निर्मलको नेपाली ब्लग - Nirmal's Information Technology Blog
  • सूचना प्रविधि
  • सामाजिक संजाल
  • विचार
  • मिडिया
  • वेब
  • कथा
  • सम्पर्क
Home » वेब » वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
Feb12 9

वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस

Posted by निर्मल in वेब, सामाजिक संजाल, सूचना प्रविधि

Pin It

How to create website with wordpress CMS, a web softwareके तपाइँ आफ्नो व्यक्तिगत वा कम्पनीको साइट बनाउने सोंच बनाउनु भएको छ?

यदि चाहना हुँदा-हुदै पनि कँहा गएर बनाउने ? कसरि बनाउने? धेरै पैसा खर्चिनु पो पर्ने हो की? भन्ने आदि-इत्यादि दुविधाहरुमा पर्नु भएको छ भने, “वर्डप्रेस – नि:शुल्क वेब सफ्टवेयर” तपाइकोलागि सबै भन्दा उपयुक्त माध्यम बन्न सक्छ । यो एउटा बहुचर्चित ओपन सोर्स र फ्री ब्लगिंग सफ्टवयेर हो,  जसबाट तपाइँले सजिलै, छिटो र आफ्नो आवश्यकता अनुसारको वेबसाइट बनाउन सक्नुहुन्छ ।

पर्सनल ब्लग, व्यक्तिगत वेबसाइट देखि लिएर कम्पनीका ठुला-ठुला वेबसाइटहरु बनाउनको लागि अत्याधिक प्रचलनमा आएको नाम हो, वर्डप्रेस ।  विकिपेडियाका अनुसार इन्टरनेटको दुनियामा हाल बनिरहेका २२% भन्दा बढी वेबसाइट यसमै आधारित छन् र हालसम्म ६ करोड भन्दा बढी प्रयोगकर्ताहरुले यसको माध्यमबाट आफ्नो साइट बनाइसकेका छन् । यो इन्टरनेटमा उपलब्ध कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुमा सबै भन्दा चर्चित नाम हो र अन्य वेब सफ्टवेयरहरु भन्दा छोटो समयमा सिक्न र आफ्नो वेबसाइट तयार पार्नको लागि प्रख्यात छ  ।

यदि तपाइँले व्यवसायिक रुपमा नै वेब डिजाइन गरेर आफ्नो करिअर बनाउने सोंच बनाउनु भएको छ भने थप जानकारीका लागि मेरो पहिलेको पोस्टमा क्लिक गर्नुहोस्: के हो वेब फ्रील्यान्सिंग?,  घरमै फल्छ डलर, कसरी फल्छ डलर?

सामान्यतया, यो धेरै मानिसहरुले आफ्ना लेखहरु र फोटो अपडेट गर्नको लागि मात्र प्रयोग गरेको पाइन्छ, तर यसको क्षमता त्यति मात्र सिमित नभएर ठुला-ठुला फोटो ग्यालरी, सपिंग, पत्र-पत्रिका, स्कुल-कलेज, सरकारी तथा गैरसरकारी सस्थाहरुको साइट बनाउनको लागि पनि प्रयोग गर्न सकिन्छ । अझ भन्नु पर्दा तपाइँको आवश्यकता अनुसार जस्तो सुकै वेबसाइट पनि तयार पार्न सक्नु हुन्छ । र यदि तपाइको आवश्यकता साधारण छ भने यसको लागि तपाइले कुनै वेब कम्पनि वा वेब डेभलपरलाई पैसा तिरिरहनु पर्दैन । केहि साधारण स्टेपहरु बाटै तपाइँ एक घण्टा भन्दा कम समयमै आफ्नो साइट तयार पार्न सक्नुहुन्छ र एक पटक बनाइ सकेपछि पनि तपाइँले आफुले चाहेको बेलामा आफ्नो सुचना, तस्विरहरु थपघट गर्न सक्नुहुन्छ । मानौ तपाइँ एउटा गैर-सरकारी सस्था संचालन गरिरहनु भएको छ भने, समय-समयमा भइरहने संस्थाका कार्यक्रमहरुको जानकारी, आफ्ना सदस्यहरुलाई निमन्त्रणा, कार्यक्रमका तस्विर, भिडियो, अडियो आदि सम्पूर्ण जानकारीहरु चाहेको बेलामा थप्ने, परिवर्तन गर्ने र हटाउने गर्न सक्नुहुन्छ । र अर्को एउटा खुशीको कुरा के छ भने यदि तपाइँ आफ्नो सस्था वा कम्पनिको जानकारी कसैले गुगल वा अन्य सर्च इन्जिनमा खोज्दा सजिलै फेला परोस भन्ने चाहानुहुन्छ भने पनि यो एउटा राम्रो माध्यम बन्न सक्छ । किनभने यसको सरचना बनाउदा नै सर्च इन्जिनहरुलाई एकदमै ध्यान दिएर बनाइएको छ, तपाइँले थप मेहनत गरिरहनु पर्दैन । सर्च इन्जिन भनेको के हो र यस्ले कसरि काम गर्छ जान्न चाहानुहुन्छ भने यो लिंकमा क्लिक गर्नुहोस् : के हो सर्च इन्जिन अप्टिमाइजेसन?

