निर्मलको नेपाली ब्लग - Nirmal's Information Technology Blog
  • सूचना प्रविधि
  • सामाजिक संजाल
  • विचार
  • मिडिया
  • वेब
  • कथा
  • सम्पर्क
Home » विचार » धामी-झाक्रीलाई परिस्कृत गर
Oct24 5

धामी-झाक्रीलाई परिस्कृत गर

Posted by शिवराम खतिवडा in विचार, स्वास्थय

Pin It

धामी-झाक्री को हुन्? समाजमा तिनीहरुको के-कस्तो भूमिका छ? समाजको रुपान्तरणमा तिनको के भूमिका हुन सक्छ ? ‘सबैका लागि स्वास्थ्य’ को लक्ष्य पुरा गर्न तिनीलाई कसरि सदुपयोग गर्न सकिन्छ ? के-कस्तो तालिम दिनु राम्रो  हुन्छ ? देश-विदेशका अनुभवहरु के के छन्? एक खोज मुलक लेख ।

हाम्रो सामाजिक परिवेश :

हाम्रो समाजमा विभिन्न खाले संस्कृति छन् । ती सबैमा आ-आफ्नै किसिमका धामी-झाक्रीहरु छन् । धेरै पढेलेखेका र अनुभव भएका डाक्टरले बिरामीलाई गलत उपचार दिएका घटना बाहिर आएका र डाक्टर कारबाहीमा परेका समाचार बाहिर आएका छन् । भने अन्दाजका भरमा उपचार दिने धामी-झाक्री ले पनि त त्यस्तो गल्ति गर्न सक्दा हुन् । सबै जनताले गुणस्तरीय प्राथमिक उपचार पाउन भन्नका लागि पनि हामीले सबै स्थानका धामी-झाक्रीलाई स-सम्मान, विनाभेदभाव आधारभूत कुरामा केहि तालिम र प्रोत्साहन दिनु बुद्धिमानी हुन जान्छ । राष्ट्रिय तथा अन्तरास्ट्रिय अनुभवले पनि त्यो कुराको परिणाम राम्रो हुने पुस्टि गरेका छन् ।

अबको जमानामा सामाजिक, राजनीतिक सबै छेत्रमा स्पस्ट तालिम र इमान्दारिता भएका व्यक्तिहरुको खाचो छ । न कि राजनीतिको वा गुण्डागर्दीको आडमामा ठगि खानेको । किनकि भोलिको अधिकांश जनता शिक्षित हुने छ । र हाम्रो समाज सुव्यवस्थित हुदै जानेछ ।

कुनै दुर्गम गाउँमा जाऔ । मानौकि तपाई त्याहिको वासिन्दा हुनुहुन्छ । तपाईको परिवारमा कोहि विरामी भयो । त्यस अवस्थामा तपाईको उपचार दाता झाक्रीनै हुने सम्भावना हुन्छ । त्यहा तपाईको नजिक वा टाढा स्वास्थ्य सस्था हुनसक्छ । त्यहाँ तपाईलाई आवस्यक पर्ने स्वास्थ्यकर्मी हुन पनि सक्छ वा नहुन पनि । वा स्वास्थ्यकर्मीको नाम लेखिएको टुक्रा पनि नपाइन सक्छ । न त प्रयाप्त औषधि, न त केहि यन्त्र उपकरण वा सरसमाग्री नै । वा केहि पनि नहुन सक्छ । कहिलेकहिँ केहि बुझेको वा देखेको पिउन रहेछ भने पनि धेरै सहयोग हुनसक्छ । यो हाम्रो यथार्थ हो । नेपालका सबै जनजाती, समुदाय, धर्म र संस्कृति मा धामी-झाक्रीका चलन छन् । र अझै रहने नै छन् । संस्कृति रक्षाको नाममा हाम्रो बानि व्यवहार परिमार्जन गर्दै जानु हुदैन भन्ने छैन, प्रविधिको प्रयोग गरिनु हुदैन भन्ने छैन । गाउँघरमा व्यवस्थित रुपले स्वास्थ्य सुधारगर्न यी धामी-झाक्रीहरुकोपनि सहि सहयोग लिन आवस्यक छ ।

