निर्मलको नेपाली ब्लग - Nirmal's Information Technology Blog
  • सूचना प्रविधि
  • सामाजिक संजाल
  • विचार
  • मिडिया
  • वेब
  • कथा
  • सम्पर्क
Home » वेब » के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
Oct12 7

के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]

Posted by निर्मल in वेब, सूचना प्रविधि

Pin It

search engine optimization nepal, सर्च इन्जिन अप्टिमाइजेसन, गूगल, याहु, बिंगतपाइँलाई कुनै पनि विषय, ठाउँको बारेमा जानकारी लिनु प-यो भने के गर्नुहुन्छ?
मानौ आज तपाइँलाई चाइनिज खानाको स्वाद लिन मन लाग्यो । पक्कै पनि तपाइँ काठमाण्डौका चोक-चोकहरुमा चाइनिज रेस्टुरेन्ट कँहा छन् भन्दै खोज्दै त हिड्नुहुन्न् होला नि ? सायद त्यो गर्नुहुन्छ भने पनि तपाइँको मेहनत व्यर्थ हुने सम्भावना बढी हुन्छ र खोजेको ठाउँ नै फेला नपारी घर फर्किनु पनि पर्न सक्छ । सायद तपाइँलाई थाहा होला, यो इन्टरनेटको युगमा सबैभन्दा सजिलो र छिटो कुनै पनि कुराको जानकारी पाउने माध्यम सर्च इन्जिन बाहेक अरु कुनै हुनै सक्दैन । र सर्च इन्जिन भनिसकेपछि तपाइँको मनमा २-४ ओटा नामहरु पनि आयो होला, गूगल डट कम, याहू डट कम, बिंग डट कम, आस्क डट कम आदि इत्यादि । यी कुनै सर्च इन्जिनमा गएर यदि तपाईंले “चाइनिज रेस्टुरेन्ट, काठमाण्डौ” भनेर टाइप गर्नु भयो भने केहि सेकेण्डमै कैंयौ साइटहरुको लिस्टहरु पाउनुहुनेछ, भएन त चमत्कार! घरमै बसी-बसी आफुलाई आवश्यक जानकारी एउटा क्लिकको भरमा पाउने । तर मैले आज कुरा गर्न गैइरहेको विषय “सर्च इन्जिनमा आफुलाई आवश्यक जानकारी कसरी खोज्ने” भने पक्कै होइन । मैले कुरा गर्न गईरहेको विषय रेस्टुरेन्ट ग्राहकसँग सम्बन्धित होइन, रेस्टुरेन्ट संचालक/साहुसँग सम्बन्धित हो, आफ्नो रेस्टुरेन्टलाई कसरि ग्राहकहरुले खोजेको बेलामा सर्च इन्जिनमा सजिलै उपलब्ध हुने बनाउने ।

अब सायद तपाइले अनुमान पनि लगाईसक्नुभएको होला के रहेछ त सर्च इन्जिन अप्टिमाइजेसन । यदि अझै पनि स्पष्ट हुने भएको छैन भने पनि चिन्ता नलिनुहोस्, तपाइँले यो पूरा लेख पढ्दा सम्ममा अवश्य स्पष्ट हुनुहुनेछ । सर्च इन्जिन अप्टिमाइजेसन त्यसलाई भनिन्छ जस्ले तपाइँको वेबसाइटलाई गूगल, याहू, बिंग जस्ता नि:शुल्क सर्च इन्जिनहरुमा तपाईको उपस्थिति जनाउनका लागि सहयोग गर्ने गर्दछ । अझ भन्नु पर्दा तपाइँको ग्राहकले खोजेको जानकारी सजिलै पाउनका लागि यस्ले सहयोग गर्दछ ।