वर्डप्रेसको प्रमुख बिशेषता भनेको यो थिम र प्लगिनमा आधारित सिस्टम हो । यदि तपाइँ यसमा नयाँ हुनुहुन्छ भने यी शब्दहरु सुन्दा अचम्म लाग्न सक्छ । के हुन् यी थिम र प्लगिन? यसलाई साधारण रुपमा भन्नुपर्दा थिम भन्नाले जुन एउटा साइट हेर्दा तपाइँले आकर्षक रंग,  डिजाइन र अक्षरहरुको संयोजन देख्नु हुन्छ, त्यसलाई नै थिम भानिन्छ । तपाइँले आफ्नो कन्टेन्टहरुलाई केहि बिगार नगरी एक क्लिकको भरमा सजिलै आफ्नो डिजाइन परिवर्तन गर्न सक्नुहुन्छ । जसको लागि तपाईले आफ्नै थिमहरु बनाएर राख्न सक्नुहुन्छ या अनलाइनबाट आवश्यक नि:शुल्क थिमहरु डाउनलोड पनि गर्न सक्नुहुन्छ । मानौ, तपाईलाई नयाँ वर्षको उपलक्ष्यमा आफ्नो साइटलाई रंगी-चंगी बनाउनु मन लाग्यो भने एक क्लिकमै साइटको सम्पूर्ण रुप-रेखा नै परिवर्तन गर्न सक्नुहुन्छ । र अब आयो प्लगिनको कुरा, प्लगिन वर्डप्रेसको एउटा यस्तो प्रख्यात र महत्वपुर्ण फिचर हो, जस्ले तपाइँका अतिरिक्त आवश्यकताहरु पूरा गर्न सहयोग गर्छ । यदि तपाइँलाई वर्डप्रेसले दिएका सुबिधाहरु भन्दा थप केहि क्रियाकलापको आवश्यकता भयो भने तपाइले प्लगिन बनाएर प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणको लागि तपाईलाई आफ्नो फेसबुकको लाइक बटनलाई हरेक लेखको अन्त्यमा राख्नु पर्यो भने तपाइँले प्लगिनको सहयोग लिन सक्नुहुन्छ । तपाइँ अलिकति अलमलमा पर्नु भयो होला, अब त्यो प्लगिन कहाँ बाट बनाउनु? धेरै जसो तपाइँले सोच्नु भएका कुराहरु बनाइरहनु नै पर्दैन, वर्डप्रेसकै आधिकारिक वेबसाइटमा नै हजारौ यस्ता प्लगिनहरु उपलब्ध छन् । जुन तपाइँ नि:शुल्क प्रयोग गर्न सक्नुहुन्छ  ।

वर्डप्रेस बाहेक पनि वेबसाइट बनाउन मिल्ने धेरै तरिकाहरु छन्, यदि तपाइँ अन्य तरिकाहरु पनि सिक्न चाहानुहुन्छ भने मेरो यो पहिलेको पोस्टमा क्लिक गर्नुहोस्: कसरी सिक्ने वेब डिजाइनिंग?