हुनसक्छ हामीले स्वास्थ्य संस्था को निर्माण, विकास अनि सुव्यवस्थित संचालन गर्नसक्ने क्षमता अझै पनि देखाउन सकेका छैनौ । न त गाउँ घर लाई नै बलियो बनाउन सकिएको छ, न त केन्द्र नै । तल्लो स्तर देखि माथिल्लो स्तर सम्म नै साना-मझौला-ठूला धेरै कामहरु हुन आवस्यक छ । र सबै जनता लाई यो कुरा प्रस्ट रुपले बुझ्न, बुझाउन, र व्यवहारमा तत्परता विकास गराउन जरूरी छ ।

leave study to serve as jhakriविकासोन्मुख मुलुकको अवस्थालाई ध्यानमा राखेर विज्ञ तथा विश्व स्वास्थ्य संगठनले सबै खाले जनता, विशेष गरी स्वास्थ्य सेवा प्रदायकहरुको शिक्षा र सिपको विकासगर्ने तरिकाहरुको खोजि गरेका छन् । यदि हामीले भोलिका लागि पर्याप्त तयारी नगर्ने हो भने अरु देशहरुले धेरै प्रगति गर्दा पनि हाम्रो देशले खासै प्रगति गर्ने छैन । हाम्रो समुदायले राम्रो प्रतिफल भोग्न पाउने छैन।

यो धामी-झाक्री र डाक्टर मा को ठुलो वा सानो भन्ने प्रस्न होइन । समाज को संस्कृती र चालचलन लाई पनि सम्मान गर्दै, डाक्टर, धामी-झाक्री, आम जनता सबै लाई सबलीकरण गर्दै सकारात्मक ढंगले सदुपयोग गरि सामाजिक व्यवस्था सुधार गर्ने कुरा हो । सबैलाई आ-आफ्नो क्षमता अनुसार सबैसग मिलेर काम गर्ने वातावरण सिर्जना गर्नु हो । सबै लाई उचित सम्मान दिनु हो । यस्तो कामले स्वास्थ्य सूचकांकमा सकारात्मक सुधार आएका प्रशस्त उदाहरण छन् ।

हाम्रो मुलुक मा चिकित्सा सेवा प्रदायक धेरै छन्: धामी-झाक्री, वैद्य, तालिम प्राप्त व्यक्ति, डाक्टर आदि । यो चिकित्साको बहुल पन हो । चिकित्सामा हुने बहुलताको फाइदा के हो भने जब एक प्रणालीले केहि उत्तर दिदैन त्यसबखत पनि बिरामीले निरास भइहाल्नु पर्दैन, त्यस बखत पनि उसका लागि अन्य विकल्प भैरहन्छ, आशावादी हुने ठाउँ रहिरन्छ । (अब त नया खेलाडीका रुपमा किराना पसले पनि, जो एन्टीबायोटिक, ब्रुफिन, सिटामोल बेच्छन; र चलन आलोचना प्रमुखको विषय भएको छ । कतिपय औषधि सहजै पाइने भएतापनि अध्यन, तालिम आदि बिना यसो गर्नु भनेको जन-स्वास्थ्यमा गरिएको खेलवाड पनि हो ।)

हाम्रो समाजमा रहेका जनताको औपचारिक क्षमताको ग्राफ बनाउदा एउटा पिरामिड बन्छ । जसमा ज्ञान सिप प्रयप्त भएकालाई माथि राख्दा र कम भएका लाई तल राख्दै जादा – फेद को चौडाई बढी हुन्छ, अनि टुप्पो को चौडाई कम हुन्छ । जन चेतना बढाउदै र विभिन्न तहका जनताको शैक्षिक अवस्था सुधार गर्दै जादा फेद सागुरो हुदै जान्छ अनि टुप्पो पनि फर्याक हुदै जान्छ ।

अफ्रिकाको अनुभव :

अफ्रिकामा परम्परागत उपचार प्रणालीमा कार्यरत धामी-झाक्री, वैद्यहरूलाई कुनै निश्चित पाठ्यक्रमको तालिम दिइयो । उक्त पाठ्यक्रमा – पोषण, सरसफाई, जडिबुटी, खोप, सरुवा रोग, प्राथमिक उपचार, परिवार नियोजन, बालबालिका-गर्ववती-सुत्केरी को हेरचार आदि कुरा समावेश थियो । आधारभूत र उपयोगी शिक्षा ले गर्दा त्यहाको समाजको स्वास्थ्यमा राम्रो सुधार हुदै गयो । हामीले पनि हाम्रो भूगोल, सस्कृती र समय सुहाउदो पाठ्यक्रम तयार गरि यस्तै कार्यक्रम लागु गर्न सक्छौ ।

चिनको अनुभव:

नयाँ चिनको निर्माणको लागि चिनले पनि स्वास्थ्यमा आधुनिकिकरण गर्न र सबैको पहुच पुराउन उदाहरणीय काम गरेर देखायो । आधुनिक र परम्परागत चिकित्सकका ज्ञान र सिप सबै खाले स्वास्थ्यकर्मीलाई सिकाउने र जनताको सेवामा लगाउने गर्यो । ग्रामिण युवा-युवतिलाई आधारभूत तालिम दिएर गाऊ गाऊमा खटायो । चिनमा यो कार्यक्रम यस्तो खुड्किलो भयो जसले आधुनिक चिनलाई संसार कै शक्तिशाली हुन जनस्तर मै तागत दियो । चीनको यस्तो सफलताले सन् १९७८ को अल्मा-आटा घोषणामा ‘सबैका लागि स्वास्थ्य’ भन्ने नारा ल्याउन र प्राथमिक उपचार लाई मजबुद बनाउने योजना ल्याउन प्रेरणा पुरायो ।

