बेरोजगारको नाममा …
अस्तिको कुरा हो । मेरो प्रिन्टरमा मसि सिद्धिएकाले प्रिन्ट गर्न साइबरमा गए । त्यहाँ ‘यहाँ बेरोजगार को फर्म भरिन्छ …. ‘ भनेर लेखेको थियो । तर फर्म भर्ने मान्छे चै मैले देखिन । यो कामको सुरुवात हुनु भनेको राम्रो नै मान्न सकिन्छ । अर्को राम्रो लागेको चै निर्वाचन निकायको विद्युतीय अविलेखिकरण । तर जति राम्रा काम हुन सक्थ्ये त्यति चै भएका छैनन् (भन्ने हाम्लाई लाग्छ )।
सरकारले बेरोजगार जतिको सुची तयार गर्दैछ रे । के सबै नेपालीले कम्प्युटरबाट फर्म भर्ना सक्क्लन त ? मलाई केहि कौतुहलता ले छोयो । ति केहि कुरा यहाँ नोट गर्दै छु ।
- अधिकाम्स राजनीति गर्ने हरुनै बेरोजगार छन् । नत्र हो भने देशलाई नै कमजोर पार्ने गरि तलब खाने, कानुनको शासनको धज्जी उडाउने कामहरु किन गर्थ्ये ? (ठुलो मन्त्रि मण्डल, संबिधान सभाको म्याद थप्ने) । यी नेताहरु विकास विज्ञ हुन कि होइनन ? अनि देशलाई साच्चै माया गर्ने कर्मचारी पनि कति होलान र ? शंका लाग्ने ठाउँ धेरै छन् ।
- कम नेताले मात्रै काम गर्छन । आफै काम नगर्नेले कतिपय युवामा काम गर्ने संस्कार कसरि भर्लान ? अहिले समाजमा एउटा कित्ता तो मान्छेको छ जसले खराब काम बाट भने पनि पैसा कमाओस भन्ठान्छ ।
- कतिपयले त सरकारलाई निजि घर बनाउन चाहेको जस्तो देखिन्छ । कतिपय भने यसलाई एन. जी. ओ. बनाउन चाहन्छन, गरिब को नाम मा गफ गर्ने थलो ।
- भनिन्छ आफ्ना कार्यकर्ता लाई मात्रै अवसर दिइन्छ । के साच्यै राम्रो प्रयास थालियाको हो ? कुराले होइन काम ले बुज्न सकिएला ।
- धेरै सरकारी कर्मचारीलाई कम्प्युटर चलाउन नै आउदैन जबकी तास खेल्न आउछ । देश आजको समयमा कसरि अघि बढ्ला ?
- गरिब मुलुक गरिब हुनुको कारण मध्ये ‘धेरै जसो महिलाले सामान्य घरको काम मात्रै गर्नु/गराउनु र उत्पादन मुलक काम नगर्नु / नगराउनु हो’ भनेर भन्ने गरिन्छ । ति महिलाहरुले फर्म भर्लान त ?
- सबै युवा, महिला आदि लाई सिप सिकाउने, व्यवसायिकता सिकाउने प्रस्ट केहि योजना छ त सरकार संग ? विशेष गरि युवाले आफ्नो एक प्रमुख सिप जान्नु राम्रो हुन्छ चाहे खेति होस्, व्यापार होस्, वा कुनै विशेष सिप वा पेशा । दोस्रो अन्य नरम सिप । (नरम सिप: प्रभावकारी संचार सिप, समस्या हल गर्ने सिप, तनाव व्यवस्थापन उपाय आदि । उपयुक्त पाठ्यसामग्रीमा जोडिन हेर्नुस तल सन्दर्व पाठ्यसामग्री) ।
- अनि यस्तो काम त तथ्यांक विभागले जनगणना गर्दा पनि गर्नु पर्ने होइन र ? कति मरे वा कति बाचे मात्रै पो गन्ने गरिन्छ कि ? कसरि राम्रोरी गरिखाने भन्ने पनि अध्यन ले समेट्न सके राम्रो हुन्थ्यो होला ।
- कर्ण शाक्यका ‘सोच …’ जस्ता किताब पनि युवा लाई मार्ग दर्शक हुन सक्छन ।
तपाईले जीवनमा आफै पनि केहि गर्न सक्नु हुन्छ । नेताका कुरामा मलाई चै कमै विस्वास छ । ‘देश उमो लागोस’ भन्ने पुरानो कामना दोराउदै अहिले लाई यति नै ।
केहि सान्दर्भिक पाठ्यसामग्रीमा जोडिन:
- दाताहरुले कसरि खराब संस्कार र परनिर्भर सोच हालिदिय भन्ने जान्न: नन्द आर श्रेष्ठ : विकास का नाम मा: नेपाल को प्रतिविम्व
- प्रतिबध्ता हुने हो भने देश कसरि उमो लाग्नसक्छ भन्ने जान्न: सिंगापुर को अनुभव
- युवा लाई मद्धत पुराउने नरम सिप: युनिसेफ आदि का : एउटा , दोस्रो , तेस्रो …..
नोट : युवाहरुलाई प्रमुख सिपमा सहायता पुराउने नरम सिप, जसले जीवनमा ठुलो महत्व राख्छन, ‘साथी संग मनका कुरा’ जस्ता रेडियो कार्यक्रम ले पनि सिकाउछन् । यस्ता धेरै सामग्री तपाई इन्टरनेट को संजालमा रहनु भएका महानुभावले सजिलै पाउन सक्नुहुन्छ । सामग्री नेपालीमा पनि उपलब्ध छन् । अपडेटका क्रममा यहाँ मैले पनि थप्ने कोसिस गर्ने छु । तपाई संग ति सामग्री भएमा यहाँ उल्लेख/कम्मेन्ट गर्न सक्नु हुन्छ ।







I like the way you write! Interesting issues related to youth! Go ahead youth.
- spam
- offensive
- disagree
- off topic
Like