वर्डप्रेसको प्रयोग बाट तपाइँले के-के गर्न सक्नुहुन्छ भन्ने कुरा त थाहा पाउनु भयो होला, अब कुरा गरौ यसबाट एउटा साइट बनाउन के-के कुराहरुको आवश्यकता पर्छ त?
- वेब होस्टिंग (PHP & MYSQL)
- टेक्स्ट एडिटर (eg. Notepad)
- एफटिपी सफ्टवेयर(eg. Filezilla)
- इमेज एडिटर (eg. photoshop)

यति कुराहरु तपाइँसँग उपलब्ध छ भने तपाइँ आफ्नो कम्पनीको साइटलाई अनलाइन राख्न सक्नुहुन्छ ।

अब कुरा गरौ आफुले चाहेको जस्तो साइट कसरि बनाउने र त्यसलाई आफ्नो कम्पनिको नामबाट अनलाइनमा उपलब्ध कसरि बनाउने? यी तलका साधारण ५ स्टेपहरुबाट तपाइले आफ्नो कम्पनिको साइट बनाउन सक्नुहुने छ :

१ – डोमेन नेम र होस्टिंगको दर्ता
वर्डप्रेस वेब सफ्टवेयरको प्रयोग गरेर तपाइँको कम्पनीको साइट अनलाइनमा राख्नका लागि तपाइसँग दुइ ओटा बाटाहरु छन्: एउटा अलिकति पैसा खर्च गरेर आफ्नै डोमेन नेम र होस्टिंग दर्ता गर्ने र अर्को वर्डप्रेसमै फ्रीमा उपलब्ध नाम र होस्टिंगको प्रयोग गर्ने । यदि तपाइँले आफ्नै डोमेन नेम दर्ता गर्नु भयो भने अली व्यवसायिक, भरपर्दो र सम्झन पनि सजिलो हुन्छ । जस्तै  – www.google.com, www.facebook.com । यो सेवा तपाइले वर्डप्रेसको आधिकारिक वेबसाइट  www.wordpress.com बाट पनि किन्न सक्नुहुन्छ । तर यदि तपाइँले नि:शुल्क दर्ता गर्न चाहनु भयो भनेपनि त्यहाँ आफ्नो सुहाउदो नाम छानेर दर्ता सक्नुहुन्छ, तर तपाइँको साइटको नाम यस्तो हुन आउँछ – yourcompany.wordpress.com । यसमा तपाइले थप फिचरहरु प्रयोग गर्नका लागि भने पैसा तिर्नु पर्ने हुन्छ ।

यदि तपाइँ अहिले सम्म नि:शुल्क उपलब्ध भएको नेपाली डोमेन डट एनपि रजिस्टर गर्ने सोंचमा हुनुहुन्छ भने मेरो पहिलेको यो पोस्ट पढ्नुहोस: पर्सनल साइट कसरी बनाउने?

२. वर्डप्रेस सफ्टवेयर डाउनलोड
तपाइँले वर्डप्रेसमा साइट बनाउनका लागि पहिले वर्डप्रेसको आधिकारिक वेबसाइट वर्डप्रेस डट अर्ग (www.wordpress.org/download) बाट यसको वेब सफ्टवेयर आफ्नो पेर्सनल कम्प्युटरमा डाउनलोड गर्नू पर्ने हुन्छ । डाउनलोड गरिसकेपछि फाइललाई अनजिप गर्नु पर्छ ।

३. डाटावेस बनाउने
तपाइँको वेब होस्टिंगको साइटमा गएर कम्पनिको नाममा एउटा डाटावेस बनाउनुहोस् र त्यसको नाम र पासवर्ड लाई कपि गर्नुहोस् । र अघि तपाइँले डाउनलोड गर्नुभएको फाइलमा wp-config-sample.php नाम गरेको फाइल खोज्नुहोस् र त्यसको नाम परिवर्तन गरेर wp-config.php बनाउनुहोस् । यसलाई कुनै एउटा टेक्स्ट-एडिटर सफ्टवेयरले खोल्नुहोस र त्यस भित्र भएको डाटाबेसको नाम र पासवर्डको ठाउमा अघि तपाइले बनाएको डाटावेसको नाम र पासवर्ड पेस्ट गर्नुहोस् ।