अनुभव बाट सिकौ :

हाम्रो देशको महिला स्वास्थ्य स्वयम सेविका पनि यस्तै अनुभवको सिको हो । तर हामीको मा महिला स्वास्थ्य स्वयम सेविकालाई परम्परागत जडिबुटी र घरेलु उपचार सिकाएको खासै पाहिदैन । आधारभूत घरेलु उपचार त सबैले सिकेको पनि राम्रो नै हो । सबै डाक्टरहरूलाई पनि आधारभूत घरेलु उपचारको ज्ञान रहेको पाहिदैन । विदेशीले आफ्नो अनुकुल पाठ्यक्रम बनाएकाले यस्तो भएको हुनसक्छ । अरु देशमा चिकित्सकहरुले परम्परागत पद्धतिका कुरामा वैज्ञानिक ढंगले अनुसन्धान गरेका प्रसस्त उदाहरण छन् । अध्यन अनुसन्धान को कारण मानव समाज लाई ठुलो टेवा पुग्छ, युगौ युग सम्म । आधुनिक अस्पतालमा आयुर्वेदिक अनुसंधान साखा रहेको उदाहरण छन् । तर हाम्रो देशमा भने आयुर्वेदिक अस्पतालमा पनि आयुर्वेदिक अनुसन्धानशाला रहेको पाहिन्न । हामीकहा चिकित्सा शिक्षाले अझै पनि घोकन्ते परम्परा कायम राख्न मात्रै खोजेको हो कि जस्तो देखिन्छ । अनि चिकित्सा पेशा पनि कम्पनीका औषधि मात्रै विक्री गराउने र अन्य नाफामुखी व्यवशाय जस्तो मात्रै हुन खोजेको हो कि भन्ने आशंका पर्ने गरेको छ। हाल विकसित देशहरुमा आफ्ना बिरामी लाई सुरक्षित र हानिरहित उपचार दिन डाक्टर हरुले केहि मात्रामा भने पनि जडिबुटी वा घरेलु उपचार र अन्य वैकल्पिक भनिने चिकित्सा सिक्ने गरेका छन् । तर नेपाल मा यो कुरा कमै डाक्टर र अभियान कर्ताले मात्र व्यवहारमा ल्यायका छन् । हामीले यस्ता अनुभव बाट धेरै कुरा सिक्न सकछौ । अनि आफै पनि केहि नया काम गर्न सक्छौ । हामी सबैले जान्नै पर्ने कुरामा स्वास्थ्यको अलावा  – सामाजिक, कानुनी, आर्थिक, वातावरणीय, प्राविधिक आदि कुरा पनि पर्छन । जुन आफ्नो वा अरुको अनुभव बाट सिक्न सकिन्छ ।

धामी-झाक्रीको अवस्था :

कतिपय धामी-झाक्री लाई कुनकुन बिरामी लाई के उपचार चाहिन्छ र कस्तो स्वास्थ्य सस्था मा पठाउने भन्ने बारेमा जानकारी को अभाव छ । र तिनीहरु सबैले घरेलु प्राथमिक उपचार का प्रयाप्त ज्ञान र सिप पनि जान्दैनन । विस्व स्वस्थ्य संगठनले आधारभूत रुपमा प्रयोग गर्न सकिने जडिबुटीमा आधारित घरेलु उपचारका विधि हरू पनि निर्माण गरेको छ । त्यसको आधारमा पनि आधरभूत ज्ञानको विकास हुन् सक्छ । ती कुरा नेपालका स्वास्थ्य अधिकारीहरुले वास्ता गरेको देखिदैन । जनताको स्वस्थहुन पाउने, शिक्षा पाउने, जानकारी पाउने अदि  अधिकारको सम्मान गर्दै यी कुरामा पनि ध्यान दिनु जरुरि छ । अन्यथा “कच्चा वैद्यको मात्रा, यमपुरीको जात्रा” भनेझैँ सयौ नेपाली अचेल पनि आकलमै यमपुरी पुग्ने चलनमा पुर्णविराम लगाउन कठिन हुने छ ।

