नमस्ते!
मेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।नयाँ पोस्टहरु
- “ पान ”
- वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
- प्राथमिक उपचार (First Aid)
- मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
- पर्सनल साइट कसरी बनाउने?
- बेरोजगारको नाममा …
- कसरी सिक्ने वेब डिजाइनिंग?
- धामी-झाक्रीलाई परिस्कृत गर
- के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
- काठमाण्डौँका गल्लीहरु
- व्यायामको आवश्यकता र नगर्नेको बहाना
- यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
- के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
- हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
- कसरी फल्छ डलर? [साप्ताहिक]
- मैले पनि शुरु गरें, नेपाली ब्लग !
- सोसिअल नेटवर्क जागिरको भाड़ो
- साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
- फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
- घरमै फल्छ डलर [साप्ताहिक]
मुख्य ब्लगका समूहहरु
केहि महत्वपूर्ण पोस्टहरु
- Top Most Popular and Useful Nepali Sites of 2011
- Top 15 Free Open Source Content Management systems (CMS)
- What is an Open Source Content Management System?
- How to submit a site to the Open Directory?
- How to write killer article titles
- Top 10 Most Popular Sites of Nepal
- What’s New in Drupal 7?
- What is .np Domain?
- Track your website traffic and statistics using Google Analytics
- Nepal Government to monitor .NP domain registration
निर्मलका अन्य ब्लगहरु
सामाजिक सञ्जालमा निर्मल
नयाँ कमेन्टहर
- Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
- Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
- santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
- Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
- Prashim on पर्सनल साइट कसरी बनाउने?
- Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
- drishydipshali on पर्सनल साइट कसरी बनाउने?
- Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
- Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
- laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?
प्राथमिक उपचार (First Aid)
Posted by शिवराम खतिवडा in विचार, स्वास्थय
कुनै आकस्मिक घटना पछि र खास उपचार उपलब्ध हुनु पुर्व बिरामीलाई जीवन रक्षाका लागि र जटिलता कम गर्नका लागि तत्कालै दिइने युक्तिपुर्वक सहायता (वा हेरचार) लाई प्राथमिक उपचार भनिन्छ ।
प्राथमिक उपचारले गर्दा चोट/चोट बढ्ने प्रक्रिया घट्छ र उपचारमा सहयोग पुग्छ । युक्तिपुर्वक प्रथामीक उपचार दिन नसकेमा रोग/चोट जटिल बन्ने सक्छ । र कहिलेकहिँ ज्यान समेत जोखिममा पर्न सक्छ । तसर्थ प्राथमिक उपचार सम्बन्धि ज्ञान सबैमा हुनु जरुरि छ ।
जुनसुकै काम गर्दा सबै व्यक्तिले सचेतना अपनाउनु पर्छ । गर्ववती, बालबालिका, वृद्ध र गाह्रो साह्रो काम गर्ने व्यक्तिहरु लगायत सबैले विशेष ध्यान पुर्वक काम गर्नु पर्छ ।
