो भने छैन । जे होस् आफु नजिकै कुनै वेब तालिम केन्द्र छ र तपाइँले राम्रो गुरु पनि फेला पर्न सक्नु भयो भने अवश्य पनि ३ देखि ६ महिनाको अवधिमा साधारण वेब साइट निर्माण गर्न सफल हुनुहुने छ । र यसको साथ् साथै तपाइँ संग इन्टरनेटको सुबिधा छ, केहि यस सम्बन्धि कितावहरु पनि छन् र तिनीहरुको सहि पनि सदुपयोग गर्न सक्नु भयो भने त पक्कै राम्रो गर्नु हुने छ । मलाइ धेरै जनाले फोनमा प्रश्न सोध्ने गर्नुहुन्छ कि काठमाण्डौमा कुन इन्सटिट्युट सबै भन्दा राम्रो छ? मैले सबै इन्सटिट्युटमा गएर कस्तो क्लास हुन्छ हेरेको त छैन तर पनि मैले सुनेको आधारमा २/४ वटा इन्सटिट्युटहरुको नाम म अवश्य दिन सक्छु:
- IT Training Nepal
- College of Software Engineering
- Aptech Computer Education
- Arena Multimedia
- National Web College
- Broad Way Infosys
- National College of Computer Studies
- Super Brain Web Technology
यी बाहेक अन्य धेरै राम्रा इन्सटिट्युटहरु पनि छन् । यदि तपाइँलाइ कुनै अन्य इन्सटिट्युटहरुको नाम थाहा छ भने कृपया कमेन्ट बक्समा लेखिदिनुहोला म थप्दै जाने छु ।
अब तपाइँलाइ लागि रहेको पनि होला यी इन्सटिट्युटहरु हरुले के सिकाउछन त? साधारणतया यी इन्सटिट्युटहरु हरुमा तपाइँलाइ HTML/XHTML, CSS, Photoshop, Dreamweaver, Flash, PHP, MySQL, Javascript जस्ता कुराहरु सिकाउछन । र पैसाको कुरा गर्दा तपाइँको चिनजानको आधारमा वा कुनै विशेष अफर राखेको मौका छोप्न सक्नु भयो भने बिशेष सहुलियत पनि प्राप्त गर्न सक्नुहुन्छ । मलाई थाहा भए सम्म ट्रेनिंगको समय अनुसार कम्तिमा ५०००/- देखि शुरु हुन्छ र अरु थप तपाइँले छान्नु भएको कोर्सको आधारमा लिने गर्छन ।
अब कुरा आउछ यदि इन्टरनेट मै पढ्ने हो भने सबै भन्दा राम्रा साइटहरु कुन-कुन छन्? यसका लागि तपाइले मलाइ भन्दा पनि गूगल, बिंग, याहूलाइ सोध्न सक्नुहुन्छ । तर पनि मैले पहिले देखि सुन्दै आएका र बेला बेलामा हेर्ने गरेका केहि साइटका नामहरु म यहाँ राख्दै छु । र यदि तपाइँलाइ कम्प्युटरमा बसेर पढ्न गाह्रो लाग्दैन भने तपाइँले अनलाइनमा धेरै इ-बुकहरु पनि पाउन सक्नुहुन्छ । तपाइँले गूगलमा गएर खोज्नु भयो भने धेरै जस्तो वेबसाइटहरुले ट्रेनिंग र ई-बुक को पैसा माग्ने गर्छन । त्यसैले यहाँ केहि नि:शुल्क सेवा दिने साइटहरुको नाम उल्लेख गर्ने प्रयास गरेको छु, यी बाहेक यदि तपाइँलाइ राम्रो लागेको कुनै साइट, ब्लग छ भने कृपया कमेन्ट बक्समा उल्लेख गर्नुहोला ।
- W3 Schools
- Smashing Magazine
- Lynda: Online Courses
- Web Designer Wall
- About.com: Web Design
- Six Revisions
- Web Designer Depot
- Web Design Schools
- Make Use Of
कति व्यक्तिलाइ त कम्प्युटरमा बसेर पढ्नु त्यति उचित नलाग्न पनि सक्छ, स्पष्ट भन्नु पर्दा गाह्रो लाग्न पनि सक्छ । यदि तपाइँलाइ पनि त्यस्तो लाग्छ भने त्यस्को सजिलो समाधान भनेको बजारमा उपलब्ध वेब डिजाइन सम्बन्धि कितावहरु हुन सक्छ । २००३/४ तिरको कुरा होला जति बेला मैले वेब डिजाइन सिक्दै थिए, त्यति बेला मैले अमेरिकन र ब्रिटिश लाइब्रेरीको सदस्यता लिएको थिए र त्यहा उपलब्ध हुने किताबहरु पालै पालो ल्याएर पढ्ने गर्थे । त्यति बेला त्यहाँ धेरै उपयोगी पुस्तकहरु थिए, अहिलेको परिस्थिति बारे मलाइ त्यति जानकारी छैन । एक पटक तपाइँ आफै गएर पनि चेक गर्न सक्नुहुन्छ । कति राम्रा पुस्तकहरु लाइब्रेरीमा उपलब्ध नहुन पनि सक्छ, त्यस्तो परिस्थितिमा तपाइँले नजिकै उपलब्ध पुस्तक पसलहरुमा पनि खोज्न सक्नुहुन्छा । मैले सुनेका केहि किताबहरुको लिस्ट म यहाँ राख्दै छु, हुन सक्छ कति किताबहरु तपाइको नजिकको स्टोरमा उपलब्ध नहुन पनि सक्छ र कति प्रकाशन नै बन्द भैसकेको पनि हुन सक्छ । तर पनि तपाइँले नजिकैको स्टोरमा गएर एक पटक चेक गर्न सक्नुहुन्छ । नेपाली इन्सटिट्युटहरले पनि आफ्नै लेखकका बुक वा फोटोकपी उपलब्ध गराउने गर्छन यदि तपाइँलाई हाम्रै कुनै नेपाली लेखकको किताब मन परेको छ भने कृपया अरुको लागि पनि यँहा सेयर गर्नु होला ।