भनिन्छ धामी-झाक्रीले नकारात्मक अदृस्य शक्तिको कारणले हुने मान्यता रहेका समस्या समाधानमा सहयोग् पुराउदछन । यिनीहरु मन्त्र, पुजा, जप, बलि, जडिबुटी आदि कुराको प्रयोग गर्दछन । यस्तो प्रयोगले कतिपय अवस्थामा राम्रो पनि हुने पनि अनुसन्धान ले पुस्टि गरेका छन् । तर सबै समस्यामा मन्त्र जप आदिले मात्रै ठिक नहुन सक्छ । कतिपय व्यक्तिले धामी-झाक्रीलाई प्रयाप्त ज्ञान नभएको र सर्वसाधारण लाई डरको आधारमा, मनोवैज्ञानिक रुपले वशमा राखेर झुक्याउने गरेको आरोप लगाउने गर्दछन । धामी-झाक्रीले निर्दोष व्यक्तिलाई बोक्सी भनि दु:ख दिएका उदाहरण पनि छन् । सर्वसाधारण रहरले वा बाध्यताले यस्तो सेवा लिने गर्छन । कतिपय धामी-झाक्री जडिबुटी आदिको प्रयोग गरेर पनि रोग ठिक पार्न सक्छन ।  यस्ता उदाहरण गाउघरमा पाइन्छन ।muslim community at dhami jhakri

देशमा धामी-झाक्री उत्पादन गर्ने औपचारिक विद्यालय त छैनन् । तर पनि विविध कारणले यिनीहरु उत्पादन भैरहेका छन् । या त संस्कृतिक कारणले या त आर्थिक कारणले । या वाध्यता ले या रहर ले । हाम्रो देशमा कति झाक्री छन् भन्ने यकिन तथ्यांक सरकार सग छैन । तिनीले गरेका राम्रा वा नराम्रा काम को कुनै लेखाजोखा छैन । मुल्याकन गरेर तिनीहरु लाई दण्ड वा पुरस्कार को व्यवस्थागर्ने काम राज्यको हो । गाउँ-घरमा नै बसेर सेवा गर्ने यस्ता सेवा प्रदायकलाई थप तालिम दिएर जिम्मेवार हुने अवसर प्रदान गर्नु राज्यको कर्तव्य हो ।

धामी-झाक्रिका सकारात्मक पक्ष:

सबै धामी-झाक्री सबै कुराले राम्रा नहोलान । तर यिनीहरुका यस्ता विशेषता पनि छन् जसले यिनको विस्वसनियता कायम राखेको छ । यी सांस्कृतिक रुपले मान्य छन् । स्थानीयता बुझेका, जनतालाई चिने-जानेका छन् । स्थानीय भाषा जान्दछन । आवश्यक परेको खण्ड मा २४ सै घण्टा सहजै उपलब्ध छन् ।  यिनीहरु अभिभावाक जस्तै ख्याल गर्ने खाले पनि हुन्छन । सेवा शुल्क स्वेच्छिक वा नि:शुल्क पनि हुन्छ । यसरी हेर्दा यी मानवीय गुणहरु चिकित्सकमा हुने गुण हुन् । धामी-झाक्रीसग राम्रो ज्ञानहरु छन् जसलाई अभिलेख राखिनुपर्छ, अध्यन र अनुसन्धान गरिनु पर्छ । विश्व स्वास्थ्य संगठनले भन्छ कि चिनियाहरुले परम्परागत रुपमा प्रयोग गर्ने एक खाले तितेपाती बाट औलोको नया औषधि बनाइएको छ । त्यसैले परम्परागत औषधिको संरक्षण र अनुसन्धान गर्नु पर्छ । परिस्कृत गर्दै, परिमार्जित गर्दै जानु पर्छ । यस्ता अन्य धेरै उदहरण छन् ।

धामी-झाक्री तालिमको फाइदा :

डाक्टर ठुलो कि झाक्री ठुलो वा वैद्य ठुलो भनेर कुराका लागि कुरा गर्नाले समाज ले केहि उपलब्धि पाउनेवाला छैन । सबैको स्तर विकास गरेर, सबै लाई सदुपयोग गर्नाले मात्रै हाम्रो समाजको रुपान्तरण सम्भाव छ । धामी-झाक्रीलाई तालिम दिनु भनेको यै देश का जनता लाई सशक्त बनाएर यै देश वासी को हित मा लगाउनु हो । देश भरिका धामी-झाक्रीमा एकरुपता ल्याउनु हो । विशेषज्ञको आवश्यकता चाहिने विरामीलाई अस्पताल सम्म पुराउने वातावरण निर्माण गर्नु हो । यस्तो कामले विभिन्न जनजातीका सस्कृतिलाई र आधुनिक चिकित्सा व्यवस्थालाई सहकार्य गराउन मद्धत पुग्छ । शत्रुता भावना लोप गराउछ । सुझबुझ विकास गराउछ । सबैखाले सेवा प्रदायकमा समझदारिता विकास हुनु आवस्यक छ । मानवियता र स्वस्छ प्रतिस्पर्धा सबै सेवाप्रदायक मा हुनुपर्छ । आपसी सहयोग, विस्वास र सम्मान हुनु आवस्यक छ । सेवा र चालचलन विस्वासयोग्य हुनु आवस्यक छ । सरकारी होस् वा निजि जुनसुकै स्थानमा रहेका भएपनि पढेलेखेका जनशक्तिका पनि प्रस्ट देखिने गुण तथा अवगुण छन् । यसो भनेर धामी-झाक्रीले पढेका हुदैनन भन्न खोजेको भने होइन ।

