निर्मलको नेपाली ब्लग - Nirmal's Information Technology Blog
  • सूचना प्रविधि
  • सामाजिक संजाल
  • विचार
  • मिडिया
  • वेब
  • कथा
  • सम्पर्क
Home » विचार » प्राथमिक उपचार (First Aid)
Jan23 0

प्राथमिक उपचार (First Aid)

Posted by शिवराम खतिवडा in विचार, स्वास्थय

Pin It

First Ad Treatment Nepalहाम्रो जीवनमा जुनसुकै बेला जे पनि हुन सक्छ । दैनिक जीवनमा हुनसक्ने समस्यामा तत्कालै सकारात्मक सहायता के हुनसक्छ भन्ने आधारभूत जानकारी सबैलाई हुनु पर्छ । प्राथमिक उपचार समन्धी ती आधारभूत कुरालाई यहाँ संक्षिप्त रुपमा र सक्दो सरल भाषामा प्रस्तुत गर्ने कोसिस गरिएको छ ।

कुनै आकस्मिक घटना पछि र खास उपचार उपलब्ध हुनु पुर्व बिरामीलाई जीवन रक्षाका लागि र जटिलता कम गर्नका लागि तत्कालै दिइने युक्तिपुर्वक सहायता (वा हेरचार) लाई प्राथमिक उपचार भनिन्छ ।

प्राथमिक उपचारले गर्दा चोट/चोट बढ्ने प्रक्रिया घट्छ र उपचारमा सहयोग पुग्छ । युक्तिपुर्वक प्रथामीक उपचार दिन नसकेमा रोग/चोट जटिल बन्ने सक्छ । र कहिलेकहिँ ज्यान समेत जोखिममा पर्न सक्छ । तसर्थ प्राथमिक उपचार सम्बन्धि ज्ञान सबैमा हुनु जरुरि छ ।

जुनसुकै काम गर्दा सबै व्यक्तिले सचेतना अपनाउनु पर्छ । गर्ववती, बालबालिका, वृद्ध र गाह्रो साह्रो काम गर्ने व्यक्तिहरु लगायत सबैले विशेष ध्यान पुर्वक काम गर्नु पर्छ ।

गाउघरमा सबैको पहुचमा/नजिकै तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, स्ट्रेचर, एम्बुलेन्स, आवस्यक पर्दा सहयोग गर्ने व्यक्तिहरू … आदि कुरा उपलब्ध हुनु राम्रो हुन्छ । स्वास्थ्यसंस्था वा एम्बुलेन्समा कम्तिमा प्राथमिक उपचार जान्ने १ जना हुनु एकदमै राम्रो ।  र अन्य आवस्यक सामग्री जस्तै- अक्सिजन, सलाइन पानी आदि भएमा झनै राम्रो ।

सामान्य जानकारीका लागि प्राथमिक उपचारको विषयवस्तुलाई निम्न शिर्षकमा प्रस्तुत गरिएको छ:

१. चोट पटक २. रक्तस्राव ३. गर्ववती र सुत्केरी अवस्थामा  ४. तातोले पोल्नु/डड्नु ५. चिसोले खाएमा ६. लु लागेमा (अति तातो लागेमा) ७. पानीमा डुबेमा ८. लेक लागेमा ९. रेबिज भएको जनावरले टोकेमा १०. विष ११. सर्पको टोकाई १२. नाक कान घाटी आँखा आदि मा बाह्य वस्तु परेमा, १३. जीवन रक्षाको क ख ग

 

१. चोट पटक:

First Aid Injuryसामान्य चोट पटक प्राय सबैलाई जे सुकै काम मा पनि हुन सक्छ । त्यसैले जे काम मा पनि पुर्व-साबधानी लिनु पर्ने हुन्छ ।

जीवित वस्तुको सामान्य अवस्थामा क्षति पुग्नुलाई चोट भनिन्छ । चोट पछिको अवस्था लाई घाउ भनिन्छ । घाउ वा चोट सामान्य देखि जटिल सम्मका हुन सक्छन । बेलैमा यसको राम्रो हेरचार  तथा उपचार गर्नाले निको हुन्छ ।