अब प्रश्न उठ्न सक्छ, के यो हरेक बिजनेशको लागि आबश्यक छ त? तपाइँ भन्न सक्नुहुन्छ मैले त टिभी, रेडियो, पत्रिकाहरुमा बिज्ञापन दिईराखेकै छु नि, अब किन गर्नु पर्यो सर्च इन्जिन अप्टिमाइजेसन? के तपाइँका सेवाहरुको जानकारी तपाइँले टार्गेट गर्नु भएका पोटेन्शियल ग्राहकहरु माझ पुगेको छ त? के तपाइँले टार्गेट गरेका सबै ग्राहकहरुले पत्रिका पढ्छन? मानौ तपाइँको एउटा ट्रावल एजेन्सी छ, के तपाइँले गरेको परम्परागत बिज्ञापन बिदेशी पर्यटकले आफ्नो देशमा बसेर पनि हेर्न सक्छन? पक्कै पनि सबैको लागि सबै समय र स्थानमा सम्भव छैन । यस्तो अवस्थामा यदि कुनै ग्राहकले तपाइँको फोन नम्बर र बिजनेशको ठेगाना खोजिरहेको छ तर पाउन सकेन भने के तपाइँको बिजनेश लामो समय सम्म चल्न सक्छ त? तपाइँ पक्कै पनि एकै छिन सोंचमा पर्नु भयो होला । हो, सर्च इन्जिन यस्तो ठाउँ हो जँहा संसारको जुनसुकै कुनाबाट र जुनसुकै समयमा एक क्लिकको भरमा ग्राहकले चाहेको जानकारी प्राप्त गर्न सक्छन । टिभी, रडियोमा जस्तो निश्चित समय कुरेर बस्नु पर्दैन र त्यसमा जस्तो पैसा पनि खर्चिनु पर्दैन । गूगल, याहू, माक्रोसफ्ट जस्ता ठुला-ठुला कम्पनिहरुले तपाइँलाई निशुल्क सेवा प्रदान गर्ने छन् ।

अब अघिकै रेस्टुरेन्ट खोज्ने विषयलाई नै हेरौ । मानौ ठमेलमा तपाइँले खोजेको जस्तै दुइ ओटा चाइनिज रेस्टुरेन्टहरु छन् र जस्ले दिने परिकार, सेवा, तिनीहरुको सजावट र ठेगाना सबै मिल्दो जुल्दो छ । तर एउटा रेस्टुरेन्ट गूगलको सर्च नतिजामा एक नम्बरमा छ र अर्को धेरै पछाडि छ । अब तपाइँ नै भन्नुहोस् कुन रेस्टुरेन्टको बिजनेश सफल हुन सजिलो हुन्छ होला त? मानिसहरु धेरै अल्छी हुन्छन, भनिछ ९९% दर्शकले पहिलो पृष्ठमा देखाईएको नतिजा मात्र हेर्ने गर्छन । त्यसैले सर्च नतिजामा जति अगाडि तपाइँको साइट देखा पर्छ त्यति नै तपाइँको ग्राहक आउने सम्भावना बढी हुन्छ । त्यसको लागि तपाइँले आफ्नो साइटको सर्च इन्जिन अप्टिमाइजेसन गर्नु पर्ने हुन्छ, जस्ले तपाइँको साइटलाई सर्च इन्जिनले देखाउने नतिजामा अगाडि आउन सहयोग गर्छ ।

सर्च इन्जिनले कसरि काम गर्छ?

धेरै मानिसहरुमा अझै पनि एउटा भ्रम छ की सर्च इन्जिन भनेको मानव हो अर्थात यसलाई एउटा व्यक्तिले नियन्त्रण गर्छ । यदि तपाइँ पनि त्यस्तो सोच्नुहुन्छ भने त्यो भ्रम हटाउनु भए हुन्छ, यो एउटा सफ्ट्वयर हो जसलाई क्रलर वा स्पाइडर भानिन्छ । त्यो स्पाइडरले तपाइँको वेबसाइटमा भएको विषय बस्तुको आधारमा जानकारी राख्ने गर्दछ । र यो काम गर्नको लागि हरेक सर्च इन्जिनको आ-आफ्नै नियम हुने गर्छ, जसलाई सर्च इन्जिन अल्गोरीदम् भनिन्छ । त्यहिँ नियमको आधारमा रहेर साइटहरुको सर्च इन्जिन अप्टिमाइजेसन गर्ने गरिन्छ ।

कसरि गर्न सकिन्छ सर्च इन्जिन अप्टिमाइजेसन?