अभाव : बलियो योजना र प्रभावकारी कार्यक्रमको:

आजकल राजनीतिको गलत फाइदा लिनेव्यक्तिहरु का कारण स्वास्थ्य संस्थाहरुमा रहेका योजनाकार, डाक्टर तथा अन्य कर्मचारीले केहि राम्रो नतिजा निकाल्ने काम गराएको खासै पाइदैन । विभिन्न बहानामा बजेट खर्छ भएका हुन्छन । तर त्यो बम्मोजिम कममात्रै काम भएको देखिन्छ । धामी-झाक्री लाई तालिम दिने प्रस्ट योजना र कार्यक्रम छैन । केहि सानातिना, कम प्रभावकारी काम गरिएको भन्ने सुन्न आउछ । जनचेतना उकास्ने प्रभवकारी कार्यक्रमको  व्यवहारिक खाचो छ ।

यदि यस्ता कार्यक्रम ल्याउने हो भने समाजमा एक ले अर्कालाई नराम्रो भन्ने र घृणा गर्ने परम्परा अन्त्यको नजिक पुग्थ्यो । तालिम प्रक्रियाले धामी-झाक्रिमा विश्वासनियता र स्तरियतामा प्रगति हुनेछ । हाम्रो समाजमा केहि परम्परागत वैद्यहरु पनि छन् जसलाई राज्यले खास सहयोग नदिए पनि लामो समयदेखि हाम्रो देशको संस्कृतिको ज्ञानलाई रक्षागर्दै र जनतालाई सेवागर्दै आइरहेकाछन। यिनीहरुको ज्ञानलाई पनि अभिलेख राख्दै, उनीहरुमा कतिपय आवस्यक तालिम र सहयोग दिदै, अनि सेवा र व्यवसायको अनुगमन गरि जनताले पाउने सेवाको विस्वस्नियता र स्तरियतामा सुधार ल्याउनु जरुरि छ । कयौ जडिबुटीलाई ज्यादै कम पैसामा विक्री गरिने वा चोरि-निकासीबाट अनन्य मुलुक निकासी हुनेहुनाले राज्यले धेरै नोक्सानी व्यहोर्दै आएको छ । त्यसैले यस्तो क्षेत्रको विकासका लागि समन्धित निकायले महत्वपुर्ण कार्यक्रम ल्याउनु पर्छ । हामी हाम्रो कच्चा पदार्थलाई प्रशोधन गर्न सक्दैनौ । महत्वपुर्ण हुने ति औषधि पनि किनेर खान सक्दैनौ । आत्मनिर्भर हुनका लागि हामीले हाम्रो क्षमता अभिवृद्धि गर्नु प्रथम काम हुन आउछ । यस्तो कहिले सम्म भाहिरहन दिने ? हाम्रै ज्ञान विदेशी बाट खरिद गर्न हामी कहिले सम्म विवश हुने ?

सबैको योगदानको कदर गरिनु पर्छ । जस्तो कि शिशु र मातृ मृत्युदर कम गर्नमा केन्द्रका योजनाकारको भन्दा गाउँ घरका  स्वास्थ्य स्वयम सेविका अनि रेडियो र टेलिभिजन का कार्यक्रम र अनन्य संचारका साधनको भूमिका कम मान्नु हुदैन । कतिपय महिला स्वास्थ्य स्वयम सेविका यस्ता छन् जो गर्भिणी र सुत्केरीलाई कतिपय चिकित्सकले भन्दा पनि राम्रो सेवा दिन सक्छन । तसर्थ चिकित्सकहरुलाई पनि थप तालिम को आवस्यकता छ । सरकारले धामी-झाक्रीप्रति प्रस्ट धारणा राख्नु जरुरि छ । तिनका कारण के कति मरे, के कतिले राम्रो जीवन पाए ति सबैको अभिलेख राखिनु पर्छ । (सूचना प्रविधिको प्रयोग गर्न पनि सकिन्छ ।)। दण्ड र पुरस्कार पनि गर्न सक्नु पर्छ ।

आवस्यकता समयसापेक्ष परिवर्तनको :