४. अनलाइनमा राख्ने
कुनै एउटा एफटिपी सफ्टवेयरको सहयोगमा तपाइँको होस्टिंग सर्भरसँग कनेक्ट गर्नुहोस । त्यसको लागि तपाईलाई होस्टिंग कम्पनिले एफटिपीको प्रयोगकर्ता नाम र पासवर्ड उपलब्ध गराएको हुन्छ । त्यसपछी तपाइँले आफ्नो लोकल कम्प्युटरमा भएको  वर्डप्रेस फोल्डर भित्रको सम्पूर्ण फाइलहरु अनलाइन सर्भर को www वा public_html मा चढाउनुहोस । यदि तपाइँलाई यो प्रोसेसमा समस्या भए होस्टिंग कम्पनीको पनि मद्दत लिन सक्नुहुन्छ ।

५. वर्डप्रेस इन्स्टलेसन
तपाइले सम्पूर्ण फाइलहरु अनलाइनमा राखिसकेपछि वर्डप्रेसलाई इन्स्टल गर्नुपर्ने हुन्छ, जस्ले तपाइको साइट र फाइललाई डाटावेससँग कनेक्ट गर्दछ र एउटा साइट तयार हुन्छ । त्यसको लागि तपाइँले कुनै एउटा वेब ब्राउजर (फायरफक्स, गूगल क्रोम आदि) मा आफ्नो डोमेन नेम टाइप गर्नुहोस् वा सिधै www.yourcompany.com/wp-admin/install.php पनि हान्न सक्नुहुन्छ र त्यसपछि वर्डप्रेसको निर्देशन अनुसार नेक्स्ट-नेक्स्ट गर्दै जानुहोस । यसरि तपाइको साइट अनलाइनमा उपलब्ध हुन्छ । अब तपाइँले आफ्नो साइटमा सूचना थपघट गर्नका लागि “वर्डप्रेस-एडमिन” मा प्रवेश गर्नु पर्ने हुन्छ । एडमिन लगिनको लागि www.yourcompany.com/wp-admin/ टाइप गर्नुहोस् । एडमिन प्यानलबाट तपाइले सुचना थपघट मात्र होइन, आफ्नो थिम परिवर्तन गर्ने देखि लिएर प्लगिन पनि इन्स्टल गर्न सक्नुहुन्छ ।

यी एउटा साइट बानाउदा आवश्यक पर्ने साधारण स्टेपहरु हुन् । आशा छ यी स्टेपहरुको मद्दतले तापाईले आफ्नो साइट तयार पार्नु हुनेछ । साइट निर्माण गर्ने क्रममा धेरै समस्याहरु पनि देखा पर्न सक्छन । यदि केहि त्यस्तो अलमलमा पर्नु भयो भने कमेन्ट बक्स तपाइहरुको लागि सदा खुल्ला नै छ, म तपाइँहरुको समस्याको समाधानको २४/७ नै उपलब्ध हुने छु । यदि सर्च इन्जिन सँग मज्जाले घुलमिल हुनुहुन्छ भने गूगलमा गएर आफ्नो समस्या सर्च गर्नु भयो भने पनि समाधान पाउन सक्नुहुनेछ । र अन्य थप जानकारीको लागि वर्डप्रेस कै आधिकारिक साइट (wordpress.org) मा पनि हेर्न सक्नुहुन्छ । म आउने अंकहरुमा थिम, प्लगिनहरु कसरि इन्स्टल/निर्माण गर्ने जस्ता कुराहरुमा लेख्दै जाने नै छु । आशा छ यो लेख तपाइँहरुको लागि लाभदायक हुने छ ।

आवश्यकता

Pin It

9 Comments

  1. ham puRJA | February 12, 2012 at 10:06 am

    निर्मल सर ,
    सर्वप्रथम त जानकारीको लागी धेरै धेरै धन्यवाद, तपाइकै यस्तै सुझावहरुलाइ आत्मसाथ गर्दै यउटा (http://banaupokhari.blogspot.com/) भन्ने ब्लग चलाउन थाले तर बिच बिचमा समस्यहरु कस्तो कस्तो आउन थाल्यो भन्दा Microsoft share point तथा windows live writer हरुको सही प्रयोग गर्न र पछि थपियका Navigation Bars हरुमा सोझै पोष्ट गर्न नसक्नु मेरो प्रमुख समस्या हुन थाल्यो, निर्मल सर यो सम्स्याहरुलाइ कसरी समाधान गरु ?
    ham bahadur purja pun
    banaupokhari.blogspot.com

    Reply
    • निर्मल | February 14, 2012 at 2:19 am

      Hello Ham Bahadur ji,
      Thank you for your comment!