- Learning Web Design: A Beginner’s Guide to (X)HTML, StyleSheets, and Web Graphics by Jennifer Niederst Robbins
- Web Design: Navigation – Julius Wiedemann
- Save the pixel: The art of simple web design by Ben Hunt
- Web Development and Design Foundations with XHTML by Terry Feller-Morris
- Sexy Web Design: Creating Interfaces that Work – Elliot Jay Stocks
- About Face 3: The Essentials of Interaction Design by Alari Cooper
- Build Your Own Web Site The Right Way Using HTML & CSS, 2nd Edition by Sitepoint
- Information Architecture for the World Wide Web: Designing Large-Scale Web Sites
- Homepage Usability: 50 Websites Deconstructed
- Professional Web Widgets with CSS, DOM, JSON and Ajax – Rajesh Lal and Lakshmi Chava
- Designing Web Usability by Jakob Nielsen
- Don’t Make Me Think: A Common Sense Approach to Web Usability by Steve Krug
- Web Anatomy: Interaction Design Frameworks that Work – Robert Hoekman and Jared Spool
- Freelance Design in Practice – Cathy Fisel
आशा छ यस लेख बाट तपाईले वेब डिजाइन सम्बन्धी कही जानकारी पाउनु भयो होला । वेब सम्बन्धि अन्य थप जानकारीको लागि तपाइँले मेरो मुख्य ब्लग पनि हेर्न सक्नुहुन्छ । अझै पनि तपाइँका केहि जिज्ञासाहरु बाकि छन् वा यस वेब डिजाइन सम्बन्धि अरु थप जान्न चाहानु भएको छ भने तपाइँका प्रश्न, सुझाब, सल्लाहका लागि कमेन्ट बक्स खुल्ला छ ।
33 Comments
Trackbacks/Pingbacks
- How to create personal website, पर्सनल साइट कसरी बनाउने? - [...] अघिको मेरो “कसरि सिक्ने वेब डिजाइनिंग?” नामको लेख प्रकाशित भएपछि मैले केहि [...]
- पर्सनल साइट कसरी बनाउने ? « Design yourself - [...] अघिको मेरो “कसरि सिक्ने वेब डिजाइनिंग?” नामको लेख प्रकाशित भएपछि मैले केहि [...]

“”तपाइँहरुलाई थाहा छ सिक्नका लागि संसारमा यति धेरै कुराहरु छन् कि हाम्रो एउटा जिन्दगि काफी कहिले हुनै सक्दैन”—This is perfectly true .
I came to learn a lot of things from this post of yours Nirmal Jee! I hope to learn a lot from you on coming days. Take care and go on doing your best. wishes you a lot of success………………………………………… Anima.
Thank you anima!
I came to know a lot of thing from your blog Nirmal Jee
Thank you dipesh jee!
Please keep on visiting this blog, i will be updating more interesting articles in the future!
Yes! ofcourse
Nirmal jee
I will see your new articles you publish in comming future
Thanks
for your comment in my comment in your blog
This was really a fascinating subject, I am very lucky to have the ability to come to your weblog and I will bookmark this page in order that I might come back one other time.
My blog is Travel Guide.
Thank you travel guide!
THANKS for replay me ,I am shree ram i want to make my career in 3d animation field please show me the right path .I kathmandu there is one academy Maya 3d academy .Please tell me what is currently demand 3d animator graduate in nepal ,
your site is very helpful for me……… Thanks a lot and please keep the IT news.
I found your website perfect for my needs. It helped me, and I’ll certainly install what you recommend. You have something good going here, keep it up!