चोट गराउने कारक तत्व का आधारमा चोट-पटक लाई निम्न अनुसार बर्गीकरण गर्न सकिन्छ :

क. भौतिक चोटपटक:

विभिन्न परिस्थिमा विभिन्न कारणले प्रायजसो हुनसक्ने जस्तै – लडेर, हातहतियारले लागेर हुने चोट पटक यस अन्तर्गत पर्दछन ।

ख. तापको कारण हुने चोटपटक:

धेरै चिसो वा धेरै तातोले गर्दा हुने चोट पटक यस अन्तर्गत पर्दछन ।

ग. रासायनिक कारणले हुने चोटपटक:

वस्तुहरुको अम्लीय – क्षारीय आदि गुणले हुने चोट यस अन्तर्गत पर्दछन ।

घ. अन्य कारणले हुने:

विद्युत, चट्यांग, एक्स-रे जस्ता विकिरण आदिले हुने चोट पटक यस अन्तर्गत पर्दछन ।
चोट-पटक को प्राथमिक उपचार:

  • असुरक्षित स्थान बाट सुरक्षित स्थान मा जाने/लाने
  • रगत बगेको रोक्ने प्रयास गर्ने । जस्तै: कपडा वा हात ले थुन्ने । हात खुट्टा को चोट छ भने मुटु भन्दा माथि उठाउने ।
  • विद्युतीय वस्तु सगको जोखिम रहेको अवस्थामा अचालक वस्तु जस्तै- ओभानो कपडा, रवर आदि को प्रयोग गर्ने ।
  • केहि वस्तु शरीर भित्र गडेको छ भने तत्काल नझिक्ने । असर गर्ने वस्तु सतहमै भएमा सफा पानीले सफागर्ने ।
  • हाड भाच्चिएमा वा शंका लागेमा उक्त भाग लाई नचलाउने, आराम गराउने ।
  • टाउको, घाटी वा ढाडका हाडमा असर परेमा (वा परेको शंका लागेमा):
  • आराम राख्ने; घाटी-टाउको-ढाड लाई नचलाउने, हल्लिन नदिने । शान्त वातावरण मा राख्ने ।
  • तुरुन्तै नजिकै को स्वास्थ्य संस्थामा लैजाने । आवस्यक परेमा विशेषज्ञ सुबिधा पाइने ठाउमा जाने / लाग्ने ।

२. रक्तस्राव:

First Aid Bleedingशरीरबाट अप्राकृतरुपले रगत बाहिर निस्कनुलाई रक्तस्राव भनिन्छ ।

रक्तस्रावको प्रकार:

  • धमनी -  धमनीबाट निस्केको रगत सफा रातो हुन्छ । यसको फोहोरा सिधा तिखो हुन्छ ।
  • शीरा – शीराबाट निस्केको रगत कालो, रातो हुन्छ । यसको वहाव ठिक्क मात्रको हुन्छ ।
  • शीराजाल – को रगत रातो हुन्छ, र यो रसाईरहेको जस्तो गरि चुहिरहेको हुन्छ ।

रक्तश्रावको रोकथाम:

  • बाह्य: विभिन्न चोट पटक वा कुनै रोगका कारण बाह्य रक्तश्राव हुन सक्छ ।
    • सफा कपडाले वा हातले थिच्ने ।
    • चोट हात वा खुट्टामा भएमा हात/खुट्टा लाई उच्चालने ।
    • कुनै वस्तु गाडेको भएमा नझिक्ने ।
    • स्वास्थ्यकर्मी वा स्वास्थ्य सुविधा भएको ठाउमा मा जाने/लाग्ने र उपयुक्त सेवा लिने ।
  • भित्रि: विभिन्न आन्तरिक रोग/समस्याका वा कुनै चोटपटक कारण आन्तरिक रक्तश्राव हुनासक्छ ।
    • मुख, नाक, कान, गुद्-द्वार, योनी आदि स्थान बाट रगत आएको भएमा समयमै स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीकोमा गइ/लगि अवस्यक परामर्श र सेवा लिने ।