- साइटलाई आफ्नै कम्पनीको फरक लोगो र रुपले आकर्षक बनाउने
- सुहाउदो र सजिलो न्याभिगेसन राख्ने
- नियमित रुपमा नयाँ-नयाँ जानकारीहरु अपडेट गरिरहने
- एउटा जानकारी एक पटक भन्दा बढी नराख्ने
- अरुको साइटबाट लेख, रचना चोरेर जस्ताको तस्तै नराख्ने
- वेबसाइटमा भएका सबै लिंकहरु ठिक छ की छैन चेक गर्ने
- सर्च इन्जिन र ग्राहक दुवैलाई ध्यानमा राखेर लेख लेख्ने
- उपयुक्त तरिकाले लेख व्यवस्थापन गर्ने (जस्तै: हेडिंग, बोल्ड, अण्डरलाइन, लिस्ट आदि)
- आफूले सर्च इन्जिनमा आउन चाहेको विषयलाई प्रार्थमिकताका दिने
- वेबसाइटको छिटो खुल्ने बनाउने
- अक्षर/लेखहरु लुकाएर नराख्ने
- स्पेलिंग ठिक छ की छैन चेक गर्ने
- सर्च इन्जिनलाई ध्यानमा राखेर कोडिंग गर्ने

तर कतिपय कुराहरु तपाइँ आफैलाई गर्नु असम्भव पनि हुन सक्छ, त्यस्को लागि तपाइँले मार्केटमा उपलब्ध हुने कुनै सर्च इन्जिन अप्टिमाईजर वा कम्पनिको सहयोग पनि लिन सक्नु हुन्छ । यो कुरा तपाइँले बुझ्नु आवश्यक छ की तपाइँको साइटको नाम थाहा भएर तपाइँको साइट हेर्न आउने दर्शक एकदमै कमै हुन्छन । भनिन्छ कुनै पनि साइटमा आउने ८५% भन्दा बढी दर्शकहरु गूगल, याहू, बिंग जस्ता सर्च इन्जिन बाट आउने गर्छन । त्यसैले सर्च इन्जिनलाई बेवास्था गर्नु भनेको कुनै साइन, नाम बिनाको अफिस राख्नु जस्तै हो । तपाइँको पोटेन्शियल ग्राहक तपाइँ त्यहाँ हुनुहुन्छ भन्ने थाहै नपाइ तपाइँको पसल अघिबाट जान पनि सक्दछन ।

[नोट: यो लेख साइबर संचार पत्रिकाको कार्तिक अंकको लागि लेखिएको हो, प्रकाशित हुन् बाकी नै छ  ]

Pin It

7 Comments

  1. Prashant Shrestha | October 24, 2011 at 1:40 am

    supa blog bro i like it……………………plz more information about seo, blog submission, blog commenting ,………n how to check page ranking.

    Reply
    • निर्मल | October 24, 2011 at 2:49 pm

      Thank you prashant!
      Please visit this link for more information about SEO: http://www.nirmal.com.np/home/tags/SEO/

      Reply
  2. Bidur Shrestha | October 29, 2011 at 1:22 pm

    Thanks dai its a great information for ordinary people like us. I think SEO is a number one flourishing field in E-commerce. Thanks for good informative article.