कतिपय समस्या बिना डाक्टर, वा वैद्य वा झाक्री नै आफै ठिक हुन्छन । त्यसो भन्दैमा चिकित्सकीय परामर्श र जाचबुझ गर्न पर्दैन भनेको पनि होइन । कतिपय अवस्थामा उपयुक्त उपचारको खाचो हुन्छ । कहिलेकहिँ कसैले पनि राम्रो उपाचार नदिन सक्छन । केहि अवस्थामा यी मध्ये कसैको वा मिस्रित उपचार पनि राम्रो नतिजा दिन सफल हुन्छ । विरामीको मनोबल बढाउनु मात्रै पनि ठुलो उपचार हुन्छ ।

कोहि पनि व्यक्ति आफै मा पूर्ण हुदैन । यो कुरा धामी-झाक्री, वैद्य, डाक्टर सबैमा लागुहुन्छ । जनचेतना स्तर कम भएको ठाउमा, पूर्वाधार कम भएको ठाउमा डाक्टरहरु खुसि साथ जान चाहदैनन । त्यसैले पनि जनताको चेतना स्तर विकास गर्न पनि धामी-झाक्रीलाई उपयुक्त तालिम दिनु जरुरि छ । त्यस्तै गाउँ-ठाउमा रेडियो, टि भी, पत्र पत्रिका, इन्टरनेट आदि को प्रयोग सहज पहुच हुने हो भने पनि धेरै जनताको आधारभूत सचेतना स्तर उकास्न टेवा पुग्ने थियो  ।

ज्ञानको विकास गर्नका लागि अनावस्यक पक्षपाति नभई, आधारहीन (अनि अन्त्यहीन) तर्क गर्न छोडेर तर्क पूर्ण र नियमसंगत ढंगले खोज-अनुसन्धान गर्ने गर्नुपर्छ । अनावस्यक रिसरागले कसैको भलाई हुनेवाला छैन । (हामी सबैले रिसरागको व्यवस्थापन गर्न पनि सिक्नु पर्छ कि त ! )। अहमपूर्ण भइ, सोचाई परिवर्तन गर्नमा हिच्किचाहट हुनुहुदैन । सबैजनाले अध्यनशील हुन र खुल्ला दिमागले सोच्न जरुरि छ यी मामलामा । अन्याथा नेपाली समाज फस्ने, फसिरहने र फसाइरहने दुस्चक्रमा चली रहनेछ ।

धामी-झाक्रीका आडमा हुने हिम्सा, हत्या, अन्याय रोक्न पनि यो रुपान्तरणको व्यवहारिक सोच लाई सबैले आत्मसाथ गर्ने बेला आइसकेको छ । जनता स्वास्थ्यमा सुरक्षित छन् भन्ने कुरामा ढुक्क हुनका लागि पनि यो कार्यक्रम व्यापक हुन आवस्यक छ । यसो गरिनु स्वास्थ्य विकास, वातावरण विकास, आर्थिक विकास, जीवन स्तर उकास आदिका लागि नितान्त जरुरि छ ।

जनताको सुख-दु:खको साथीहरुलाई घृणाको दृष्टिकोणबाट वा पैसाको  दृष्टिकोणबाट हेर्दा मात्रै न्याय नपुग्न सक्छ । सबैलाई सम्मान र जिम्मेवारी दिनु जरुरि छ । कसैले दुइ-चार कुरा जान्दैमा (वा नजाँदैमा), अन्ध-भक्त वा कटु-आलोचक भएर समाज रुपान्तरण हुन सक्दैन । तत्काल को समस्याको पहिचान गर्नु, त्यसका लागि सकारात्मक समाधान को पहल गर्नु नै बुद्दिमता हुन् जान्छ । धामी-झाक्रीको ज्ञान र सिप बडाउन सरकारी तथा निजि क्षेत्रले पहल गर्नु पर्छ । अनि स्वयम धामी-झाक्री ले पनि यी कुरालाई सकारात्मक लिदै सहकार्य गर्न तत्पर हुनुपर्छ । तालिम शिक्षा त सबैले सधै लिहिरहन सकेमा सेवाग्राहीले झनै राम्रो सेवा पाइरहने थिए ।

अन्त्यमा :

यान्त्रिकी मात्र हुनु, वा अन्धविस्वासी मात्रै हुनु आजको समाज को आवस्यकता होईन । पैसैका लागि लागिपरेको जस्तो पनि हुनु हुदैन । आजको युग मा सबै व्यक्ति कानुन को दायरामा रही आफु लगायत कसै को पनि हानी नहुने गरि सेवा लिने वा दिने गर्नु पर्छ । डाक्टर, वैद्य, वा धामीझाक्री कसैले पनि सेवा का नाम मा ठगि नगरोस; र सबै जनताको आधारभूत ज्ञान र सेवा को गुणस्तर सुधारहुदै जावस भन्ने यस लेख को आसय हो ।

