निर्मलको नेपाली ब्लग - Nirmal's Information Technology Blog
  • सूचना प्रविधि
  • सामाजिक संजाल
  • विचार
  • मिडिया
  • वेब
  • कथा
  • सम्पर्क
Home » वेब » पर्सनल साइट कसरी बनाउने?
Nov26 38

पर्सनल साइट कसरी बनाउने?

Posted by निर्मल in वेब, सूचना प्रविधि

Pin It

how to create personal website? Tutorial by: web designer Nirmalआजकल तपाइँले सुन्नु भएकै होला प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, रामशरण महत लगायतका धेरै नेताहरुमा पर्सनल साईट बनाउने लहर चलिरहेकोछ । संबिधान समयमै बनाउन नसकेपनि पर्सनल साइट बनाउनभने पछि परेका छैनन हाम्रा नेताहरु । नेताहरु मात्र कहाँ हो र ? माल्विका सुब्बा, झरना बज्राचार्य, निखिल उप्रेती, राजबल्लभ कोइराला  लगायतका केहि कलाकारहरुमा पनि यो लहर चलिसकेको छ । अब नेपाली गायक, संगितकारहरुको त के कुरा गर्नु? पर्सनल साइट नभएको कलाकार भेटाउन गार्है पर्ला । नबिन के भट्टराई, निमा रुम्बा, एड्रेन प्रधान लगायत धेरै गायकहरुले साइट बनाइसकेका छन् । नेपालका ठुला-ठुला व्यवसायीहरु पनि कम छैन पर्सनल साइट मार्फत आफ्नो र व्यवसायको प्रचार प्रसार गर्न, राजेन्द्र कुमार खेतान, बिनोद चौधरी लगायतका धेरै व्यवसायीहरु पनि लागि परिसकेका छन् । देशका प्रधानमन्त्री देखि लिएर निखिल उप्रेती सम्मले आफ्नो पर्सनल साइट बनाएको अवस्थामा हामीले पनि किन नबनाउने?

आफू सँग भएका घुमघाम, कार्यक्रमका फोटोहरु, भिडियोहरु र आफ्ना अनुभवहरु, मनमा उकुस मुकुस भएर बसेका भावनाहरुलाई आफ्ना दाजुभाई, साथीहरु बिचमा साटासाट गर्ने रहर कसलाई हुदैन र? यसका लागि कतिकालागि त फेसबुक नै पर्याप्त पनि होला तर कतिको चाहाना पनि होला की आफ्नै साइट भइदिए त! यदि आफ्नै साइट बनाउने सोंच बनाउनु भएको छ भने चिन्ता नलिनुहोस्, तपाइँहरुको लागि म केहि साधारण स्टेपहरु लिएर आएको छु जुन पढीसकेपछि तपाइले केहि हद सम्म आइडिया पाउनुहुने छ ।

यस अघिको मेरो “कसरि सिक्ने वेब डिजाइनिंग?” नामको लेख प्रकाशित भएपछि मैले केहि इमेलहरु प्राप्त गरेको थिए, जसमा धेरैको जिज्ञासा थियो, बल्लतल्ल भए पनि एउटा पेज त बनाउन सिके तर अब यसलाई इन्टरनेटमा कसरि राख्ने? कहाँ राख्ने? कति पैसा लाग्ने हो? कसलाई भन्नु पर्ने हो? आदि इत्यादि धेरै कौतुहलताहरु पाएँ । कुरा पनि सहि नै हो आजकल वेबसाइट बनाउनु ठूलो कुरा पनि होइन, तपाइले हेर्दै दिक्क लाग्दो HTML कोडहरु जान्नु पर्छ भन्ने पनि छैन, अलिकति समय र धैर्यता छ भने बाटा हरु धेरै छन् । अनलाइनमा नै धेरै टुलहरु उपलब्ध छन् र अन्य फ्रन्टपेज, ड्रिमवेभर लगायतका केहि ग्राफिक सफ्टवयरहरुबाट लटरपटर भए पनि एउटा पेज त बनाउन सकिहालिन्छ नि । तर त्यो पेज सबैले देख्न मिल्ने मिल्ने ठाउमा राख्न सक्नु पनि पर्यो नि होइन? एउटा पेज बनाइसकेपछी धेरैको जिज्ञासा थियो नाम कँहा दर्ता गर्ने हो? त्यो होस्टिंग भनेको के हो? कति पैसा लाग्ने हो? कसले उपलब्ध गराउछ? त्यहिँ त, साइट बनाउनु मात्र ठूलो कुरा त होइन रहेछ नि, धेरै कुराहरु बाकी नै रहेछ ! आज त्यहिँ एउटा साइट बनाउनका लागि लाग्ने शुरु देखि अन्तिम सम्मका केहि स्टेप हरुलाई स्पस्ट पार्ने कोशिस गर्दै छु ।