३. गर्ववती र सुत्केरी अवस्थामा : 

First Aid Pregnant Womenगर्ववती (९ महिना) र सुत्केरी अवस्था जीवनका महत्वपूर्ण क्षण हुन् । यस समयमा उपयुक्त हेरचारको जरुरत पर्दछ । आमा र बच्चाको हेरचारमा -आवस्यक पोषण, सरसफाई, आराम, हल्का हिड्डुल, आत्मियता, बेलाबेलामा स्वास्थ्य परिक्षण, परामर्श, उपयुक्त/हितकर औषधिको सेवन, आगामी दिनका लागि पुर्व तयारि गर्ने … आदि पर्दछन्।

    • खाना- आमा र बच्चाको स्वास्थ्य र विकासलाई ख्याल गरेर उपयुक्त भोजन गर्नु/गराउनु पर्छ । खाना मनपर्ने र सजिलै पच्ने पनि हुनु पर्छ । पटक पटक ठिक्क मात्रामा खाइरहने गर्नु पर्छ । खाना आवस्यक पोषक तत्व युक्त हुनु पर्छ । दाल, भात, सागसब्जी, गेडागुडी, दुध, अन्डा, फलफुल … आदि सामान्य खानाले नै धेरै जसो पोषक तत्वको पूर्ति गर्दछन । थप पोषक तत्व चाहिएमा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम फोलिक एसिड, क्यल्सियम, फलाम (आइरन) आदि लिन सकिन्छ । चुरोट, रक्सि ले आमा र बच्चा लाई राम्रो गर्दैन । औषधि आवस्यकपरेमा चिकित्सकको सल्लाह बमोजिम मात्र लिनेगर्नु पर्छ ।
    • काम- गाह्रो साह्रो काम गर्नु हुदैन । हल्का हिड्डुल, सामान्य काम, आराम, उपयुक्त व्यायाम गर्नु राम्रो मानिन्छ । मानसिक तनाव नहुने/नगराउने वातावरण राम्रो मानिन्छ । स्वाभाविकरुपले यस्तो अवस्थामा महिलाहरू मानसिकरुपमा कौतुहल भएका हुन्छन र जसले गर्दा कहिले कहिँ तनाव वा झिजो महसुस गर्न सक्छन । उनीहरुलाई सहयोग र सद्भाव दिनु आवस्यक हुन्छ । पहिलो तिन महिना र अन्तिम डेढ महिना शारीरिक सम्पर्क नगर्नु उपयुक्त मानिन्छ ।
    • निन्द्रा- सामान्यतया कम्तिमा १० घण्टा (दिनमा २ घण्टा र रातमा ८ घण्टा) । विशेषगरि अन्तिम महिनाको समय बढी चाहिन्छ ।
    • कपडा- हल्का, न्यानो, खुकुलो खाले कपडा लगाउनु पर्छ । ठुलो हिल भएको जुत्ता चप्पल लगाउनु हुदैन ।
  • गर्वावस्थामा पटक पटक स्वास्थ्य स्वास्थमा गइ स्वास्थ्यकर्मी सग आवस्यक सल्लाह सुझाव तथा जाचबुझ गर्नु पर्छ । जसले गर्दा आमा र बच्चाको स्वास्थ्य राम्रो हुन पाउछ ।
  • तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा वा सुबिधा युक्त स्वास्थ्य-संस्थामा सुत्केरी गराउनु राम्रो हुन्छ । नेपाल सरकारले सरकारी स्वास्थ्यसंस्थामा सुत्केरी गराएमा अवस्यक यातायात खर्च दिने गरेको छ । आवस्यक खर्चका लागि केहि रकम, आवस्यक पर्दा रगत दिनसक्ने केहि व्यक्ति, यातायातको साधन … आदिको पुर्व तयारि गरिनु पर्दछ ।