गाउघरमा सबैको पहुचमा/नजिकै तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, स्ट्रेचर, एम्बुलेन्स, आवस्यक पर्दा सहयोग गर्ने व्यक्तिहरू … आदि कुरा उपलब्ध हुनु राम्रो हुन्छ । स्वास्थ्यसंस्था वा एम्बुलेन्समा कम्तिमा प्राथमिक उपचार जान्ने १ जना हुनु एकदमै राम्रो । र अन्य आवस्यक सामग्री जस्तै- अक्सिजन, सलाइन पानी आदि भएमा झनै राम्रो ।
सामान्य जानकारीका लागि प्राथमिक उपचारको विषयवस्तुलाई निम्न शिर्षकमा प्रस्तुत गरिएको छ:
१. चोट पटक २. रक्तस्राव ३. गर्ववती र सुत्केरी अवस्थामा ४. तातोले पोल्नु/डड्नु ५. चिसोले खाएमा ६. लु लागेमा (अति तातो लागेमा) ७. पानीमा डुबेमा ८. लेक लागेमा ९. रेबिज भएको जनावरले टोकेमा १०. विष ११. सर्पको टोकाई १२. नाक कान घाटी आँखा आदि मा बाह्य वस्तु परेमा, १३. जीवन रक्षाको क ख ग
१. चोट पटक:
जीवित वस्तुको सामान्य अवस्थामा क्षति पुग्नुलाई चोट भनिन्छ । चोट पछिको अवस्था लाई घाउ भनिन्छ । घाउ वा चोट सामान्य देखि जटिल सम्मका हुन सक्छन । बेलैमा यसको राम्रो हेरचार तथा उपचार गर्नाले निको हुन्छ ।
चोट गराउने कारक तत्व का आधारमा चोट-पटक लाई निम्न अनुसार बर्गीकरण गर्न सकिन्छ :
क. भौतिक चोटपटक:
विभिन्न परिस्थिमा विभिन्न कारणले प्रायजसो हुनसक्ने जस्तै – लडेर, हातहतियारले लागेर हुने चोट पटक यस अन्तर्गत पर्दछन ।
ख. तापको कारण हुने चोटपटक:
धेरै चिसो वा धेरै तातोले गर्दा हुने चोट पटक यस अन्तर्गत पर्दछन ।
ग. रासायनिक कारणले हुने चोटपटक:
वस्तुहरुको अम्लीय – क्षारीय आदि गुणले हुने चोट यस अन्तर्गत पर्दछन ।
घ. अन्य कारणले हुने:
विद्युत, चट्यांग, एक्स-रे जस्ता विकिरण आदिले हुने चोट पटक यस अन्तर्गत पर्दछन ।
चोट-पटक को प्राथमिक उपचार:
२. रक्तस्राव:
रक्तस्रावको प्रकार:
रक्तश्रावको रोकथाम:
३. गर्ववती र सुत्केरी अवस्थामा :
४. तातोले पोल्नु/डड्नु:
५. चिसोले खाएमा
६. लु लागेमा (अति तातो लागेमा):
७. पानीमा डुबेमा
८. लेक लागेमा
लक्षण: टाउको दुख्ने, थकाई लाग्ने, वान्त आउन खोज्नु, वान्त आउनु, खान मन नलाग्नु, रिंगटा लाग्नु, निन्द्रा कम लाग्नु, हात खुट्टा सुनिनु आदि ।
रोकथामका लागि उचाई मा जानु भन्दा पहिला राम्रो तयारी गर्नु पर्छ । चिकिसकको परामर्श लिएर जानु राम्रो हुन्छ । र एक्लै जानु भन्दा समुहमा जानु राम्रो हुन्छ । नजिकै उपलब्ध हुनसक्ने स्वास्थ्य संस्था के के छन् पहिल्यै जानकारी लिनु पर्छ ।
९. रेबिज भएको जनावरले टोकेमा
कुकुरले टोकेमा – घाउ भएको भागलाई साबुन पानी वा सफा पानीले कम्तिमा पनि ५ मिनेट सम्म सफा गर्ने । रगत धेरै बगेमा सफा कपडाको टुक्राले वा सफा हातले ठिक्क मात्रमा थिचेर रगत बग्न रोक्ने । टिटानस विरुद्धको खोप लिने । तुरुन्त स्वास्थ्य संस्थामा गइ रेबिज विरुद्धको खोप र अन्य आवस्यक उपचार लिने ।
१०. विष
घरमा विष र खानेकुरा सगै राख्नु हुदैन । विषलाई यसकै भाडोमा राख्नु पर्छ । त्यसमा लेखिए जानकारी पत्र पढेर मात्रै प्रयोग गर्नु पर्छ । त्यसमा लेखिएका कागजपत्र हटाउनु हुदैन । खेतिपातीमा विष हाल्दा, घरको रंग रोगन गर्दा, मेशिनको काम गर्दा, शरीर ढाक्नेगरि कपडा लगाउनु पर्छ । मुखमा मास्क लगाउनु पर्छ । आफ्नो पेशामा गर्नु पर्ने सावधानी सबै गर्नु पर्छ । थाहा नभएको वस्तु प्रयोग गर्नु हुदैन । इनार तथा गुफाहरूमा जादा अक्सिजन सहित जानु पर्छ ।