अब सिधा कुरा गरौ एउटा पर्सनल साइट बनाउन शुरु देखि के-के गर्नु पर्छ त । सर्वप्रथम तपाइँले एउटा कुरा स्पस्ट बुझ्नु आबश्यक छ की यो साइट बनाउने काम भनेको बच्चा जन्माउनु जस्तै-जस्तै नै हो । बच्चा जन्माउदैमा आफ्नो जिम्मेवारी पूरा हुदैन, यो त शुरुवात मात्र हो । जसरि एउटा बच्चाको लागि न्वारन गर्ने, परिवार-समाजसँग परिचित गराउने लगायतका उसलाई हुर्काउन बढाउन पालन-पोषण सम्बन्धि धेरै काम गर्नु पर्ने हुन्छ त्यसरी नै वेबसाइट पनि बनाएर मात्र पुग्दैन त्यसपछि धेरै काम गर्नु पर्ने हुन्छ । ति धेरै कामहरु मध्ये केहि साधारण र अति आवश्यक स्टेपहरुलाई म यँहा राख्दै छु :

 

१) नाम दर्ता गर्ने

वेबसाइट बनाउने स्टेपहरुमा तपाइको पहिलो काम नाम दर्ता गर्ने हुन्छ । नाम दर्ता गर्ने भनेपछि तपाइँले बुझी सक्नु भयो होला, google.com, yahoo.com, facebook.com जस्तै आफ्नो साइटको लागि एउटा नाम दिने । यी .com, .net, .org जस्ता नामहरुकोलागि तपाइँले बार्षिक पैसा तिर्नु पर्ने हुन्छ तर यदि तपाइँले अहिले पढिरहनु भएको मेरो साइट nirmal.com.np जस्तो नाम दर्ता गर्ने सोंच बनाउनु भएको छ भने बार्षिक पैसा तिर्नु पर्ने हुदैन । हाल सम्मको लागि मर्कन्टाइल कम्पनिले नि:शुल्क उपलब्ध गराउदै आएको छ । यसको लागि तपाइँले आफ्नो नागरिकताको फोटोकपी र एउटा “मेरो नाम दर्ता गरि पाउँ” भन्ने चिठी लिएर जानु भयो भने तिन दिन भित्र तपाइँको नाम दर्ता हुन्छ । र त्यसको लागि तपाईंले register.com.np मा गएर एउटा अनलाइन फर्म पनि भर्नु पर्ने हुन्छ । तर यो कुरा बुझ्नुहोला त्यहा गएर नाम दर्ता गर्दैमा तपाइँलाई वेबसाइट प्राप्त भने हुदैन, यस्ले तपाइको बन्न लागेको साइटको लागि एउटा नाम मात्र दिने हो । र व्यक्तिगत साइटको नाम चयन गर्नु पर्दा तपाइले आफ्नो नागरिकताको नाम वा थर सँग मिल्ने नाम छान्नु पर्ने हुन्छ, त्यसको लागि पहिले अरुले तपाइको नाम दर्ता गरिसकेको छ की छैन register.com.np मा गएर चेक गर्नु पर्ने हुन्छ । र सायद तपाइँलाई थाहा होला एउटै नाम दुइ जनाले लिन मिल्दैन, हरेकको फरक फरक नाम हुने गर्छ । र यदि तपाइले .com, .info, .me, .biz जस्ता नाम दर्ता गर्ने सोंच बनाउनु भएको छ भने कुनै डोमेन दर्ता गर्ने कम्पनि वा अनलाइन साइट बाट बार्षिक पैसा तिरेर गर्न सक्नुहुन्छ । यसको लागि कम्पनि अनुसार बार्षिक ६०० देखि १५०० रुपैया सम्म लिने गरिन्छ । र यी दुइमा फरक यति मात्र हो की एउटा लोकल समुदायमा केन्द्रित जस्तो देखिन्छ भने अर्को संसार भर, साधारण व्यक्तिगत प्रयोजनको लागि खासै फरक छैन । र अन्य धेरै कम्पनिहरुले नि:शुल्क डोमेन पनि उपलब्ध गराउछन जस्तै, .blogspot.com, .co.cc, .co.nr, .tk etc. अरु नामहरुको लागि तपाइँ आफै गूगल गर्न पनि सक्नुहुन्छ ।