It took me time to learn all the comments, but I honestly loved the blog. It proved to be very advantageous to me and I’m positive to all of the followers here!
निर्मल दाजु नमस्कार ,
म बिनय सुबेदी यहाँ सग मेरो सानो प्रश्न छ ,दाजु तपाइको ब्लग हेरेर मेरो मात्रै होइन धेरैको आत्मबल र हिम्मत बढेको छ । यसै क्रममा मैले पनि आफुलाई निहाल्नको लागि अन्जानमै गुगल द्वारा जुन फ्री ब्लग बनाउने सिस्टम दिएको छ त्यसको मार्फत मैले सानो ब्लग बनाएको छु । दाजु के यहि नै ब्लग हो ?फ्री मा बनाएको ब्लगलाई के गुगलले बिज्ञापन दिन्छ त ? यदि यसरि बनाएको ब्लगलाई पनि गुगलले मान्यता दिन्छ र गुगललाई मन परेको खण्डमा हामीलाई बिज्ञापन दिन्छ भने गुगललाई कसरि सम्पर्क गर्ने?यदि यो मैले बनाएको ब्लग एकदमै गलत छ र ब्लग बनाउनको लागि अरु कसै सग सम्पर्क गर्नु पर्छ कि?निर्मल जी किर्पया झर्को नमानी मेरो यो ब्लग http://laxyashapalnpstruggle.blogspot.com/ हेरेर मेरो प्रश्नको उत्तर दिनु भयो भने म अत्यन्तै खुसी हुने थिए । धन्यबाद …waiting for your comment…
विनय जी!
कमेन्टको लागि धेरै धेरै धन्यबाद!
तपाइँले जुन व्लग बनाउनु भएको छ, त्यहि नै सहि व्लग हो र तपाइँले गरिरहनु भएको तरिका पनि ठिक छ ! यो blogger.com गूगल कम्पनिको नै साइट भएकोले तपाइँलाइ विज्ञापन राख्न मज्जाले मान्यता दिन्छ र अझ सजिलो हुन्छ भन्दा फरक नपर्ला ! ब्लगस्पटमा लगइन गरिसकेपछि तपाइँले “Design” मेनु भित्र “Add Gadget”मा क्लिक गर्नु होस् अनि “Google Adsense” भन्ने लिंकमा क्लिक गरेर तपाइँ ले गूगल को बिज्ञापन राख्न सक्नुहुन्छ !
गूगलको बिज्ञापन बाट कसरि पैसा कमाउने जान्नको लागि यो लिंकमा क्लिक गर्नुहोला ! http://www.ehow.com/how_4618171_money-google-adsense-blogspotcom.html
I have tried Google adsense.
I have Also earned $10 from it.
but aftre that my account has been blocked ani it never accepts my other account.what should i have to do??
plz suggest…
Hi mate! I fully agree with your thoughts. I’ve just shared it on the social networks.
Dai tapai afnai institute kina kholnu hunnaa????????
Thank you Shailesh!
This is my online training center.
मैले खोजेको कुराहरुको दस्तबेज रहेछ । अझै आशा छ । Thank you Nirmal ji
Thank you Dinesh ji!
hi my name is laxman subedi .i am from chandragadhi jhapa.my age is 29 now.ma ek web designer banna chahanchu.k yo possible cha.yo age ma safal banumla ta.mail me plz.
Laxman ji,
Sure, you can be a successful web designer, if you are passionate enough. Just follow some steps from this article and continue studying. I am sure, one day you will be one of the top web designer.
Good Luck!
thanks sir
I found very useful information on your IT related articles and made me very curious to learn more about it. I also want to be expert in this field although I’ve very little knowledge on such subjects. As a beginner I’ve started blogging and trying to post some good stuffs, but not the self created. I use to collect contents from others website/blog. I want to learn more, so I’ll keep visiting your blog/site. Thank You
Thank you Anurag!
If you want to know something that i haven’t covered here, you can write to me. I am searching some general topics for beginners and intermediate level users.
thanks dai
contact me in my email plz.
Krishna ji,
If you have any queries you can do by clicking onसम्पर्क or you can also email me at info@nirmal.com.np.
Namaste Nirmal dai, I am studying in 9 class. I am very much interested in IT. I have learned many useful things from your website. I have read almost all the articles of your website. All Articles are very useful. “This is my online training center.”- I liked this statement and i know this statement is not fake. Now I’ll try to keep these kinds of Articles in my blog “http://spsaroj.blogspot.com/”.
Thank you Saroj bhai!
If you want to know anything related to web design and development, you can send me a query. I will try to provide as much information as i have.
And please don’t copy all posts to your site. It’s better to copy excerpt and give link to original site for further reading. That will give some credit to writer.
Thank You very much dai.
borther malai sikne ta chahana 6 tarapani khi tips haruchai tapaile coding garera aafno site ma rakhnu bhayo bhane dherai upayogi hune6 jasto malai lagiraheko 6.