४. तातोले पोल्नु/डड्नु:

First Aid Burnआगो, तातो वस्तु, कुनै रसायन, यन्त्र आदिको उच्च तापक्रम वा रासायनिक गुणको कारण पोल्ने वा डड्ने हुन सक्छ । पोल्दा हल्का छाला देखि भित्रि अंग सम्ममा आसार गरेको हुन सक्छ । टाउको लगायतका महत्वपुर्ण अंगमा असर गरेको हुनसक्छ । थोरै देखि धेरै स्थानमा असर गरेको हुनसक्छ ।

  • खतरायुक्त स्थानमा रहेकालाई(ले) सावधानी पुर्वक सुरक्षित स्थानमा लग्ने(जाने)।
  • स्वासप्रस्वास मार्ग (नाक, मुख) खुला राख्ने । स्वासप्रस्वास सहज हुन दिने । सहज रक्त संचार हुन दिने । (यो कुरा सबैजसो अवस्थामा आवस्यक नहुनसक्छ तर पनि यो कुरा ख्याल गर्नु आवस्यक हुन्छ।)
  • पोलेको ठाउमा लगातार सफा चिसो पानी हाली रहने ।
  • फोकाहरू नफोर्ने । पिउन सकेमा पटक-पटक पानी पिउने/पिलाउने । प्रभावित व्यक्तिमा पिसाब कम हुन नदिनुलाई राम्रो मानिन्छ ।
  • जतिसक्दो चाडो स्वास्थ्य संस्थामा गइ आवस्यक उपचार लिनु पर्छ ।

५. चिसोले खाएमा

First Aid Frostbiteचिसो मौसम र चिसो स्थानमा काम गर्ने व्यक्तिहरू चिसो बाट बढी प्रभावित हुने गर्छन । औला, खुट्टा, कान, अनुहार आदिमा चिसोले खान सक्छ । प्रभावित अंगको चेतनामा कमि हुनु, चिसो हुनु, कडा हुनु आदि लक्षण देखा पर्दछन ।

  • चिसो ठाउँ बाट हटाउने/हट्ने । मनतातो वा तातो झोलकुरा प्रसस्त पिउने/पिलाउने, न्यानो कपडाको प्रयोग ।
  • चिसोले असर गरेको भागलाई जोगाउने, अन्य चोट पटक लाग्न नदिने ।
  • प्रभावित भाग सफा राख्ने । समयमै स्वास्थ्य संस्थामा गइ उपयुक्त औषधि गर्ने  ।

६. लु लागेमा (अति तातो लागेमा):

First Aid Heat Exhaustionउच्च ताप भएको वातावरणमा बस्ने/काम गर्ने व्यक्तिमा उच्च तापको असर देखापर्छ । प्राय: ४० डिग्री भन्दा बढी तातोले स्वास्थ्यलाई नराम्रो असर देखाउने गर्छ ।

  • प्रभावित व्यक्तिलाई शितल स्थानमा लग्ने/जाने।
  • प्रसस्थ पानी/झोलिलो कुरा पिउने/पिलाउने। शितल पानीले नुहाउने।
  • आवस्यक परेमा स्वास्थ्य संस्थामा गइ सेवा लिने।

 

७. पानीमा डुबेमा

 

First Aid Drowningअसुरक्षित पानीको स्रोत नजिक काम गर्दा वा खेल्दा पानीमा डुब्न सक्ने सम्भावना हुन्छ । तसर्थ पानी पोखरी, कुवा, खोला आदि स्थानमा राम्रो बारलगाउनाले, बालबच्चाहरुको ध्यान दिनाले र सावधानीसाथ काम गर्दा दुर्घटनाहुन बाट जोगिन सकिन्छ ।

