मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
निर्मल ज्ञवाली पेसाले वेब तथा सफ्टवेयर डेभलपर हुन् तर उनले यत्तिमै सीमित हुन चाहेनन्। उनको आकर्षक जीउडाल देखेर धेरैले मो डलिङ गर्न सुझाव दिए। यसबीच केही अनलाइन वेबसाइटले मोडलका रूपमा फोटोसेसन गरेपछि त उनमा मोडलिङ गर्ने रहर निकै बढेको छ। बुटवलका स्थायी बासिन्दा निर्मल विगत सात वर्षदेखि सूचना तथा प्रविधि पेसामा आबद्ध रहेर काम गरिरहेका छन्। उनी इमेज च्यानलमा वेब डेभलपरका रूपमा पनि कार्यरत छन्। सिक्किम मणिपाल युनिभर्सिटीबाट सूचना-प्रविधिमा स्नात्तकोत्तर पूरा गरेका निर्मल मिलनसार एवं फरासिला छन्। प्रेमिकाको कुरा गर्दा यी २६ वर्षीय तन्नेरी आफू अझै ‘एक्लो रहेको’ बताउँछन्। ५ फिट ८ इन्च अग्ला निर्मल फुर्सदमा घुम्न, पढ्न, ब्लगिङ गर्न एवं नेट सफिर्ङ गरेर समय बिताउन मन पराउँछन्। फेसन शो तथा म्युजिक भिडियोमा आफ्नो विशेष रुचि रहेको निर्मलले बताए। यिनले प्रकाश तिमिल्सिनाको “ढुंगाको मूर्ति” र उत्तम थापाको “तिम्रो मायामा” म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।
[यो लेख साप्ताहिक पत्रिकाको पौष १, २०६८ अंकमा प्रकाशित भएको हो । साप्ताहिकमा अनलाइन हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ]

ल बधाई छ सर
Thank you Shiva Ram ji!