तपाइँलाई एउटा अलमल हुन सक्छ, नाम दर्ता पहिले गर्ने की वेबसाइट बनाउने । जुन स्टेप पहिले गर्दा पनि फरक पर्दैन, तपाइँ पहिले वेबसाइट डिजाइन गरिसकेपछि पनि यो काम गर्न सक्नु हुन्छ । तर तपाइँले नाम दर्ता गर्नु भन्दा अघि सोंच पुर्याउनु पर्ने भने हुन्छ, सुहाउदो र सजिलो नाम राख्नु होला जुन आफुलाई भन्न र अरुलाई सम्झन सजिलो होस् ।

 

२) वेब होस्टिंग कम्पनि चयन गर्ने

तपाइँलाई लाग्न सक्छ नाम दर्ता गरे, साइट पनि बनाइसके अब यो होस्टिंग कम्पनि नभए हुदैन र? तपाइँले यदि मर्कन्टाइलमा डोमेन दर्ता गर्न जानु भयो भने उनीहरुले तपाइँलाई शुरुमै DNS माग्ने गर्छन । तपाइँलाई लाग्न सक्छ अब यो DNS भन्ने जन्तु कहाँ बाट ल्याउनु? यस्को लागि तपाइँले कुनै होस्टिंग कम्पनि सँग वेब स्पेस किन्नु पर्ने हुन्छ । अझै पनि तपाइँलाई लागिरहेको होला यो चाहिन्छ किन? DNS को काम भनेको तपाइको डोमेन नेमलाई IP Address मा बदल्ने हो । कम्प्युटरले तपाइँको डोमेनलाई चिन्दैन यसको लागि आईपी नै चाहिन्छ र हामीलाई लामो आइपी सम्झनु गाह्रो हुन्छ । त्यसैको लागि DNS को आबश्यकता पर्दछ । र अब कुरा आयो वेब स्पेस किन किन्नु पर्ने? तपाइँले बनाउनु भएको वेबसाइट लाई यस्तो ठाउँमा राख्नु पर्ने हुन्छ जुन विश्वको जुनसुकै कुना बाट खोल्दा पनि भेटियोस, जुन काम तपाइँको घरको ल्यापटप वा पिसीले गर्न सक्दैनन । त्यसकोलागी २४ घण्टा नै इन्टरनेट कनेक्सन भएको भरपर्दो र सुरक्षित स्थानमा राख्नु पर्ने हुन्छ, जसलाई वेब सर्भर भानिन्छ । त्यही वेब सर्वरको हार्ड डिस्कको एउटा कुनामा तपाइँको फाइल राख्नका लागि कम्पनिहरुले पैसा लिने गर्दछन । अब कति पैसा लाग्छ भन्ने कुरा तपाईलाई चाहिने स्पेस, सुबिधा र यसलाई उपलब्ध गराउने कम्पनिहरुमा निर्भर गर्दछ । जुन नेपाली बजारमा १००० देखि उपलब्ध हुन्छ । केहि नेपाली ठुला कम्पनिहरु मर्कन्टाइल, वोर्ल्ड लिंक, इ-नेटहरुको आफ्नै वेब सर्भर पनि छ, तर अन्य कम्पनीहरुले बिदेशी कम्पनीहरुको स्पेस लिएर यहाँ बेच्ने गर्दछन । तपाइँले पनि सिधै godaddy.com, networksoultions.com justhost.com, rackspace.com जस्ता चर्चित अनलाइन साइटहरुबाट किन्न सक्नुहुन्छ ।

 