  • डुबेको व्यक्तिलाई सावधानीसाथ सुरक्षित तवरले निकाल्ने र सुरक्षित स्थानमा राख्ने । विशेष गरि तालिम प्राप्त व्यक्ति वा सुरक्षा निकायको सहयोग हुनसकेमा राम्रो हुन्छ ।
  • उतानो सुताउने । नाक मुखमा केहि वस्तु भएमा हटाउने । चिउडो उठाउने । स्वास फेर्न सहज बनाउने । राम्रो स्वास फेर्न सकेको छैन भने ‘मुखामुख’ तरिका वा ‘मास्क व्यग’ को प्रयोगले स्वास फेराउने ।
  • घाटि वा ढाडमा चोट पटक भएमा (वा भएको शंका लागेमा) हलचल नगराउने ।
  • न्यानो बनाउने। तुरुन्तै स्वास्थ्य संस्थामा लाग्ने ।

८. लेक लागेमा

उच्च हिमाली भेगमा जादा उचाइका कारण यस्तो समस्या हुन सक्छ । विशेष गरि छिटोछिटो गरि- जस्तै हवाइजहाज बाट जादा। यो समस्या उचाईमा गएको ६ देखि २४ घण्टा भित्र देखा पर्न सक्छ । उचाईमा अक्सिजनको मात्र कम हुने र शरीर त्यहाको वातावरणमा घुलमिल भईनसक्दाको कारणले यस्तो  ।

लक्षण: टाउको दुख्ने, थकाई लाग्ने, वान्त आउन खोज्नु, वान्त आउनु, खान मन नलाग्नु, रिंगटा लाग्नु, निन्द्रा कम लाग्नु, हात खुट्टा सुनिनु आदि ।

रोकथामका लागि उचाई मा जानु भन्दा पहिला राम्रो तयारी गर्नु पर्छ । चिकिसकको परामर्श लिएर जानु राम्रो हुन्छ । र एक्लै जानु भन्दा समुहमा जानु राम्रो हुन्छ । नजिकै उपलब्ध हुनसक्ने स्वास्थ्य संस्था के के छन् पहिल्यै जानकारी लिनु पर्छ ।

  • लेक लागेमा कम उचाईमा झर्ने पहिलो काम हो । त्यसपछि आराम गर्ने । अन्य कुरा स्वास्थ्यकर्मी वा अनुभवि व्यक्तिको सल्लाह बमोजिम गर्ने।

९. रेबिज भएको जनावरले टोकेमा

First Aid Dog Biteरेबिज एक् प्राण घातक समस्या हो । तसर्थ जोसुकै सचेत हुनु पर्छ । विशेष गरि संक्रमित कुकुरले टोकेमा रेबिज हुने गर्छ । कहिले कहिँ अन्य संक्रमित जनावर र संक्रमित मान्छेको कारणले पनि रेबिज हुनेगर्छ । तसर्थ सबै कुकुरहरू लाई खोप दिनु पर्छ । अन्य जनावरको पनि हेरचार गरिनु पर्दछ । शंका लागेमा पशु चिकित्सक को सल्लाह लिनु पर्छ। संक्रमित कुकुरले अस्वभाविक लक्षण देखाउछन् र अन्दाजी १० दिन जतिमा मर्छन । रेबिजविरुद्दको खोप सरकारले नि:शुल्क उपलब्ध गराउदछ ।

कुकुरले टोकेमा – घाउ भएको भागलाई साबुन पानी वा सफा पानीले कम्तिमा पनि ५ मिनेट सम्म सफा गर्ने । रगत धेरै बगेमा सफा कपडाको टुक्राले वा सफा हातले ठिक्क मात्रमा थिचेर रगत बग्न रोक्ने । टिटानस विरुद्धको खोप लिने । तुरुन्त स्वास्थ्य संस्थामा गइ रेबिज विरुद्धको खोप र अन्य आवस्यक उपचार लिने ।