    Reply
  3. kiran bhattarai | November 25, 2011 at 3:52 am

    nice to know all

    Reply
  4. ewebpedia.com | January 22, 2012 at 5:46 am

    Nirmal, nice to know that there are nepali brothers too who are involved in this. Its indeed a great thing for all who want to start a new web business. I had also commented on the post in saptahik. Anyway, i think you have forgotten to mention one important thing while doing SEO. KEYWORDS RESEARCH, COMPETITION ANALYSIS then only UNIQUE CONTENT CREATION!!! You have only mentioned about the design and onpage SEO part.
    When i analyzed your site, i got some keywords like nepali sites, ekantipur nepali news, google .np etc where your site ranked in first page of google. So, i think it would be better if you have detailed your article with this example too. Hope to get in touch with ya….Cheers!!

    Reply
    • निर्मल | January 23, 2012 at 9:49 am

      Thank you Sir for your suggestion!
      This is just a brief introduction of SEO for beginners. I will write more articles on SEO in the future.
      And Thank you for your comment on Saptahik!!

      Reply
  5. santosh gaire | April 17, 2012 at 11:26 am

    it’s nice nirmal dai auru pane yasti yasti kura haru lakhnu hola

    Reply

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

नमस्ते!

Nepali Blogger Nirmal's Nepali Blogमेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।

नयाँ पोस्टहरु

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु
  • व्यायामको आवश्यकता र नगर्नेको बहाना
  • यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
  • के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
  • हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • कसरी फल्छ डलर? [साप्ताहिक]
  • मैले पनि शुरु गरें, नेपाली ब्लग !
  • सोसिअल नेटवर्क जागिरको भाड़ो
  • साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
  • फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
  • घरमै फल्छ डलर [साप्ताहिक]

मुख्य ब्लगका समूहहरु

  • Web Designing
  • Web Development
  • Web Programming
  • Web Marketing
  • .np domain registration
  • Search Engine Optimization
  • Information Technology News
  • Open Source CMS
  • Joomla CMS
  • WordPress CMS
  • Drupal CMS
  • Online Job

केहि महत्वपूर्ण पोस्टहरु

  • Top Most Popular and Useful Nepali Sites of 2011
  • Top 15 Free Open Source Content Management systems (CMS)
  • What is an Open Source Content Management System?
  • How to submit a site to the Open Directory?
  • How to write killer article titles
  • Top 10 Most Popular Sites of Nepal
  • What’s New in Drupal 7?
  • What is .np Domain?
  • Track your website traffic and statistics using Google Analytics
  • Nepal Government to monitor .NP domain registration

निर्मलका अन्य ब्लगहरु

  • Information Technology Blog
  • WordPress Blog
  • Drupal Blog
  • Nepali Blog
  • Travel Photo Blog
  • Modeling Portfolio

सामाजिक सञ्जालमा निर्मल

  • Facebook
  • Twitter
  • Google Plus
  • Stumbleupon
  • LinkedIn
  • Youtube
  • Xing

नयाँ कमेन्टहर

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
  • laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?

फेसबुकका चहलपहल

ब्लगका समुहहरु

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लग समूह

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लगक कमेन्टहरु

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

ब्लगका टुक्रा टाक्री

आइटी आउटसोर्सिंग काठमाडौँ काठमाण्डौ कुकुर गूगल गूगल एड्सेंस जागिर ट्विटर डलर धामी-झाक्री निर्मल नेपली भाषा नेपाल नेपाली ब्लग नेपाली ब्लगर पार्टी फेसबुक फ्रील्यान्सर फ्रील्यान्सिंग बिंग ब्लग ब्लगर ब्लगिंग याहु योग रोजगारी लिंक्ड इन लोडशेडिंग वेब वेब डिजाइन वेब डिजाइन इन्सटिट्युट वेब डिजाइनिंग वेब प्रोग्रामिंग वेब फ्रील्यान्सिंग व्यायाम संबिधान सर्च इन्जिन सर्च इन्जिन अप्टिमाइजेसन साइबर संचार साप्ताहिक सामाजिक संजाल सुचना प्रविधि सूचना प्रविधि स्वास्थ्य

भर्खरैका पोस्ट

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु

© Copyright 2011 Nirmal Gyanwali, All Rights Reserved.