यो व्यवस्था सुधार्न, समाजको स्वास्थ्य अवस्था उठाउन ‘हामीले अहिले नसोचे कसले सोच्छ ? हामीले नगरे कसले गर्छ ?’ सम्बन्धित सबैको हेक्का आवोस । सम्बन्धित निकायमा काम गर्नेले हाजिर गर्ने र तलब खाने मात्रै नगरोस ।

 

केहि पाठ्य सन्दर्भ सामग्री हरु :

  1. अल्मा-आटा घोषणापत्र
  2. विकिपेडिया : परम्परगत चिकित्सा
  3. विश्व स्वास्थ्य संगठन : परम्परागत चिकित्सा का तथ्यहरु
  4. नन्द आर श्रेष्ठ : विकास का नाम मा: नेपाल को प्रतिविम्व
  5. विश्व स्वास्थ्य संगठन : आधारभुत उपचारमा परम्परागत चिकित्साको प्रयोग पुस्तिका : दक्षिण एशिया का  स्वास्थ्य कार्यकर्ताका लागि 
  6. विश्व स्वास्थ्य संगठन : दक्षिण एशिया मा आधारभुत उपचारमा परम्परागत जडिबुटीको प्रयोग पुस्तिका 
  7. सोलुखुम्बु समाचार : उपचारमा धामी झाक्री को बलियो विस्वास : खाचो समय सापेक्ष परिवर्तन को
  8. तिमोथी फेरिस : परम्परागत उपचारकर्ता ले के सिकाउन सक्छन ?
  9. जुडिथ जस्टिस: अदृस्य कामदार: नेपालको स्वास्थ्य सेवामा पिउनको भूमिका
  10. जुडिथ जस्टिस: नीति, योजना र जनता: नेपालको संस्कृति र स्वास्थ्य विकास
  11. भारत सरकार, स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, आयुष पोर्टल :  प्रमाणित परम्परागत चिकित्सा
  12. विस्व स्वास्थ्य संगठन: चिनको गाउँ का डाक्टर ले धेरै ठुलो फड्को मारे
  13. विक्की भ्यालेंटाइन : चिनका नांगा खुट्टे डाक्टर को गाथा
  14. विकिपेडिया : चिनका नांगा खुट्टे डाक्टर
  15. दक्षिण अफ्रीका मा परम्परागत उपचार्कर्ता लाई एच आइ भी समस्या हल गर्न का लागि तालिम
  16. मेरीआना जी हिसन :  अफ्रिकामा परम्परागत उपचार्कर्ता
  17. परम्परागत उपचार्कर्ता लाई दिने तालिम पुस्तिका
  18. ए के पौडेल र साथीहरु : नेपाल को ग्रामिण भेगका परम्परागत उपचार्कर्ता हरु को तालिम नमुना: सामुदायिक स्वास्थ्यमा तिनीहरुको भूमिका बलियो पार्ने प्रयास
  19. झमक घिमिरे: जीवन काडा कि फूल (पाठ ९: धामी, झाक्री र डाक्टरहरु )
  20. डेभिड बर्नर : डाक्टर नभएमा  (http://site.ebrary.com/lib/hesperian/docDetail.action?docID=10411911&ppg=1)

 

Pin It

5 Comments

  1. Ganesh Prasad Chaulagain | November 2, 2011 at 12:02 pm

    A good article. I found your ideas worth doing. Keep it up.

    Reply
  2. Niraj Tamang | November 6, 2011 at 10:14 am

    - तपाई को कुरा त् ठिक छ । तर पहिलो काम चाही जनतालाई सुशिक्षित बनाउनु पर्छ । अनि ठाउँ ठाउँ मा स्वास्थ्य सस्था को विकास गर्नु पर्छ । धामी झाक्री का कारण भन्दा पनि सरकारी (कर्मचारी र राजनीति गर्नेको) कमजोरी ले जनता ले राम्रो सेवा पाउन सकेका छैनन्, अकाल मै ज्यान गुमाएका छन् ।

    - अनि अर्को कुरो स्वास्थ्य मा व्यापारीकरण छ । र योग्य भन्दा पनि पैसा हुनेले मौका लिने प्रथाले यसको विस्वस्नियता मा सदैब प्रस्न आएका छन् । व्यापारीकरण बाट स्वास्थ्य लाई बचाउनु पर्यो । योग्य र इमान्दार लाई प्रोत्सान गर्नु पर्यो ।

    Reply
  3. शिवराम खतिवडा | November 8, 2011 at 2:33 pm

    धन्यवाद गणेश जी र निरज जी !