३) वेब डिजाइन गर्ने

यो एउटा महत्वपूर्ण स्टेप हो, जसमा तपाइले आफ्नो सम्पूर्ण सुचनाहरुलाई तपाइँका दर्शकहरुले सजिलै हेर्न सक्ने गरि मिलाएर राख्नु पर्ने हुन्छ । जसमा तपाइँले केहि न केहि बिशेष कुरा दिनु पर्ने हुन्छ जस्ले गर्दा तपाइँका साथीभाइहरुलाई तपाइँको साइट हेर्न मन लागोस जस्तै फोटो ग्यालरी, भिडियो, फोरम, ब्लग, केहि बिशेष जानकारी, अनुभवहरु । अनि यी सबकुराहरुलाई राख्नका लागि एउटा आफ्नो साइटको आकर्षक लोगो, आफ्नो व्यक्तिगत पहिचान सुहाउने रंगहरुको कम्बिनेसन, सजिलो खालको न्याभिगेसन, र चिटिक्कको लेआउट बनाउनु सक्नुहुन्छ । तर यी सबैकुरा बनाउने कसरि त? यसको लागि तपाइँले माइक्रोसफ्टको फ्रन्ट पेज, एडोबीको ड्रिम वेभरको प्रयोग गर्न सक्नुहुन्छ वा अनलाइनमा उपलब्ध हुने नि:शुल्क डेभलपर टुल पनि प्रयोग गर्न सक्नुहुन्छ । र अरु टुलहरुमा तपाइँले गूगलको ब्लगरमा खाता खोलेर त्यसलाई पछि आफ्नो डोमेनमा जोड्न पनि सक्नुहुन्छ, जहा तपाइँलाई नि:शुल्क आकर्षक थिमहरु पनि उपलब्ध हुन्छन जस्ले तपाइँलाई साइट बनाउने झन्झटबाट मुक्ति पनि दिन सक्छ र यदि तपाइँसँग अली धेरै वेब सम्बन्धि ज्ञान छ भने वर्डप्रेस, जुम्ला, ड्रूपल जस्ता नि:शुल्क कन्टेन्ट म्यानेजमेन्ट सिस्टम पनि प्रयोग गर्न सक्नुहुन्छ ।

 

४) प्रकाशित गर्ने

वेबसाइट तपाइँको कम्प्युटरमा तयार भइसकेपछिको अन्तिम काम भनेको अनलाइनमा सबैले हेर्न मिल्ने गरि राख्ने हो अथवा तपाइँले अघि दर्ता गर्नु भएको डोमेन नेम टाइप गर्दा भेटिने बनाउने हो । जसको लागि तपाइँले FTP को प्रयोग गर्नु पर्ने हुन्छ । जस्ले तपाइँको कम्पुटरमा भएका फाइलहरुलाई अनलाइनमा ट्रान्सफर गर्न सहयोग गर्दछ । जसको लागि तपाइँले अनलाइनमा नि:शुल्क उपलब्ध हुने FileZiella, Cute FTP सफ्टवेरहरु डाउनलोड गर्न सक्नुहुन्छ । ति सफ्ट्वेअर डाउनलोड गरिसकेपछि तपाइको होस्टिंग कम्पनिले दिएको प्रयोगकर्ता नाम र पासवर्ड प्रयोग गरेर सर्वरको स्पेसमा कनेक्ट गर्न सक्नुहुन्छ, त्यसपछी तपाइले आफ्नो कम्प्युटरमा बनाएर राखेका फाइलहरु एक-एक गर्दै सर्भरमा हाल्न पाउनुहुन्छ । यति गरिसकेपछि ब्राउजरमा गएर तपाइँको डोमेन नेम टाइप गर्यो भने तपाइले बनाएको साइट अनलाइनमा खुल्नेछ ।

यसरि तपाइँको साइट बनाएर लाइभ गर्ने काम सकिन्छ र त्यसै गरि पुन तपाइले आफ्नो साइटलाई लगातार अपडेट पनि गरिरहन सक्नुहुन्छ । नयाँ-नयाँ कुराहरु साइटमा राख्नाले तपाइँका दर्शकहरु तपाइँका कुराहरु हेर्न, पढ्नका लागि फर्की-फर्की तपाइँको साइट भिजिट गर्न आउने छन् । आशा छ यी स्टेपहरुबाट तपाइँले आफ्नो पर्सनल साइट बनाउनका लागि केहि मद्दत मिल्ने छ । र कतिलाई यी स्टेपहरु अलिकति अलमल लाग्ने खालका पनि होलान र काम गर्दै जाँदा धेरै समस्या पनि देखा पर्लान । यो एकै दिनमा सिकिने र गर्न सकिने कुरा पनि होइन, मैले शुरुमा भने जस्तै अलीकति समय र धैर्यता छ भने पक्कै पनि बनाउन सक्नुहुने छ । यदि तपाइँलाई कुनै कुरामा अलमल भए मलाई कमेन्टमा प्रश्न राख्न पनि सक्नुहुने छ, म तपाइँको सहयोगको लागि सदा हाजिर हुने छु ।

Pin It

38 Comments

  1. Graphincscram | November 26, 2011 at 10:12 am

    very nice article, liked it Sir :)

    Reply
  2. Sushmita | November 27, 2011 at 8:23 am

    Comment

    Reply
  3. Sushmita | November 27, 2011 at 8:23 am

    I like your information….Its really informative..