१०. विष

First Aid Poisoningथोरै मात्रामा सेवन गर्दा/हुदा पनि हानि गर्न सक्ने सबै वस्तु लाई विष मानिन्छ । विष मिसिएका वस्तुहरू, कतिपय औषधि, संक्रमित खानेकुरा, अन्य उपयोगमा आउने वस्तुहरू, विषाक्त वनस्पति/जडिबुटी आदि पनि विषयुक्त हुनसक्छ । विषजन्य वस्तु ठोस, तरल वा ग्यास जे अवस्थामा पनि हुनसक्छ ।

घरमा विष र खानेकुरा सगै राख्नु हुदैन । विषलाई यसकै भाडोमा राख्नु पर्छ । त्यसमा लेखिए जानकारी पत्र पढेर मात्रै प्रयोग गर्नु पर्छ । त्यसमा लेखिएका कागजपत्र हटाउनु हुदैन । खेतिपातीमा विष हाल्दा, घरको रंग रोगन गर्दा, मेशिनको काम गर्दा, शरीर ढाक्नेगरि कपडा लगाउनु पर्छ । मुखमा मास्क लगाउनु पर्छ । आफ्नो पेशामा गर्नु पर्ने सावधानी सबै गर्नु पर्छ । थाहा नभएको वस्तु प्रयोग गर्नु हुदैन । इनार तथा गुफाहरूमा जादा अक्सिजन सहित जानु पर्छ ।

आधिकारिक विक्रेता बाट मात्र निश्चित उपयोगका लागि मात्र विष किन्नु पर्छ । विष उत्पादक कम्पनि ले स्थानीय भाषामा सबैले बुझ्ने गरि प्रयाप्त जानकारी लेखिएको पुस्तिका विषसहित उपलब्ध गराउनु पर्छ । प्रतिबन्धित विषको विक्री वितरण गर्नु हुदैन । चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्नु हुदैन ।

बालबच्चालाई विषको सम्पर्क बाट टाढा राखिनु पर्छ । नाचिनेको खानेकुरा, जीवजन्तु, बोटविरुवा, फलफुल आदिको प्रयोग गर्नु हुन्न । आत्महत्या गर्ने मनासय भएको व्यक्तिलाई  ख्याल गरिनु पर्छ । तनाव व्यवस्थापन र प्राथमिक उपचारको आधारभूत ज्ञान हुनुपर्छ ।

  • सावधानीसाथ जोखिमयुक्त स्थानबाट सुरक्षित ठाउमा लग्नु/जानु पर्छ। सफा, शान्त, राम्रो सास फेर्न सकिने स्थानमा राख्नु पर्छ । नाक मूखबाट स्वासप्रस्वास हुन दिनु पर्छ/सहज बनाउनु पर्छ ।
  • बाहिरी अंगमा प्रभावित भएमा सफा पानीले सफा गर्नु पर्छ । विषको असर भएका कपडा हटाउनु पर्छ ।
  • तुरुन्तै सेवा पाइने स्वास्थ्य संस्थामा लग्नु/जानु पर्छ । विष विशेषको उपचार फरक फरक हुन्छ । प्राप्त भएसम्म सम्भावित विष, विषको भाडो/कागजपत्र स्वास्थ्यकर्मी/चिकित्सक लाई दिनु पर्छ ।

११. सर्पको टोकाई

First Aid Snake Biteनेपालमा पाइने हजारौ प्रजातिका सर्प मध्ये करिब २५० मा मात्र विष पाइन्छ । कोब्रा, करेत, भाइपर जातिका सर्प विषालु हुन्छन। सबै सर्प विषालु हुदैनन । सर्पले टोकेमा टोकेको ठाउमा सानो घाउ हुन्छ। टोकेको भागमा वा पुरै शरीर मा असर देखाउन सक्छ । दुख्ने, सुन्निने, झमझमाउने, टाउको दुख्ने, रिंगटा लाग्ने, रगत बग्ने आदि लक्षण देखा पर्न सक्छन ।

जोगिनका लागि – हिड्डुल गर्दा, काम गर्दा ध्यान पुर्वक गर्ने । रातको समयमा भन्दा दिनको समयमा काम गर्ने ।