      Here is a useful link for you:
      http://help.squarespace.com/customer/portal/articles/10794-posting-to-your-blog-with-windows-live-writer

      I hope it will help you to solve the problem.

      Reply
  2. santosh | February 19, 2012 at 1:25 am

    thanks nirmal dai

    Reply
  3. gaule nagaraj | February 21, 2012 at 12:27 pm

    https://www.facebook.com/photo.php?fbid=164983130282346&set=a.101136286667031.1560.100003119792992&type=1&theater nirmal sir यो लिङ्क को प्रोफाइल पनी तपाइकै हो? user name फरक पाय त्यसैले सोधेको मात्र है निर्मल सर,,

    Reply
  4. Innocent Ashish | February 23, 2012 at 5:49 am

    तपाइँको वेब होस्टिंगको साइटमा गएर कम्पनिको नाममा एउटा डाटावेस बनाउनुहोस् र त्यसको नाम र पासवर्ड लाई कपि गर्नुहोस् । yo line maile bujna sakin da…could you please explain me… yo vanna ko matlab k hola……….

    Reply
    • निर्मल | February 23, 2012 at 4:08 pm

      @Ashish….
      You need to create a database before installing wordpress. So, first go your MySQL Database and create a new database. You need to create a user to give permission on that database access. So, create a new user and set password. Note down these settings in notepad.
      Then go to wp-config.php under wordpress directory then open it by any editor. There you will see MySQL Settings, edit according to the given instructions.

      here is the example for you:
      // ** MySQL settings – You can get this info from your web host ** //
      /** The name of the database for WordPress */
      define(‘DB_NAME’, ‘your_database_name’);

      /** MySQL database username */
      define(‘DB_USER’, ‘root’);

      /** MySQL database password */
      define(‘DB_PASSWORD’, ‘your_password’);

      /** MySQL hostname */
      define(‘DB_HOST’, ‘localhost’);

      Reply
  5. Dinesh Gadtoula | March 4, 2012 at 2:20 am

    वर्डप्रेस लाई जुम्ला जसरी Localhost मा चलाऊन सकिन्छ?

    Reply
    • निर्मल | March 6, 2012 at 4:11 am

      milchha Dinesh ji.

      Reply
  6. Gaurav Adhikari | March 31, 2012 at 2:59 am

    hi dai , i have a problem . i have register my account and i also have installed wordpress on it but when i want to edit any things its shows me Oops! Google Chrome could not find gaurabadhikari.com.np this is u can tell me the reason..
    thank u

    Reply

Leave a Comment Cancel reply

Your email address will not be published. Required fields are marked *

*

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

नमस्ते!

Nepali Blogger Nirmal's Nepali Blogमेरो ब्लगको सानो दुनियाँमा तपाइँहरुलाई हार्दिक स्वागत छ । यदि तपाइँ पनि मेरो यो सानो ब्लगको परिवार बन्न चाहानुहुन्छ भने आफ्ना लेख, रचनाहरु पठाउन सक्नुहुने छ । केहि सुझाब, सल्लाह भए सम्पर्कको लागि यहाँ क्लिक गर्नुहोला ।

नयाँ पोस्टहरु

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु
  • व्यायामको आवश्यकता र नगर्नेको बहाना
  • यो देशमा संबिधान अब कुकुरहरुले बनाउछन्
  • के हो वेब फ्रील्यान्सिंग? [साइबर संचार]
  • हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • कसरी फल्छ डलर? [साप्ताहिक]
  • मैले पनि शुरु गरें, नेपाली ब्लग !
  • सोसिअल नेटवर्क जागिरको भाड़ो
  • साला बिद्युत प्राधिकरण [इमेज ब्लग]
  • फेसबुकमा नेपालीमा स्टयाट्स अपडेट गर्ने हो? [इमेज ब्लग]
  • घरमै फल्छ डलर [साप्ताहिक]