    Reply
    • निर्मल | November 28, 2011 at 2:17 am

      Thank you sushmita jee!

      Reply
  4. Brijesh | November 28, 2011 at 1:37 pm

    You can also use 000webhost.com. It’s free, supports FTP, phpmyadmin, mysql, drupal and even a website builder

    Reply
  5. prajjwal | November 30, 2011 at 8:17 am

    nirmal.com.np tapailey kun tool use garera banaunu bhayo…ani tapaiko yo nirmal.com.np kasari kata bata host bhai rako cha ta……

    Reply
    • निर्मल | November 30, 2011 at 11:22 am

      prajjwal jee,
      yo blog.nirmal.com.np wordpress CMS use garera banaeko ho… ani yo US based Godaddy ko server ma host gareko chha!

      Reply
  6. शिवराम खतिवडा | December 2, 2011 at 11:54 am

    अहिले सम्ममा धेरै कुरा स्पस्ट चै यै बल्ग पढेर भएको छ , वेब साईट सम्बन्धी। अनलाइग गुरु निर्मल सर प्रति आभार व्यक्त गर्दछु । यसले हामिलाई, विशेष गरि मलाई, साच्चै साक्षर बनाएको छ (भन्ने लाग्छ) ।

    Reply
    • निर्मल | December 2, 2011 at 4:32 pm

      धन्यबाद शिवराम जी!

      Reply
  7. Sanjeeb Sapkota | December 3, 2011 at 9:59 am

    Maila aaila samma jati blog hera tara tapain ko jasto chain Chaina First time ma yo blog bata dherai khushi chu

    Reply
    • निर्मल | December 4, 2011 at 3:46 pm

      धन्यबाद संजीव जी!

      Reply
  8. ramesh diyali | December 3, 2011 at 5:14 pm

    हेलो नमस्ते हजुर मलाईहजुरको साईटको त्यो लेख धेरै राम्रो लाग्यो मपनि यस्तै अलमलमा परी रहेको थिए अब भने बल्ल छर्लग भए । यसका लागी धेरै धेरै धन्यबाद हजुरलाई हजुर मालाई पनि एउटा मेरो जिल्लामा चल्ने खालको साईट बनाउनु थियो हजुर मलार्इृ सहयोग गर्नु पये म हजुरलाई अनलाईमा कहीले भेट्रन सक्छु । मेरो नयाँ साइृटको नाम हो ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। म पछी नाम भन्छु सुरुमा डोमेन रजीस्टर गर्न त खासै पैसा लाग्ने रैनछ तर साईट डिजाईन गर्न कति पैशा लाग्छ ? पिल्ज मलाई स्पेस सहीतको साईटको निमार्ण गर्नुछ म यो काम तत्कालै सुरु गर्न चाहान्छु । धन्यबाद । रमेश दियाली

    Reply
    • निर्मल | December 4, 2011 at 3:52 pm

      रमेश जी,
      साइट डिजाइन गर्न लाग्ने पैसा कम्पनि र व्यक्ति अनुसार फरक-फरक हुन्छ ! यदि तपाइँ कुनै नाम चलेको आइटि कम्पनिबाट बनाउने सोंच बनाउनु भएको छ भने अलिकति बढी पैसा खर्चिनु पर्ला , साथसाथै तपाईको साइट पनि प्रोफेसनल बन्ने सम्भावना पनि बढी हुन्छ ! र अब तपाइँ कुनै वेब फ्रील्यांसरबाट गराउने सोंच बनाउनु भएको छ भने तुलनात्मक रुपमा खर्च कम पर्दछ तर त्यसको लागि तपाइँले सहि व्यक्ति छान्न सक्नु पर्ने हुन्छ ! र व्यक्ति व्यक्ति अनुसार फरक फरक चार्ज लिने गर्दछन !