सर्पले टोकेको खण्डमा- नआत्तिने, नअत्याउने, टोकेको ठाउमा सफा  पानीले सफा गर्ने । टोकेको ठाउँ भन्दा केहि माथि रुमालजस्तो वस्तुले बाध्ने, डाम बस्ने गरि कस्नु हुदैन । सर्पले टोकेको ठाउमा काट्ने, चुस्ने नगर्ने । सुबिधा युक्त अस्पताल/स्वास्थ्य संस्थामा तुरुन्त लग्ने/जाने ।

१२. नाक-कान-घाटी-आँखा आदिमा बाह्य वस्तु परेमा

First Aid प्रायजसो काम गर्दा वा केटाकेटीहरूले खेल्दा वा अन्य अवस्थामा नाक, कान, घाटी, आखामा धुलो, कागज/काठ का टुक्रा, एसिड(अम्ल), क्षार, खाने कुरा, पैसा लगाएतका विभिन्न हानिकारक वस्तुहरू पर्न सक्छन । प्रभावित अंगमा पिडा हुने र त्यस अंगको काममा बाधा पार्छ। यसले गर्दा अन्य भागमा पनि प्रभाव पार्छ ।

प्रथमत जोगिनका लागि काम गर्दा सावधानी पुर्वक काम गर्ने । केहिवस्तु गडेमा त्यसलाई नझिक्ने सुरक्षित साथ स्वास्थ्य संस्थामा जाने/लाग्ने र आवस्यक सेवा लिने ।

  • नाकमा- केहि वस्तु परेमा नतान्ने, नठेल्लने र तुरुन्तै स्वास्थ्य संस्थामा जाने।
  • कानमा- केहि वस्तु परेमा नतान्ने र नठेल्लने, किराहरु छिरेमा सफा तेल हाल्ने र तुरुन्तै स्वास्थ्य संस्थामा जाने।
  • घाटीमा- केहि ठोस वस्तु परेमा नतान्ने र नठेल्लने र तुरुन्तै स्वास्थ्य संस्थामा जाने।
  • आँखामा- केहि वस्तु परेमा सफा पनि ले आँखा सफा गर्ने । माड्ने काम नगर्ने । तुरुन्तै स्वास्थ्य संस्थामा जाने।

१३. जीवन रक्षाको क ख ग …..  A B C  (स्वासप्रस्वास र रक्त संचार)

सबै प्राथमिक उपचारमा यो कुरा ख्याल गर्नु पर्छ ।

A- Airway स्वास-प्रस्वासको बाटो खुल्ला हुनु पर्छ । नाक, मुख, स्वास नलि …. आदि ।

B- Breathing स्वासप्रस्वास क्रिया भईरहनु पर्छ ।

C- Circulation रक्त संचार भईरहनु पर्छ । (मुटु धड्कन र नाडी संचालित छ वा छैन?)

रगतको मध्यम बाट मस्तिक, मृगौला लगायतका प्रमुख अंगले अक्सिजन, पानी र पोषण पाउने गर्दछन । फोक्सोबाट अक्सिजन शरीर/रगत भित्र पस्ने र कार्बनडाइअक्साइड ग्यास बाहिर जाने गर्छ । प्रायजसो अस्पतालहरुमा दिइने सलाइन आदि कुराले रक्त संचार सुचारु राख्नका लागि मद्धत गर्छ । र अक्सिजन, भेन्टिलेटर आदिले स्वासप्रस्वास सुचारु राख्नका लागि मद्धत गर्छ । मुटु र स्वासप्रस्वास बन्द भएको खण्ड मा पुन संचालनमा ल्याउन तत्कालै ‘छातीमा नियम पुर्वक थिच्ने र स्वासप्रस्वास दिने’ काम लाई ‘हृदय-फोक्सो पुनर्जागरण’ (CPR) प्रक्रिया भनिन्छ ।