मुख्य ब्लगका समूहहरु

  • Web Designing
  • Web Development
  • Web Programming
  • Web Marketing
  • .np domain registration
  • Search Engine Optimization
  • Information Technology News
  • Open Source CMS
  • Joomla CMS
  • WordPress CMS
  • Drupal CMS
  • Online Job

केहि महत्वपूर्ण पोस्टहरु

  • Top Most Popular and Useful Nepali Sites of 2011
  • Top 15 Free Open Source Content Management systems (CMS)
  • What is an Open Source Content Management System?
  • How to submit a site to the Open Directory?
  • How to write killer article titles
  • Top 10 Most Popular Sites of Nepal
  • What’s New in Drupal 7?
  • What is .np Domain?
  • Track your website traffic and statistics using Google Analytics
  • Nepal Government to monitor .NP domain registration

निर्मलका अन्य ब्लगहरु

  • Information Technology Blog
  • WordPress Blog
  • Drupal Blog
  • Nepali Blog
  • Travel Photo Blog
  • Modeling Portfolio

सामाजिक सञ्जालमा निर्मल

  • Facebook
  • Twitter
  • Google Plus
  • Stumbleupon
  • LinkedIn
  • Youtube
  • Xing

नयाँ कमेन्टहर

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?
  • Nabaraj Budha 'Nabin udasi on पर्सनल साइट कसरी बनाउने?
  • laxman subedi on कसरी सिक्ने वेब डिजाइनिंग?

फेसबुकका चहलपहल

ब्लगका समुहहरु

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लग समूह

  • कथा
  • मिडिया
  • विचार
  • वेब
  • सामाजिक संजाल
  • सूचना प्रविधि
  • स्वास्थय

ब्लगक कमेन्टहरु

  • Ashish Danai on कसरी सिक्ने वेब डिजाइनिंग?
  • Raj Shahi on घरमै फल्छ डलर [साप्ताहिक]
  • santosh gaire on के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • Gaurav Adhikari on वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • Prashim on पर्सनल साइट कसरी बनाउने?
  • Bidur on कसरी सिक्ने वेब डिजाइनिंग?
  • drishydipshali on पर्सनल साइट कसरी बनाउने?
  • Naba Raj Khatiwoda on हामी भैंसी हुन कहिले छोडछौँ खोइ?

ब्लगका टुक्रा टाक्री

आइटी आउटसोर्सिंग काठमाडौँ काठमाण्डौ कुकुर गूगल गूगल एड्सेंस जागिर ट्विटर डलर धामी-झाक्री निर्मल नेपली भाषा नेपाल नेपाली ब्लग नेपाली ब्लगर पार्टी फेसबुक फ्रील्यान्सर फ्रील्यान्सिंग बिंग ब्लग ब्लगर ब्लगिंग याहु योग रोजगारी लिंक्ड इन लोडशेडिंग वेब वेब डिजाइन वेब डिजाइन इन्सटिट्युट वेब डिजाइनिंग वेब प्रोग्रामिंग वेब फ्रील्यान्सिंग व्यायाम संबिधान सर्च इन्जिन सर्च इन्जिन अप्टिमाइजेसन साइबर संचार साप्ताहिक सामाजिक संजाल सुचना प्रविधि सूचना प्रविधि स्वास्थ्य

भर्खरैका पोस्ट

  • “ पान ”
  • वेबसाइट बनाउने सजिलो उपाय – वर्डप्रेस
  • प्राथमिक उपचार (First Aid)
  • मोडलिङतिर इन्जिनियर [साप्ताहिक]
  • पर्सनल साइट कसरी बनाउने?
  • बेरोजगारको नाममा …
  • कसरी सिक्ने वेब डिजाइनिंग?
  • धामी-झाक्रीलाई परिस्कृत गर
  • के हो सर्च इन्जिन अप्टिमाइजेसन? [साइबर संचार]
  • काठमाण्डौँका गल्लीहरु

© Copyright 2011 Nirmal Gyanwali, All Rights Reserved.