      Reply
    • GORAKH | December 5, 2011 at 10:57 am

      sabaiko technologies ma samparka garda tapaiko samasya hal huncha ramesh ji

      Reply
  9. gorakh | December 5, 2011 at 10:22 am

    very good information about web…………… for webmakers

    Reply
  10. राजेश | December 9, 2011 at 6:45 am

    धन्यबाद दाइ!

    Reply
  11. ramesh | December 12, 2011 at 3:19 pm

    very informative blog!

    Reply
  12. Deepak | December 18, 2011 at 9:21 am

    maile pani website padhera aafno blog banaune try gare but now tyo site ma comment garna nai namilne gare pani long process chha. yo problem kasari solve garne ho. plz help me. n full page aaudaina…

    Reply
    • निर्मल | December 18, 2011 at 10:06 am

      @deepak ji..
      Congratulations! you have created such a great blog!
      That’s the commenting system from blogger.com. They require google sign up to authenticate the comment. We can’t modify the process.
      You can use wordpress or other systems if you don’t like that process.

      Reply
      • Deepak | December 20, 2011 at 9:21 am

        Thanks Nirmal Sir….

        Reply
  13. Pushpa Raj Poudel | January 22, 2012 at 10:29 pm

    Nirmal jee,
    Does marcentile register more than one site in the name of a single person ? If so, plz tell how many sites does a person can register. What is the validity of this registration ? Should we renew it or not to Marcentile ?
    Regards
    Pushpa

    Reply
    • निर्मल | January 23, 2012 at 9:34 am

      Pushpa Raj ji,

      You can register only one personal site under your name. If you are planning to make site for multiple purpose you can make unlimited subdomains.
      And about renew, till date we don’t need to renew .np domains.

      Reply
  14. Paresh | January 23, 2012 at 8:41 am

    निर्मलजीले निक्कै काम लाग्ने जानकारी पस्कनु भएको छ । त्यसको लागि धेरै धेरै धन्यवाद ।

    Reply
    • निर्मल | January 23, 2012 at 9:41 am

      Thank you Paresh ji!

      Reply
  15. Devendra pun | January 26, 2012 at 7:57 am

    Namaste Nirmal sir,
    Aru dherai kura ta charlanga vayo. website hosting gari sake pachhi income kattiko hunchha ke ko hisable aamdani hunchha yesko barema pani jankari dinu la,
    Ani arko kura maile try ko lagi blog banayeko LIKE BOX rakhne trick nai fela parina. PLEASE HELP ME

    Reply
  16. Gopi Adhikari | January 30, 2012 at 1:47 am

    मैले हजुरलाई कसरी सम्पर्क गर्न सक्छु होला ?

    Reply
    • jee van shahi | January 31, 2012 at 4:51 am

      gopi gar gara

      Reply
    • निर्मल | January 31, 2012 at 10:11 am

      गोपी जी, माथि मेनुमा दाँया पट्टि सम्पर्क भन्ने लिंक छ त्यसमा क्लिक्क गर्नु भयो भने मलाई सम्पर्क गर्न सक्नु हुने छ !

      Reply
  17. jee van shahi | January 31, 2012 at 4:50 am

    Iam proud of u nirmal g. A lot of thanks n love for u on the occassion of this matter

    Reply
    • निर्मल | January 31, 2012 at 10:12 am

      Thank you Jeevan Ji!

      Reply
  18. dipesh rai | January 31, 2012 at 7:31 am

    it is a nice article . bro .and domain vaneko kho?

    Reply
    • निर्मल | January 31, 2012 at 10:15 am

      Dipesh ji, The domain name is the web address of your website. For example: nirmal.com.np is a domain name.

      Reply
  19. Surya Bdr. Khatri | February 1, 2012 at 1:29 am

    Hi brother Namaste!
    ma tapai ko yo tutorials herera dherai khusi vaya. IT sanga related dherai kura pani thaha vayo. malai pani online, webpage create garna ani online ma kam garna khub man parcha. maile auuta domain reg. gareko chu http://www.sunkhani.com yo site ma wordpress kasari install garne ho malai kehi ideas share garinus ! Hope u wll do it!!

    Reply
    • निर्मल | February 2, 2012 at 1:05 am

      Thank you Surya ji!