नोट: यो जानकारी सचेतनाका लागि हो । (डर बडाउनका लागि होइन।) र आधिकारिक चिकित्सकीय सेवा/परामर्श को प्रतिस्थापन गर्नका लागि होईन । विस्तृत जानकारीका लागि सम्बन्धित वेवपेजमा हेर्नुहोला वा नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी कहाँ सम्पर्क गर्नुहोला। झैँझगडा, विष सेवन, दुर्घटना … आदि कुरामा नजिकैको प्रहरी सेवाको सहयता लिनुपर्छ ।

सान्दर्भिक पाठ्य सामग्रीहरू 

१.  बी बी सी : प्राथमिक उपचार

2. डेभिड बर्नर : डाक्टर नभएमा

३. विकिपेडिया: प्राथमिक उपचार

४. एअर युनिभर्सिटी, अमेरिका : प्राथमिक उपचार पुस्तिका

५. विद्यार्थी स्वास्थ्य सेवा, हंगकंग: दुर्घटना रोकथाम

Pin It

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

नमस्ते!

Nepali Blogger Nirmal's Nepali Blogमेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।

नयाँ पोस्टहरु

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु
  • व्यायामको आवश्यकता र नगर्नेको बहाना
  • यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
  • के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
  • हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • कसरी फल्छ डलर? [साप्ताहिक]
  • मैले पनि शुरु गरें, नेपाली ब्लग !
  • सोसिअल नेटवर्क जागिरको भाड़ो
  • साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
  • फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
  • घरमै फल्छ डलर [साप्ताहिक]

मुख्य ब्लगका समूहहरु

  • Web Designing
  • Web Development
  • Web Programming
  • Web Marketing
  • .np domain registration
  • Search Engine Optimization
  • Information Technology News
  • Open Source CMS
  • Joomla CMS
  • WordPress CMS
  • Drupal CMS
  • Online Job

केहि महत्वपूर्ण पोस्टहरु

  • Top Most Popular and Useful Nepali Sites of 2011
  • Top 15 Free Open Source Content Management systems (CMS)
  • What is an Open Source Content Management System?
  • How to submit a site to the Open Directory?
  • How to write killer article titles
  • Top 10 Most Popular Sites of Nepal
  • What’s New in Drupal 7?
  • What is .np Domain?
  • Track your website traffic and statistics using Google Analytics
  • Nepal Government to monitor .NP domain registration

निर्मलका अन्य ब्लगहरु

  • Information Technology Blog
  • WordPress Blog
  • Drupal Blog
  • Nepali Blog
  • Travel Photo Blog
  • Modeling Portfolio

सामाजिक सञ्जालमा निर्मल

  • Facebook
  • Twitter
  • Google Plus
  • Stumbleupon
  • LinkedIn
  • Youtube
  • Xing

नयाँ कमेन्टहर

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
  • laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?

फेसबुकका चहलपहल

ब्लगका समुहहरु

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लग समूह

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लगक कमेन्टहरु

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

ब्लगका टुक्रा टाक्री

आइटी आउटसोर्सिंग काठमाडौँ काठमाण्डौ कुकुर गूगल गूगल एड्सेंस जागिर ट्विटर डलर धामी-झाक्री निर्मल नेपली भाषा नेपाल नेपाली ब्लग नेपाली ब्लगर पार्टी फेसबुक फ्रील्यान्सर फ्रील्यान्सिंग बिंग ब्लग ब्लगर ब्लगिंग याहु योग रोजगारी लिंक्ड इन लोडशेडिंग वेब वेब डिजाइन वेब डिजाइन इन्सटिट्युट वेब डिजाइनिंग वेब प्रोग्रामिंग वेब फ्रील्यान्सिंग व्यायाम संबिधान सर्च इन्जिन सर्च इन्जिन अप्टिमाइजेसन साइबर संचार साप्ताहिक सामाजिक संजाल सुचना प्रविधि सूचना प्रविधि स्वास्थ्य

भर्खरैका पोस्ट

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु

© Copyright 2011 Nirmal Gyanwali, All Rights Reserved.