आधिकारिक विक्रेता बाट मात्र निश्चित उपयोगका लागि मात्र विष किन्नु पर्छ । विष उत्पादक कम्पनि ले स्थानीय भाषामा सबैले बुझ्ने गरि प्रयाप्त जानकारी लेखिएको पुस्तिका विषसहित उपलब्ध गराउनु पर्छ । प्रतिबन्धित विषको विक्री वितरण गर्नु हुदैन । चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्नु हुदैन ।
बालबच्चालाई विषको सम्पर्क बाट टाढा राखिनु पर्छ । नाचिनेको खानेकुरा, जीवजन्तु, बोटविरुवा, फलफुल आदिको प्रयोग गर्नु हुन्न । आत्महत्या गर्ने मनासय भएको व्यक्तिलाई ख्याल गरिनु पर्छ । तनाव व्यवस्थापन र प्राथमिक उपचारको आधारभूत ज्ञान हुनुपर्छ ।
११. सर्पको टोकाई
जोगिनका लागि – हिड्डुल गर्दा, काम गर्दा ध्यान पुर्वक गर्ने । रातको समयमा भन्दा दिनको समयमा काम गर्ने ।
सर्पले टोकेको खण्डमा- नआत्तिने, नअत्याउने, टोकेको ठाउमा सफा पानीले सफा गर्ने । टोकेको ठाउँ भन्दा केहि माथि रुमालजस्तो वस्तुले बाध्ने, डाम बस्ने गरि कस्नु हुदैन । सर्पले टोकेको ठाउमा काट्ने, चुस्ने नगर्ने । सुबिधा युक्त अस्पताल/स्वास्थ्य संस्थामा तुरुन्त लग्ने/जाने ।
१२. नाक-कान-घाटी-आँखा आदिमा बाह्य वस्तु परेमा
प्रथमत जोगिनका लागि काम गर्दा सावधानी पुर्वक काम गर्ने । केहिवस्तु गडेमा त्यसलाई नझिक्ने सुरक्षित साथ स्वास्थ्य संस्थामा जाने/लाग्ने र आवस्यक सेवा लिने ।
१३. जीवन रक्षाको क ख ग ….. A B C (स्वासप्रस्वास र रक्त संचार)
A- Airway स्वास-प्रस्वासको बाटो खुल्ला हुनु पर्छ । नाक, मुख, स्वास नलि …. आदि ।
B- Breathing स्वासप्रस्वास क्रिया भईरहनु पर्छ ।
C- Circulation रक्त संचार भईरहनु पर्छ । (मुटु धड्कन र नाडी संचालित छ वा छैन?)
रगतको मध्यम बाट मस्तिक, मृगौला लगायतका प्रमुख अंगले अक्सिजन, पानी र पोषण पाउने गर्दछन । फोक्सोबाट अक्सिजन शरीर/रगत भित्र पस्ने र कार्बनडाइअक्साइड ग्यास बाहिर जाने गर्छ । प्रायजसो अस्पतालहरुमा दिइने सलाइन आदि कुराले रक्त संचार सुचारु राख्नका लागि मद्धत गर्छ । र अक्सिजन, भेन्टिलेटर आदिले स्वासप्रस्वास सुचारु राख्नका लागि मद्धत गर्छ । मुटु र स्वासप्रस्वास बन्द भएको खण्ड मा पुन संचालनमा ल्याउन तत्कालै ‘छातीमा नियम पुर्वक थिच्ने र स्वासप्रस्वास दिने’ काम लाई ‘हृदय-फोक्सो पुनर्जागरण’ (CPR) प्रक्रिया भनिन्छ ।
नोट: यो जानकारी सचेतनाका लागि हो । (डर बडाउनका लागि होइन।) र आधिकारिक चिकित्सकीय सेवा/परामर्श को प्रतिस्थापन गर्नका लागि होईन । विस्तृत जानकारीका लागि सम्बन्धित वेवपेजमा हेर्नुहोला वा नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी कहाँ सम्पर्क गर्नुहोला। झैँझगडा, विष सेवन, दुर्घटना … आदि कुरामा नजिकैको प्रहरी सेवाको सहयता लिनुपर्छ ।
सान्दर्भिक पाठ्य सामग्रीहरू
१. बी बी सी : प्राथमिक उपचार
2. डेभिड बर्नर : डाक्टर नभएमा
३. विकिपेडिया: प्राथमिक उपचार
४. एअर युनिभर्सिटी, अमेरिका : प्राथमिक उपचार पुस्तिका
५. विद्यार्थी स्वास्थ्य सेवा, हंगकंग: दुर्घटना रोकथाम