    Reply
  4. सचिन बस्नेत, (स्वास्थ्यकर्मी, काठमाडौँ ) | November 12, 2011 at 6:47 am

    यो लेख को आसय राम्रो लागो .
    अहिलेको समयमा पनि सबै कुराको दोस भुत प्रेत दिएर कस्टकर जीवन किन जिउने ? केहि कुराको दोस चै मान्छेलै पनि लिय हुन्छ .
    म काम लाग्ने र यहाँ सान्दर्भिक केहि कुरा राख्न चाहन्छु .
    स्वास्थ्यका लागि हामीले सरसफाई, धारा, चर्पी, सामयिक तथा सफा खानपिन, आदिमा ध्यान दिनुपर्यो .
    जडिबुटी चिन्ने, लगाउने, आधारभूत घरेलु उपचार सिक्ने आदि गर्न सकिन्छ त्यसो गर्दा पनि भएन भने स्वास्थ्य केन्द्र जना सकिन्छ .
    नभएका ठाउमा पनि स्वास्थ्य केन्द्र, विद्यालय निर्माण मा पनि पहल गर्न सकिन्छ .
    जनचेतनाका काम जस्तै – चुरोट रक्सि को फजुल खर्च रोक्ने, आय आर्जन का काम सिक्ने र गर्ने, अनि बचत गर्न बनि पनि गर्ने, आवस्यक ठाउमा मात्रै खर्च गर्ने
    परिवार नियोजनका बारेमा बुझ्ने र बुझाउने आदि

    Reply
    • शिवराम खतिवडा | November 12, 2011 at 1:49 pm

      सचिनजी लाई धन्यवाद !
      तपाईको कुरा वास्तवमै राम्रा छन् । तपाई ले प्रस्तुत गर्नु भएका यी बुदाहरु सबैका लागि मार्गदर्शक हुनसक्छन ।

      Reply

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

नमस्ते!

Nepali Blogger Nirmal's Nepali Blogमेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।

नयाँ पोस्टहरु

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु
  • व्यायामको आवश्यकता र नगर्नेको बहाना
  • यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
  • के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
  • हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • कसरी फल्छ डलर? [साप्ताहिक]
  • मैले पनि शुरु गरें, नेपाली ब्लग !
  • सोसिअल नेटवर्क जागिरको भाड़ो
  • साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
  • फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
  • घरमै फल्छ डलर [साप्ताहिक]

मुख्य ब्लगका समूहहरु

  • Web Designing
  • Web Development
  • Web Programming
  • Web Marketing
  • .np domain registration
  • Search Engine Optimization
  • Information Technology News
  • Open Source CMS
  • Joomla CMS
  • WordPress CMS
  • Drupal CMS
  • Online Job

केहि महत्वपूर्ण पोस्टहरु

  • Top Most Popular and Useful Nepali Sites of 2011
  • Top 15 Free Open Source Content Management systems (CMS)
  • What is an Open Source Content Management System?
  • How to submit a site to the Open Directory?
  • How to write killer article titles
  • Top 10 Most Popular Sites of Nepal
  • What’s New in Drupal 7?
  • What is .np Domain?
  • Track your website traffic and statistics using Google Analytics
  • Nepal Government to monitor .NP domain registration

निर्मलका अन्य ब्लगहरु

  • Information Technology Blog
  • WordPress Blog
  • Drupal Blog
  • Nepali Blog
  • Travel Photo Blog
  • Modeling Portfolio

सामाजिक सञ्जालमा निर्मल

  • Facebook
  • Twitter
  • Google Plus
  • Stumbleupon
  • LinkedIn
  • Youtube
  • Xing

नयाँ कमेन्टहर

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
  • laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?

फेसबुकका चहलपहल

ब्लगका समुहहरु

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लग समूह

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लगक कमेन्टहरु

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

ब्लगका टुक्रा टाक्री

आइटी आउटसोर्सिंग काठमाडौँ काठमाण्डौ कुकुर गूगल गूगल एड्सेंस जागिर ट्विटर डलर धामी-झाक्री निर्मल नेपली भाषा नेपाल नेपाली ब्लग नेपाली ब्लगर पार्टी फेसबुक फ्रील्यान्सर फ्रील्यान्सिंग बिंग ब्लग ब्लगर ब्लगिंग याहु योग रोजगारी लिंक्ड इन लोडशेडिंग वेब वेब डिजाइन वेब डिजाइन इन्सटिट्युट वेब डिजाइनिंग वेब प्रोग्रामिंग वेब फ्रील्यान्सिंग व्यायाम संबिधान सर्च इन्जिन सर्च इन्जिन अप्टिमाइजेसन साइबर संचार साप्ताहिक सामाजिक संजाल सुचना प्रविधि सूचना प्रविधि स्वास्थ्य

भर्खरैका पोस्ट

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु

© Copyright 2011 Nirmal Gyanwali, All Rights Reserved.