      Here are the basic steps for you:
      1. Dowload wordpress and unzip the folder
      2. Set up your MYSQL Database in you online Host
      3. Enter DB info into WP Config File
      4. Upload files to server via FTP
      5. Run the install script

      Some hosting service providers like Godaddy provide easy wordpress hosting solution. You can consult to your host for more information.

      P.S. I am writing “easy wordpress installation” article in this blog soon. Keep on visiting.

      Reply
  20. kamal | February 9, 2012 at 6:25 am

    bro free hosting site haru pani chhan ni like 000webhost etc yani haru le ta free ma garchhan hoina ra ?

    Reply
  21. Nabaraj Budha 'Nabin udasi | March 15, 2012 at 4:54 pm

    Nirmal sir, yo Mercantile Communications company ma np register garer pachhi sabai free hunchhaki ? pahila banauda matra npaisa lagchh ? athwa sabai free ma hunchh hola pls sir yo kura batai diye aabhari hune thiye.

    Dhanyabad !

    Reply
  22. drishydipshali | March 17, 2012 at 6:50 am

    dai blogger ko site ma kasari form haru rakhne? and blogger ko navbar kasari hatauna sainchha . visit my first blogger http://computercoure.blogspot.com hai dai.

    Reply
  23. Prashim | March 23, 2012 at 3:23 am

    Thanks sir for your useful imformation…..

    Reply

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

नमस्ते!

Nepali Blogger Nirmal's Nepali Blogमेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।

नयाँ पोस्टहरु

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु
  • व्यायामको आवश्यकता र नगर्नेको बहाना
  • यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
  • के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
  • हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • कसरी फल्छ डलर? [साप्ताहिक]
  • मैले पनि शुरु गरें, नेपाली ब्लग !
  • सोसिअल नेटवर्क जागिरको भाड़ो
  • साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
  • फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
  • घरमै फल्छ डलर [साप्ताहिक]

मुख्य ब्लगका समूहहरु

  • Web Designing
  • Web Development
  • Web Programming
  • Web Marketing
  • .np domain registration
  • Search Engine Optimization
  • Information Technology News
  • Open Source CMS
  • Joomla CMS
  • WordPress CMS
  • Drupal CMS
  • Online Job

केहि महत्वपूर्ण पोस्टहरु

  • Top Most Popular and Useful Nepali Sites of 2011
  • Top 15 Free Open Source Content Management systems (CMS)
  • What is an Open Source Content Management System?
  • How to submit a site to the Open Directory?
  • How to write killer article titles
  • Top 10 Most Popular Sites of Nepal
  • What’s New in Drupal 7?
  • What is .np Domain?
  • Track your website traffic and statistics using Google Analytics
  • Nepal Government to monitor .NP domain registration

निर्मलका अन्य ब्लगहरु

  • Information Technology Blog
  • WordPress Blog
  • Drupal Blog
  • Nepali Blog
  • Travel Photo Blog
  • Modeling Portfolio

सामाजिक सञ्जालमा निर्मल

  • Facebook
  • Twitter
  • Google Plus
  • Stumbleupon
  • LinkedIn
  • Youtube
  • Xing

नयाँ कमेन्टहर

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
  • laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?

फेसबुकका चहलपहल

ब्लगका समुहहरु

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लग समूह

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लगक कमेन्टहरु

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

ब्लगका टुक्रा टाक्री

आइटी आउटसोर्सिंग काठमाडौँ काठमाण्डौ कुकुर गूगल गूगल एड्सेंस जागिर ट्विटर डलर धामी-झाक्री निर्मल नेपली भाषा नेपाल नेपाली ब्लग नेपाली ब्लगर पार्टी फेसबुक फ्रील्यान्सर फ्रील्यान्सिंग बिंग ब्लग ब्लगर ब्लगिंग याहु योग रोजगारी लिंक्ड इन लोडशेडिंग वेब वेब डिजाइन वेब डिजाइन इन्सटिट्युट वेब डिजाइनिंग वेब प्रोग्रामिंग वेब फ्रील्यान्सिंग व्यायाम संबिधान सर्च इन्जिन सर्च इन्जिन अप्टिमाइजेसन साइबर संचार साप्ताहिक सामाजिक संजाल सुचना प्रविधि सूचना प्रविधि स्वास्थ्य

भर्खरैका पोस्ट

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु

© Copyright 2011 Nirmal Gyanwali, All Rights Reserved.